साप्ताहिक संवाददाता
वैशाख ३, २०७६
सौन्दर्य प्रतियोगिता होस् वा फेसन शो नै किन नहोस् सहभागी युवतीहरूले सधैं क्याट वाक (बिरालोको चाल) नै गर्ने चलन छ । यद्यपि फिलिपिन्समा हालै सम्पन्न एक सौन्दर्य प्रतियोगितामा सहभागी भएका युवतीहरूलाई डक वाक (हाँसको चाल) मा हिँड्न सिकाइयो ।
हाँसको शैलीमा हिँड्ने अभ्यास सैनिक प्रशिक्षणका क्रममा गराइन्छ र यसले शरीरलाई बलियो बनाउने मान्यता छ । यही कुरालाई ध्यानमा राख्दै सौन्दर्य प्रतियोगितामा सहभागी सुन्दरीहरूलाई डक वाकको प्रशिक्षण प्रदान गरिएको हो ।