• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
एसईईका चर्चितहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

एसईईका चर्चितहरू
चैत्र १६, २०७५

यो वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी छन् । पहिलो पटक संघीय संरचनाका रूपमा संचालन भएको परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिक धारका परीक्षार्थीहरू सहभागी छन् । प्रत्येक बर्षको परीक्षामा भिन्न र अपवादका रूपमा सामेल भएका परीक्षार्थीले खुबै चर्चा बटुल्छन् । यो परीक्षामा विविधतासमेत देख्न पाइन्छ । सामाजिक संजाल एवं संचारमाध्यमहरूमा उनीहरू हटकेकका रूपमा प्रस्तुत हुन्छन् । उनीहरूलाई शिक्षामा उमेर र अन्य कुनै पनि कारण बाधक बन्दैन भन्ने सन्देशका रूपमा प्रस्तुत गरिँदै आएको छ । यो वर्ष पनि त्यस्ता केही परीक्षार्थी चर्चामा छन् ।

शान्ता चौधरी

बाल्यावस्था कम्लहरी बसेर बिताएकी प्रतिनिधिसभा सदस्य अर्थात् सांसद शान्ता चौधरी यो वर्षको एसईई परीक्षामा सहभागी भएर नौलो सन्देश दिन सफल भइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको सचेतक चौधरी रातो टीका र सारीमा सजिएर परीक्षा हलमा जाँदाको तस्बिर भाइरलसमेत भयो । महेन्द्र माध्यमिक विद्यालय, तुलसीपुर, दाङ सेन्टरबाट खुल्लातर्फबाट परीक्षा दिएकी ३८ वर्षीया शान्ताले एसइई परीक्षामा सहभागी हुन पाउँदा बाल्यकालको सपना पूरा भएको प्रतिक्रिया दिइन् । दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी शान्ताले आफ्नो बाल्यावस्थाको करिब १८ वर्ष अरूको घरमा कम्लहरी बसेका कारण पढ्न पाएकी थिइनन् । राजनीतिमा सक्रिय भएपछि दुई वर्ष अघि उनी कक्षा ८ मा भर्ना भएकी थिइन । शान्ताले पीएचडीसम्म अध्ययन गर्ने लक्ष्य लिएकी छिन् । यसपटक संयोगले उनकी १७ वर्षीया छोरी विनु चौधरी पनि काठमाडौंबाट परीक्षामा सहभागी छिन् । 

करिश्मा मानन्धर

मैतीदेवी, काठमाडौंको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा भर्ना भएदेखि नै चर्चामा रहेकी अभिनेत्री करिश्मा मानन्धर पनि एसईई परीक्षामा सामेल भएर थप चर्चामा आइन् । विद्यार्थी पोसाकमा चिरिच्याँट्ट परेर विजय स्मारक मावि, डिल्लीबजार केन्द्रमा परीक्षामा सहभागी हुन जाँदा उनलाई सञ्चारमाध्यमले निकै पछ्याएका थिए । एक महिनादेखि सबै काम छाडेर परीक्षाको तयारी गरिरहेकी करिश्मालाई सयौं शुभेच्छुकले सामाजिक संजाल एवं फोनमार्फत सफलताको शुभकामना व्यक्त गरेका थिए । आफ्नै कार हाँकेर परीक्षा केन्द्र पुगेकी मानन्धरले विद्यालय तह पार गर्ने उद्देश्यले मात्र परीक्षामा सहभागी भएको बताइन । पढ्नका लागि उमेर बाधक नहुने प्रमाणित गर्न चाहेको पनि उनको तर्क छ ।

युगमाया कार्की

रातो कुर्ता, रातो स्वेटर, उनीको रातो टोपी तथा रातो टीका टल्काएर तीनकुने सुविधानगरस्थित सिद्धेश्वर माविमा एसईई परीक्षामा सहभागी हुन पुगेकी ६७ वर्षीया युगमाया कार्कीले पनि उस्तै चर्चा बटुलिन । काठमाडौं उपत्यकाको कागेश्वरी मनोहरा नगरपालिकास्थित घरमा बसेर एसईईको तयारी गरेर परीक्षा केन्द्रमा पुग्दा उनी धेरैको नजरमा परेकी थिइन् । कक्षा ६ बाट उत्प्रेरणा महिला माविमा पढ्न थालेकी कार्कीका ७ भाइ छोरा तथा ५ जना नाति–नातिनी छन् । ओखलढुंगाको पोकलीमा जन्मिएकी कार्कीलाई परीक्षामा सहभागी हुनुपूर्व सांसद यज्ञवहादुर सुनुवारले खादा तथा टीका लगाइदिएर शुभकामना प्रदान गरेका थिए । सानै उमेरमा विवाह गरेका कारण पढाइ छुटेपछि बुढेसकालमा नातिसँगै पढ्ने रहर पलाएको कार्कीले बताइन् । युगमायाका नाति रोहन पनि एसईई परीक्षामा सामेल थिए ।

राम गौतम तथा दरेश पौडेल

हिन्दु संस्कार अनुसार आमा–बाबु वा आफन्तको मृत्युपछि कोरामा बसेका किरियापुत्रीले कसैलाई छुन नहुने र हिंडडुल गर्न नहुने भनिए पनि एसईई परीक्षामा त्यो मान्यता गलत सावित हुँदै आएको छ । रामेछापको दोरम्बा गाउँपालिका–६, लखनपुरको कालिका नमुना माविमा अध्ययनरत राम गौतमले आफ्ना बुबाको मृत्युपछि कोरामा बसेको अवस्थामा परीक्षामा सहभागिता जनाए । उनका पिता गणेश गौतमको चैत्र ८ गते निधन भएको थियो । 

लमजुङको बेंसीसहर नगरपालिका–७ का दरेश पौडेलको व्यथा पनि उस्तै छ । पौडेल ६ दिनदेखि बुवा टोख बहादुरको किरियामा थिए । चितवनको रत्ननगर नगरपालिका टाँडीस्थित श्रीराम बैद्धिक संस्कृत गुरुकुलमा अध्ययनरत पौडेल बुबाको किरिया गर्न लमजुङ आएका थिए । उनले परीक्षामा सामेल हुने इच्छा देखाएपछि परीक्षा समितिले उनलाई बेसीसहर जनविकास मावि केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाएको थियो । 

करिश्मा बोहरा

शारीरिक अशक्तताले पढाइलाई नछेक्ने उदाहरण भएकी छिन्— बैतडीकी करिश्मा बोहरा । उनले घरमै बसेर यो वर्षको एसईई परीक्षा दिएकी छिन् । देहीमाडौंकी करिश्मा अपांगता भएका कारण परीक्षा केन्द्रसम्म पुग्न सकिनन् तर परीक्षा समितिले उनलाई घरबाटै परीक्षा दिने वातावरण बनाइदियो । मणिलेक माविमा केन्द्र भए पनि आवतजावतमा समस्या हुने भएकाले करिश्माका लागि घरमै परीक्षा दिने व्यवस्था मिलाइएको थियो । उनको परीक्षाका लागि एकजना निरीक्षक तथा एक जना सुरक्षाकर्मीको व्यवस्था गरिएको थियो । बोहराले ह्विलचियरमै बसेर परीक्षा दिइन् । 

जवानसिंह थिङ

वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका जवानसिंह थिङले कारागारमै पढेर कारागारबाटै एसईई परीक्षा दिएका छन् । थिङले कारागारको पर्खाल शिक्षाका लागि बाधक नहुने उदाहरण प्रस्तुत गरेका छन् । ४८ वर्षीय जवानसिंहले कारागारको फुर्सदलाई सदुपयोग गरेको प्रतिक्रिया दिएका छन् । जवानसिंहजस्तै वीरगन्जका अन्य १६ जना कैदीबन्दी पनि परीक्षामा सामेल भए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik