• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सडक–यातायातमा प्रविधि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सडक–यातायातमा प्रविधि
वैशाख ७, २०७६

वर्ष २०७५ मा नेपालको सडक यातायातलाई व्यवस्थित गर्ने थुप्रै प्रयास भए । प्रविधिको प्रयोगबाट सडक र सवारीलाई थप व्यवस्थित गर्न सरकार तथा निजी क्षेत्र समेतले धेरै कार्य गरेका छन् । 

सडकमा स्मार्ट डस्टबिन

काठमाडौं महानगरपालिकाको सहकार्यमा कृष्ण सप्लायर्स नामक निजी कम्पनीले उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन अर्थात फोहर संकलन गर्ने आधुनिक भाँडो राख्ने कार्य थालेको छ । स्मार्ट डस्टबिनबाट फोहोर संकलन गर्ने वाहेक अन्य कामसमेत लिन सकिन्छ । यसले रातको समयमा सडकमा हिँड्ने यात्रुलाई बत्तीमार्फत उज्यालो पनि दिन्छ भने यसबाट मोबाइल चार्जसमेत हुन्छ । चीनबाट आयातित यी स्मार्ट डस्टविनले सडकको जानकारी समेत दिन्छन् । 

ट्राफिक कम्युनिकेसन एप्स

ट्राफिक प्रहरी महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानुन पालना गराउन ट्राफिक कम्युनिकेसन एप्स सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे/नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा ल्याइएको हो ।

निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुङ्गामा, प्रदेश नम्बर–२ को सर्लाहीको कर्मैया तथा प्रदेश नम्बर ५ को बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याइएको छ । 

विवादमा टुटल र पठाओ

राइड सेयरिङ एप्सका रूपमा परिचित टुटल र पठाओमार्फत मोटरसाइकल तथा ट्याक्सी सेवा उपलब्ध गराइरहेका टुटल र पठाओ जस्ता कम्पनीको कार्य विवादमा तानियो । निजी सवारी साधनले जस्तै भाडा उठाएर यात्रुलाई सेवा प्रदान गरिरहेका यी कम्पनीको कार्य गैरकानुनी भएको भन्दै प्रहरीले तिनका सञ्चालकहरूलाई पक्रेर कारवाही गर्न थालेपछि यसको पक्ष–विपक्षमा लामै बहस चल्यो । ट्राफिक प्रहरीले भने निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको बतायो । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारवाही गरिएको ट्राफिकको जिकिर थियो । पछि यसलाई नियमन गरेर सञ्चालनमा ल्याउने उद्देश्यका साथ अघि बढ्ने कार्य भएको छ । 

सार्वजनिक सवारीको 

जानकारीका लागि लेट्स गो एप

सार्वजनिक सवारी साधनका यात्रुहरूको सुविधाका लागि लेट्स गो नामक मोबाइल एप्स सञ्चालनमा आएको छ । रामलक्ष्मण इन्नोभेसनले विकास गरेको यो एप्समार्फत यात्रुहरूले आफ्नो रुटमा चल्ने बसको सहज रूपमा पूर्वजानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्छन् ।

यो एपमार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बसहरू हाल कहाँ छन् र आफुले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफूलाई पायक पर्ने बिसौनीमा आइपुग्छ भन्ने जानकारी प्राप्त गर्न सक्छन् । सवारी साधनको जानकारी सम्बन्धित सवारी साधनमा जडान गरीएको जिपिएस ट्रयाकिङ् प्रणालीका आधारमा प्राप्त हुने बताइएको छ । लेट्स गो एपमा लोकेसन सेयर, ट्याक्सी बुकिङ तथा आन्तरिक उडानको समय तालिकाजस्ता अन्य विशेषता पनि छन् ।

सार्वजनिक यातायातमा 

ई–टिकेटिङ र स्मार्ट कार्ड 

नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा ई–टिकेटिङ तथा स्मार्ट कार्ड सेवा प्रविधि नेपाल बैंकको सहकार्यमा एन क्लाउडले भित्र्याएको छ । यो प्रविधि हाललाई साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।

उक्त कार्डमार्फत सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमा कार्ड ट्याप गरेर टिकट लिन सकिनेछ । त्यसैगरी बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर पैसा तिर्न सकिन्छ । यसमा टिकट प्रिन्ट हुँदैन र यसलाई केवल कार्ड भएका ग्राहकले मात्र प्रयोग गर्न सक्छन् । उक्त कार्डमा एक पटकमा अधिकतम १ हजार रुपैयाँसम्म राख्न सकिनेछ र यात्राको दूरीअनुसार त्यसबाट रकम कट्टा हुँदै जान्छ ।

चर्चामा विद्युतीय बस र कार

गत वर्ष विद्युतीय सवारी साधनको चर्चा संसारभर भयो भने नेपालमा सरकारले ३ सय वटा विद्युतीय बस किन्ने चर्चा चल्यो । सार्वजनिक यातायातमा ठूला र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न यो नीति लिएको सरकारको भनाइ छ । त्यसैगरी चीनबाट ल्याइएका तीनवटा विद्युतीय बसको उद्घाटन समेत भयो, तर पछि ती बस कसरी ल्याइएको भनेर विवादमा तानिए । ती बस सञ्चालनमा आउनै सकेनन् । विद्युतीय बस वा अन्य सवारी साधनका लागि आवश्यक पूर्वाधारको कमी र चार्जिङ स्टेसनको अभावका कारण ती बसलाई सञ्चालनमा ल्याउन समस्या हुने देखियो । सरकारले यो क्षेत्रमा काम भन्दा पनि हल्ला बढी गरेको आरोप समेत लाग्यो । 

बरु विद्युतीय सवारीको क्षेत्रमा निजी क्षेत्रबाट केही कार्य भए । साझा यातायातको पुल्चोकस्थित कम्पाउन्डमा चार्जिङ मेसिन राखिएको छ जुन सुन्दर यातायातले विद्युतीय बस तथा कार चार्ज गर्न ल्याएको ६ वटा चार्जिङ मेसिनमध्ये एउटा हो । सुन्दर यातायातले विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ । त्यसैगरी महिन्द्रा, हुन्डाई, किया, रेनो, टाटा आदि कम्पनीले विद्युतीय कार नेपाली बजारमा उपलब्ध गराउँदै आएका छन् । 

स्मार्ट लाइसेन्सका लागि 

५ लाख आवेदन

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको संख्या पुस महिनासम्म ५ लाख ५७ हजार नाघेको छ । कार्यालयले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । कार्यालयबाट उक्त अवधिसम्म ३ लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् । एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गर्दा एउटा कार्यालयमा मात्र यो सेवा उपलब्ध थियो । गत वर्षदेखि देशभरका कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेका छन् । सबै कार्यालयबाट परीक्षा पास भैसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमै छापिन्छ । एक वर्षपहिले नै परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले अझैसम्म अनुमतिपत्र पाएका छैनन् ।

काठमाडौंका सडकमा

सेन्सरयुक्त सडक बत्ती

काठमाडौं महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्तीको जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भैसकेका छन् र अरु जडान हुने क्रममा छन् । अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ निभ्ने ती बत्तीको होल्डरमा सेन्सर जडान गरिएको छ । सहरभरि १० हजार बक्तीको माग छ र त्रमशः उक्त माग पूर्ति गरिने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik