साप्ताहिक संवाददाता
चैत्र १८, २०७५
सामाजिक सञ्जालमा अहिले तीन डलरको हेयरपिनले निकै चर्चा पाएको छ । फेसन ट्रेन्डलाई रातारात चर्चामा ल्याउने काममा ख्याति पाएको इन्स्टाग्राममा अहिले मोति जडान भएको ३ डलरको हेयरपिनले आफूलाई भाइरल गराइरहेको छ ।
महँगो मूल्य पर्ने डिजाइनले विशेष चर्चा पाउने इन्स्टाग्राममा अहिले यति सस्तो सौन्दर्य सामग्रीले चर्चा पाउन थालेपछि इन्स्टाग्रामका प्रयोगकर्ताहरू समेत छक्क परेका छन् । अ
नलाइन सपिङ अमेजनमा तीन डलरमा खरिद गर्न सकिने यो हेयरपिन लगाउँदै सामाजिक सञ्जालमा फोटो अपलोड गर्ने क्रम बढेसँगै यसको लोकप्रियता शिखरमा पुगेको हो । यो लहर यही साता एसियामा नभित्रिएला भन्न सकिदैन ।