साप्ताहिक संवाददाता
वैशाख १३, २०७६
पुराना सामान बेच्नु छ ? यदि छ भने शनिबार ललितपुरको बखुण्डोलस्थित क्याफे एन्ड रेस्टुराँको क्याफे यूमा जान सक्नुहुन्छ । बिहान ११ बजेदेखि २ बजेसम्म चल्ने उक्त मेलाका लागि अग्रिम टेवल बुकिङ समेत गर्न सकिन्छ ।
यदि तपाईंसँग थोरै सामग्री छन् भने ३ सय रुपैयाँको टेवलमा सामान राख्न सक्नुहुन्छ भने ठूलो टेवलका लागि ५ सय रुपैयाँ तिर्नुपर्छ । क्याफे मेलामा पहिरन, घरायासी सामग्री आदि बेच्न सकिने बताइएको छ ।