• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
ज्येष्ठ नागरिकको यौन स्वास्थ्य
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सुमनराज ताम्राकार

ज्येष्ठ नागरिकको यौन स्वास्थ्य
वैशाख १८, २०७६

ढल्कँदो उमेरमा महिलामा योनिरस कम उत्पादन हुने, पाठेघर एवं योनिको संकुचन घट्ने, योनिमार्गको भित्ता पातलिने तथा चरम सन्तुष्टि कम हुने पाइन्छ भने पुरुषमा लिड्ड उत्तेजनाको समस्यासँगै वीर्य स्खालन कम वा हुँदै नहुने, फेरि यौन उत्तेजनामा आउन समय लाग्ने, प्रभावकारी तरिकाले योनि छेदन गर्न नसक्ने जस्ता समस्या सिर्जना हुन सक्छन् ।

विगतको जनगणनाको तुलनामा नेपाली महिला तथा पुरुष दुवैको सरदर आयु बढ्दो क्रममा छ । उमेर बढेसँगै विभिन्न समस्या निम्तिने तथा शारीरिक शिथिलता देखा पर्ने क्रममा बढ्दो उमेरमा यौन स्वास्थ्यको छुट्टै महत्व हुन्छ । वृद्धावस्थामा यौन क्षमता तथा चाहना कम हुने धारणा छ, तर सबै व्यक्तिमा यो नियम लागू हुन्छ भन्ने छैन । एकल जीवन गुजारिरहेका कतिपय ज्येष्ठ नागरिकमा अधिक यौनचाहना भएका कारण सामाजिक बेइज्जती खप्नुपर्ने, सजायको भागीदार बन्नुपर्ने घटना सुन्नमा आउँछन् ।

बढ्दो उमेरसँगै सम्पूर्ण शरीरकै कार्य क्षमतामा कमी आउनु स्वाभाविक हो, तर यस्तो वास्तविकतालार्ई नजरअन्दाज गरी यौन क्षमतामा आउने कमीलार्ई बढाई–चढाई गर्नुको कुनै तुक छैन । सफल यौनक्रियाका लागि पुरुषमा सशक्त लिङ्ग उत्तेजना तथा महिलामा पर्याप्त योनिरसको उत्पादन हुनु जरुरी छ, तर ज्येष्ठ नागरिकमा यी आधारभूत तत्वको अभावमा यौनसम्पर्क आशातित नहुन सक्छ । त्यसका अतिरिक्त ढल्कँदो उमेरसँगै मधुमेह, उच्च रक्तचाप, दम, उच्च कोलेस्टेरोल तथा हाडजोर्नीको समस्याले पनि यौन क्रियाकलापमा रुचि नलाग्ने तथा वाधा उत्पन्न हुने हुन्छ ।

ढल्कँदो उमेरमा महिलामा योनिरस कम उत्पादन हुने, पाठेघर एवं योनिको संकुचन घट्ने, योनिमार्गको भित्ता पातलिने तथा चरम सन्तुष्टि कम हुने पाइन्छ भने पुरुषमा लिङ्ग उत्तेजनाको समस्यासँगै वीर्य स्खालन कम वा हुँदै नहुने, फेरि यौन उत्तेजनामा आउन समय लाग्ने, प्रभावकारी तरिकाले योनि छेदन गर्न नसक्ने जस्ता समस्या सिर्जना हुन सक्छन् ।

लामो समयदेखिको यौनसाथीको मृत्युपछि एक्लो महसुस गर्दा यौन स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्छ, तर यौन सक्रियता चाहेको खण्डमा ज्येष्ठ नागरिकलार्ई छेकबार भने लगाउनु हुँदैन । 

परम्परागत सोचयुक्त समाजमा महिलामा अझ बढी यौनचाहना हुँदैन । तिनीहरूले यौन सक्रियता देखाउँदैनन् भन्ने धारणा छ, तर वास्तविकता त्यसो होइन । आफ्नो इच्छा वा चाहना अभिव्यक्त गर्न नसक्ने, नमिल्ने वा नपाउने वातावरणले गर्दा त्यस्तो भएको हुनसक्छ । यो मामिलामा महिलाले पनि महिनावारी रोकिनेबित्तिकै आफ्नो यौन स्वास्थ्य समाप्त भएको मान्नु हुँदैन ।

ज्येष्ठ नागरिकका दम्पतीबीच व्यापक मात्रामा यौनिक भलाकुसारी गर्न सकिन्छ । विदुर वा विधवाको स्थितिमा रहेका आफ्ना अभिभावकको यौन स्वास्थ्यको पक्षमा पनि ध्यान पुर्‍याउनु आधुनिक छोराछोरीको दायित्व हो । ढल्कँदो उमेरका व्यक्तिले लिङ्ग योनिसम्पर्कमा मात्र जोड नदिई आलिङ्गन, स्पर्श, चुम्बन, पारस्पारिक हस्तमैथुनजस्ता वैकल्पिक उपायहरू अपनाउन सक्छन् । लिङ्ग योनि मैथुनकै क्रममा आफ्नो स्वास्थ्य एवं शारीरिक अवस्था सुहाउँदो आसन प्रयोग सँगै योनिमार्ग तथा पुरुष लिङ्गको छाला चिप्लो बनाउने पदार्थ (जेल) उपयोग गर्न सकिन्छ । कतिपय अवस्थामा आफ्नो जीर्ण रोगका लागि खाइरहेको औषधिका कारण यौन स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ ।

यसका लागि सम्बन्धित चिकित्सकसँग सल्लाह–परामर्श गर्नुपर्छ । मुख्य कुरा ज्येष्ठ नागरिक पुरुष वा महिला जोसुकैले आफूमा यौनिक नैराश्यता आउन दिनु हुँदैन । सामाजिक तवरमा स्वीकार्य हुने हिसाबले आफ्नो यौनिक सक्रियता कायम राख्नुपर्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik