साप्ताहिक संवाददाता
फाल्गुन ३०, २०७५
फेसन ब्लगर लाउरा कुनै पनि सेलिब्रेटीले लगाएको पहिरनलाई आफ्नै ढंगले नक्कल गर्न माहिर छिन् । आफूले गरेको नक्कललाई उनी आफ्नो ब्लगमा अपलोड गर्छिन् ।
उनको काम प्रशंसनीयभन्दा पनि हास्यास्पद हुने गरेको छ । लाउराले डिजाइनर थिएरी मुग्लरले किम कादर्सिनका लागि डिजाइन गरेको पहिरनलाई आफ्नै ढंगले परिमार्जन गरेकी थिइन् ।
कालो पहिरनलाई आफैंले कैंचीले काटेर कादर्सिनले लगाएजस्तो बनाउँदा उनको हालत यस्तो भएको थियो ।