• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मानव जीवनमा पानीको महत्व र उपयोगिता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मानव जीवनमा पानीको महत्व र उपयोगिता
चैत्र ८, २०७५

Leaving no one behind भन्ने नाराका साथ यो वर्ष २७ औं विश्व पानी दिवस मनाइँदैछ । सन् १९९३ देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको मार्च २२ का दिन विश्व पानी दिवस मनाइँदै आएको छ । विश्वमै जलस्रोतको धनी ब्राजिलको रियो द जेनेरियोमा सन् १९९२ मा राष्ट्रसंघीय वातावरण तथा विकास सम्मेलनमा प्रत्येक वर्ष विश्व पानी दिवस मनाउने प्रस्ताव पारित भएपश्चात् सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ मा दिन विश्व पानी दिवस मनाउन थालिएको हो । 

वैज्ञानिक तथ्य अनुसार पानीलाई H2O भनिन्छ अर्थात् पानी हाइड्रोजन र अक्सिजनको एक यौगिक हो । यस यौगिकमा आयतनको हिसाबले हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग हुन्छ । यी दुई यौगिकको गुण छुट्टाछुट्टै हुन्छ । शुद्ध अवस्थाको पानीको कुनै रङ्ग, गन्ध र स्वाद हुँदैन । विद्वान् पञ्चतत्ववेत्ताहरूको अनुभवअनुसार पानीमा शीतलता, तरलता, हलुकापन एवम् स्वच्छताजस्ता नैसर्गिक गुणहरू हुन्छन् ।

संसारमा कुल जल भण्डारमा ९७ दशमलव ५ प्रतिशत समुद्रको नुनिलो पानी छ । यो पानी पिउन, सिँचाइ तथा जलविद्युत् कुनैमा पनि प्रयोग गर्न सकिँदैन भने बाँकी २ दशमलव ५ प्रतिशत मात्र सबैखाले प्रयोजनका ल्याउन सकिन्छ । अझ यसमा पनि १ दशमलव ७२ प्रतिशत पानी हिमालहरू तथा पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा हिउँका रूपमा रहेको छ भने शून्य दशमलव ७४ प्रतिशत जमिन मुनिको जलभण्डार हो भने बाँकी शून्य दशमलव ०४ प्रतिशत मात्र खोला नदी, हिमनदी, मूल वा तालको पानी हो । संसारमा दुईतिहाइ पानी भए पनि हाम्रो जीवनमा प्रयोगमा ल्याउन सकिने पानी ज्यादै न्यून भएको तथा जनसंख्या वृद्धिका कारण आज विश्वभर पिउने पानीको अभाव बढ्दै गएको छ ।

पानी पिउनु एउटा बानी मात्र नभएर हाम्रो स्वास्थ्यका लागि अत्यावश्यकसमेत हो । ‘हाम्रो शरीरले गर्ने जे काम पनि पानीको स्वस्थ आपूर्तिमै निर्भर हुन्छ ।’ वीर अस्पताल कलेजो रोग विभागका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. अनिलकुमार मिश्र भन्छन्— उचित मात्रामा दिनहुँ कीटाणुरहित स्वच्छ पानी पिउनाले जलअल्पता रोक्छ, शरीरको भित्री भाग सफाइ हुनुका साथै घाउ भर्ने प्रक्रियासमेत तीव्र हुन्छ ।

हरेक प्राणीको शरीरमा निश्चित मात्रामा पानी हुन्छ र रहनुपर्छ । एक स्वस्थ्य मानिसको शरीरमा औसत ६५ प्रतिशत पानी हुन्छ । यदि मानिसको शरीरमा भएको पानीको यँे मात्रामा १२ प्रतिशतसम्म मात्र कमी भएमा त्यो व्यक्ति जीवित रहन सक्दैन । 

शरीरमा भएको पानीको मात्रा लिंग र स्वास्थ्य अनुसार घटी–बढी हुन्छ । महिलाको शरीरमा पुरुषको तुलनामा पानीको मात्रा कम हुन्छ किनभने महिलाको शरीरमा त्यस्तो बोसो कोशिकाहरूको मात्रा अधिक हुन्छ, जसलाई पानी प्रिय लाग्दैन । तन्नेरी पुरुषमा कुल वजनको ६५ प्रतिशत पानी हुन्छ भने वयस्क युवतीको शरीरमा कुल वजनको ५२ प्रतिशत पानी हुन्छ । त्यस्तै पानीको यो मात्रा पुरुषहरूमा ५४ देखि ७० प्रतिशत र स्त्रीहरूमा ४५ देखि ६० प्रतिशतको बीच पनि हुन सक्छ भने कमजोर व्यक्तिको शरीरमा पानीको मात्रा उसको कुल वजनको ७० प्रतिशतसम्म हुन सक्छ ।

शरीरमा पानीको मात्रा

शरीरमा भएको पानीको यो मात्रा उमेरको वृद्धिसँगै घट्दै जान्छ । वृद्धहरूको अपेक्षा युवाहरूलाई र युवाहरूको अपेक्षा बालकहरूलाई धेरै पानीको आवश्यकता पर्छ । नवजात शिशुको शरीरमा पानीको मात्रा ७५ देखि ८० प्रतिशतसम्म हुन्छ । यसैले शिशुहरूलाई स्तनपान गराउनु अघि पानी ख्वाउनुपर्छ । खासगरी गर्मीमा यस्तो गर्नु धेरै आवश्यक हुन्छ । वृद्धहरूको शरीरमा अन्यको अनुपातमा पानीको कमी केवल ५ प्रतिशत हुन्छ । त्यसै कारणले बालबालिका र युवाहरूको छालामा जुन चमक हुन्छ, त्यो वृद्धहरूको छालामा हुँदैन ।

मानव शरीरमा पानी दुई रुपमा रहेको हुन्छ । एक कोशिकाहरूको भित्र र दोस्रो कोशिकाहरूको बीचमा । शरीरमा रहेको कुल पानीको पाँचौं भाग हाम्रो रगतमा हुन्छ । भिन्न–भिन्न व्यक्तिहरूमा पानीको प्रतिशत अलग–अलग हुनुको कारण के हो भने शरीरमा बोसोको मात्रा जति बढी हुन्छ, पानीको प्रतिशत त्यति नै कम हुन्छ ।

रगतमा पानीको मात्रा 

एक औसत वयस्क व्यक्तिको शरीरमा ३५ देखि ४० लिटर पानी सधैँ हुन्छ । प्रतिदिन हाम्रो शरीरबाट कमसेकम २ दशमलव ३ देखि २ दशमलव ८ लिटरसम्म पानी विभिन्न बाटो भएर बाहिर निस्केर जान्छ ।

जो व्यक्ति धेरै पानी पिउँछ, त्यसको शरीरबाट प्रतिदिन मलमूत्र र पसिनाको रुपमा धेरै पानी शरीरबाट बाहिर निस्कन्छ । बढी र आवश्यक मात्रामा पानी पिउने मानिसको रगतमा पानीको मात्रा सन्तुलित हुन्छ भने कम पानी पिउने मानिसको रगतमा पानीको मात्रा कम हुँदा मस्तिष्कको जल आपूर्ति केन्द्र हाइपोथैलेमसमा सङ्केत पुग्छ र प्यास लाग्छ । हाम्रो शरीरबाट बाहिर निस्कने पानीको पूर्ति केही हदसम्म खानामा रहेको पानीद्वारा हुन्छ । हाम्रो खाद्य पदार्थहरूमा बढी मात्रामा पानी नै हुन्छ । दूध, फलफूल, साग–सब्जी आदि खाद्य पदार्थहरूमा ८० प्रतिशतदेखि ९० प्रतिशतसम्म पानी नै हुन्छ ।

कति पानी पिउने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार एक व्यक्तिलाई दिनहुँ न्युनतम २ दशमलव ५ लिटर शुद्ध पानी आवश्यक हुन्छ । डब्लुएचओकै मापदण्डअनुसार सुरक्षित पानीले नै बर्सेनि १४ लाख बालबालिकालाई झाडापखालाबाट हुने मृत्युबाट जोगाउँछ । 

शरीरलाई चाहिने पानीको मात्रालाई कायम राख्नका लागि वयस्क व्यक्तिले सामान्य परिस्थितिमा दिनहुँ लगभग साढे दुईदेखि तीन लिटरसम्म पानी पिउनुपर्छ । गर्मी मौसममा हाम्रो शरीरलाई पानीको आवश्यकता बढ्छ, किनभने ती दिनहरूमा पसिनाको रुपमा शरीरबाट बढी पानी निस्केर जान्छ । गर्मी मौसममा एक तन्नेरी व्यक्तिले प्रतिदिन लगभग चार लिटर पानी पिउनुपर्छ । गर्भवती महिलालाई पनि थप मात्रामा तरल पदार्थ आवश्यक हुन्छ । गर्भवती महिलाको साथै जो महिला बच्चालाई स्तनपान गराउँछिन्, तिनले पनि शरीरमा दूधको पर्याप्त मात्रा बनाइराख्नका लागि पानी अथवा तरल पदार्थ बढी मात्रामा सेवन गर्नुपर्छ ।

कुन बेला पानी नपिउने

पक्षघात, गलाका रोगी, रुघा–खोकी तथा ज्वरो आएका मानिसले फ्रिजमा राखिएको चिसो पानी झुक्किएर पनि पिउनु हुँदैन भने सम्भोगको तुरुन्तै पछि पुरुष वा महिला दुवैले पानी पिउनु हुँदैन, पानी पिउन आधाघण्टा समय कुर्नैपर्छ ।

बिहान उठेर पानी पिउनु राम्रो हुन्छ, तर बिहान दिसा–पिसाब गरिसक्ने बित्तिकै चिसो पानी पिउनु शरीरका लागि अहितकारी मानिन्छ । यस्तै भोकले पेट पूर्ण खाली भएको बेला केही नखाइ पानी पिएमा पेट दुख्ने तथा रिंगटा लाग्ने सम्भावना हुन्छ । 

खाना खाँदाखाँदै बीचमा १–२ गिलास पानी पिउने बानी पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर १–२ घुट्को पिएमा हानि हुँदैन । कुनै पनि शारीरिक परिश्रम गरेर पसिनाले भिजेको बेला पनि तुरुन्तै पानी पिउनु हानिकारक मानिन्छ, त्यसले थकाइ मारेर मात्र पिउनु उचित हुन्छ । शरीरभित्रको तातो र पानीको चिसो एकैसाथ जुध्न गयो भने मानिस ठहरै पनि हुन सक्छ ।

स्रोत : विश्व स्वास्थ्य संघका बुलेटिनहरू, खाने कसरी, पिउने कसरी, आहार चिकित्सा विज्ञान, हेल्दी लाइफ, स्वास्थ्य पत्रिका र विभिन्न वेबसाइटहरू । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik