साप्ताहिक संवाददाता
द हिडेन ट्रेजरले सञ्चालन गरिरहेको २५ औं संस्करणको मिस नेपाल–२०१९ का २५ जना प्रतिस्पर्धीले गत साता काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरे । काठमाडौंको रसियन कल्चरल सेन्टरमा आयोजित ट्यालेन्ट शोमा प्रतिस्पर्धी सुन्दरीहरूले आफ्नो रुचि तथा रोजाइका प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट शोका क्रममा प्रतिस्पर्धी नम्बर–१ निशा पाठकले शिव ताण्डव नृत्य प्रस्तुत गरिन् भने प्रतिस्पर्धी नम्बर–२ एलिशा जोशीले मादल वादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–३ सोफिया भुजेलले भने कविता वाचनमार्फत निर्णायकहरूलाई प्रभावित तुल्याउने प्रयास गरिन् । प्रतिस्पर्धी नम्बर–४ रिया बस्नेतले एउटा चलचित्रको गीतमा नृत्य गरिन् भने प्रतिस्पर्धी नम्बर–५ संस्कृति घिमिरेले गायनमार्फत आफ्नो कला प्रस्तुत गरिन् ।
प्रतिस्पर्धी नम्बर–६ अनुष्का श्रेष्ठले महिला सशक्तीकरण शीर्षकमा चित्रकला बनाइन् । प्रतिस्पर्धी नम्बर–७ जेनी महर्जनले धिमे बाजा बजाइन् । प्रतिस्पर्धी नम्बर–८ अस्मिता महर्जनले मन मगन गीतमा कम्मर मर्काइन् । प्रतिस्पर्धी नम्बर–९ किरण थापाले माया पिरती शीर्षकको गीत प्रस्तुत गरिन् भने प्रतिस्पर्धी नम्बर १० प्रदिप्ता अधिकारीले नेपाली फ्यूजन गीतमा नृत्य गरेर आफ्नो प्रतिभा प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–११ नितिका कर्माचार्यले लोक गीतमा आफ्नो कला देखाइन् । प्रतिस्पर्धी नम्बर–१२ रोज लामाले समाजमा आएको परिवर्तनलाई चित्रकलामार्फत प्रस्तुत गरिन् ।
प्रतिस्पर्धी नम्बर–१३ सारा बजियमले कुमारी नृत्य प्रस्तुत गरिन् भने प्रतिस्पर्धी नम्बर–१४ लक्ष्मी राउतले सन् २०१५ को भूकम्पले ल्याएको विपत्ति प्रतिविम्बित हुने शैलीको अभिनय प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–१५ रक्षा उप्रेतीले कविता वाचन गरिन् । प्रतिस्पर्धी नम्बर–१६ मीरा कक्षपतीले सधैं खुशी रहनुपर्छ भन्ने सन्देशसहितको कथावाचन गरिन् । प्रतिस्पर्धी नम्बर–१७ जेनिशा थपलियाले राम्री पनि भाकी छु गीतमा नृत्य प्रस्तुत गरिन् भने प्रतिस्पर्धी नम्बर–१८ पूजा श्रेष्ठले डाली डाली फूल फुल्या गीतमा नृत्य प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–१९ बिपना सुवेदीले पनि तिमी हिंड्ने पिच गर्दिन्छु रोड गीतमा नृत्य गरिन् ।
प्रतिस्पर्धी नम्बर–२० शुभेच्छा अधिकारीले मैले शीर्षकको गीत गाइन् भने प्रतिस्पर्धी नम्बर–२१ प्रकृति कटवालले अभिनयमार्फत आफ्ना कला प्रस्तुत गरिन् । प्रतिस्पर्धी नम्बर–२२ नान्सी बोगटीले स्किनी लभ शीर्षकको अंग्रेजी गीत गाउने क्रममा आफैंले गिटार बजाइन् । प्रतिस्पर्धी नम्बर–२३ शिवानी घिमिरेले लागूऔषधका विषयमा कथावाचन गरिन् भने प्रतिस्पर्धी नम्बर–२४ शान्त्वना मालाकारले दर्पण छायाँ गीतमा कल्चरल डान्स देखाइन् । प्रतिस्पर्धी नम्बर–२५ प्रथा अधिकारीले पनि देश भक्ति गीतमा शास्त्रीय नृत्य गर्दै आफ्नो कला प्रस्तुत गरिन् ।
ट्यालेन्ट शोमा प्रस्तुत गरिएका प्रतिभामध्ये उत्कृष्ट हुने प्रतिस्पर्धीले मिस नेपालको ग्रान्ड फिनालेको दिन मिस ट्यालेन्टको उपाधि प्राप्त गर्ने आयोजक द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपतिले बताएका छन् । मिस नेपालको ग्रान्ड फिनाले वैशाख २६ गते बिहीबार काठमाडौंमा हुँदैछ ।