
पछिल्लो तथ्यांकअनुसार नेपालमा महिलाको औसत तथा पुरुषको बढी उमेरमा विवाह भएको पाइएको छ । अर्को अध्ययनअनुसार कतिपय दम्पतीले विवाहपछि पनि विवाहेत्तर यौनसम्बन्ध राख्ने गरेका छन् । तीव्र सहरीकरण तथा विकसित मुलुकको देखासिकीका कारण नेपालमा पनि विवाहपूर्व तथा विवाहपश्चात् आफ्नै श्रीमान् वा श्रीमती बेगरका व्यक्तिसँग आपसी सहमतिमा सम्बन्ध राख्ने चलन बढ्न थालेको छ ।
अधिकांश समुदायमा यस्तो कार्यलार्ई यौनिक विश्वासघात मानिएपनि परापूर्वकालदेखि विवाहइतर सम्बन्ध कायम थियो । पहिले यस्ता घटना गोप्य हुन्थे वा राखिन्थे वा त्यसलाई समाजमा स्वीकार गरिँदैनथ्यो भने हिजोआज मिडियाको सहज उपलब्धताले यस्ता घटना तुरुन्तै प्रकाशमा आउने गरेका छन् । त्यसैकारण पनि यस्ता घटना बढेका हुन् कि भन्ने आभास हुन्छ ।
त्यसो त यौनकर्मीसँग, जबर्जस्ती यौनसम्पर्क तथा आधिकारिक (कानुनी वा सामाजिक रूपमा) विवाह नगरी सँगै बसी यौनसम्बन्ध राख्ने कार्य पनि विवाहइतर यौनसम्बन्ध नै मानिन्छ । तुलनात्मक रूपमा आर्थिक अवस्था राम्रो भएका, शहरी क्षेत्रका, वैदेशिक रोजगारीमा गएका, कार्यालयमा काम गर्ने (विशेषतः रात्री सिफ्ट गर्नुपर्ने), होटल एवं लामो रुटमा कार्यरत मजदुर वा तिनका श्रीमतीले अर्को व्यक्तिसँग यौनसम्बन्ध राख्ने गरेको तथ्यांकले इंगित गर्छन् ।
वंशजको निरन्तरता एवं सामाजिक अनुशासनका लागि नेपाललगायत विश्वका अधिकांश देशमा संस्थागत तरिकाले विवाह गरिसकेपछि मात्र एकसाथ बस्ने, यौनसम्बन्ध राख्ने कार्यलार्ई सामाजिक मान्यता दिइएको छ । वैवाहिक जोडी बेगरको यौनसम्बन्धलार्ई निरुत्साहित गरिएको छ । कतिपय अवस्थामा कडा कानुनी प्रावधानसमेत छ, तथापि यस्तो कार्य जारी नै छ ।
व्यक्तिपिच्छे यौनचाहना वा यौन सन्तुष्टि फरक–फरक हुने कारणले आफ्नो यौन असन्तुष्टि वा व्यक्ति विशेषको अन्तरनिहित समस्याको लक्षणका रूपमा विवाहइतरको समस्या उब्जिन्छ । त्यसैले सफल दाम्पत्य जीवनका बाबजुद पनि विवाहइतर सम्बन्ध हुन सक्छ, तर यौन नैराश्यता, पार्टनरको यौन भावनाको कदर नगरिँदा, प्रेमिल वातावरण एवं पाक्क्रीडामा समय नदिई केवल लैङ्गिक सम्पर्कमा मात्र केन्द्रित हुँदा, आफ्नो यौनचाहनालार्ई मात्र प्राथमिकता दिँदा, एकै जनाको यौनसम्बन्धलार्ई एकोहोरो (मोनोटोनस) मान्दा, पार्टनरहरूबीच यथेष्ट यौन वार्तालाप नहुँदा विवाहइतर सम्बन्धको समस्या सुरु हुन्छ । त्यसैले दाम्पत्य बीच मैथुनमा होइन सम्भोगमा जोड दिनुपर्छ भनिएको हो ।
जे जति कारणले विवाहइतर सम्बन्ध स्थापित भए पनि यसका आ–आफ्नै स्वास्थ्य जोखिम छन् । यसमध्ये मुख्य जोखिम अनिच्छित गर्भ वा अप्रत्याशित गर्भाधान हो । यदि विवाहइतर यौनसम्बन्धका बेला गर्भ नरहने समयको ख्याल राखिएन वा सम्भावित गर्भको रोकथाम गरिएन भने अनिच्छित गर्भ रहन गै सामाजिक बेइज्जतीका साथै गर्भपतनका थुप्रै जटिलता उत्पन्न हुन सक्छन् । यसका साथै सुरक्षित सेक्समा ध्यान दिइएन भने एचआईभी/एड्स जस्ता अनेकौं यौनजन्य संक्रमण सर्न सक्ने सम्भावना पनि प्रबल हुन्छ ।
कसैगरी विवाहइतर यौनसम्बन्धको घटना उजागर भयो वा जननेन्द्रिय विशेषमा कुनै चिनो रह्यो र त्यसको जानकारी आफ्नो वास्तविक पार्टनरलार्ई थाहा भयो भने यौनहिंसा, सम्बन्ध विच्छेद, हत्या, आत्महत्याजस्ता यौन अपराधका घटना हुन बेर लाग्दैन । यस क्रममा वास्तविक पार्टनर आवेशमा आई आफ्नै जीवनसाथीको यौन जननेन्द्रिय क्षत विक्षत पारिदिने, अङ्गभङ्ग गरिदिने, ज्यान लिने घटना यदाकदा सुनिँदै आएका छन् ।
विवाहइतर सम्बन्धको सुरुवात यौन असन्तुष्टि नभै व्यक्ति विशेषको अन्तरनिहित समस्याको लक्षण पनि हो । त्यही भएर मनोगत यौन समस्या छ कि त्यसको खोज–पड्ताल गर्नुपर्छ । विवाहइतर यौनसम्बन्धले सफल दाम्पत्य जीवन बिताइरहेका व्यक्तिमै एकाएक परिवर्तन ल्याउन सक्छ । यस्तो शंकालु परिस्थितिमा वास्तविकता बुझ्ने क्रममा साधारण भनाभनदेखि घरेलु हिंसाका घटनासम्म हुनसक्छ ।
विवाहइतरका सम्बन्ध कम गर्ने तथा त्यसलाई स्वस्थ्य बनाउने विभिन्न उपाय छन् । पहिलो कुरा त विवाहमा गरिएको वाचाअनुरूप पतिव्रता वा पत्नीव्रता (एक पति वा एक पत्नी) को नियम अङ्गीकार गर्नुपर्यो । यौन असन्तुष्टि छ भने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन, यौनिक खेलौनाजस्ता वैकल्पिक उपाय अपनाउन सकिन्छ । वास्तविक तवरमै अर्थात् शारीरिक सम्बन्ध नै राख्ने अपेक्षा वा चाहना छ भने सुरक्षित सेक्समा पर्याप्त ध्यान दिनु पर्छ । विवाहइतर सम्बन्धका कारण उत्पन्न समस्याको व्यवस्थापनका क्रममा दम्पतीलार्ई नै मानसिक तथा यौन परामर्शको आवश्यकता फर्न सक्छ । यस क्रममा तत्कालको संकट एवं त्रोध व्यवस्थापनका साथै शारीरिक हिंसा न्यूनीकरण प्रमुख कार्य हो । गल्ती गर्ने र भोगाइ सहने बीच आवश्यक प्रतिबद्धतासहित दाम्पत्य सम्बन्धलार्ई पुनः स्थापित गर्नेतर्फ सहायता गर्नुपर्छ ।