
साप्ताहिक संवाददाता

गायक पुरुषोत्तम सुवेदीको आवाज नयाँ गीत सार्वजनिक भएको छ । ‘जब जब तिमी आयौं’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको गरिएको छ । अम्बिका गुरुङको शब्द रहेको यो गीतमा पुरुषोत्तमकै संगीत छ ।
एक प्रेमीले प्रेमिकालाई माया पाएपछि व्यक्त गरेको भावलाई यो गीतमा उठान गरिएको छ । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।
गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोलाई आकर्षक बनाउन विधानले कुनै कसर बाँकी राखेका छैनन् ।
जब जब तिमीको म्यूजिक भिडियो :