साप्ताहिक संवाददाता
थारु गीत ‘कहे हम नही सकछुन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय थारु गीत संगीतले बजार बिस्तार गरिरहेको समयमा यो गीत सार्वजनिक भएको हो । गीतमा थारु समाजका स्थानीय निक्कै चर्चित गायक करण चौधरी र गायिका अनुमा चौधरीले स्वर दिएका छन् ।
सार्वजनिक गीतमा राज संघर्षको शब्द, बल बहादुर राजवंशीको संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको छ । दर्जनौँ चौधरी गीतमा आवाज दिएका गायक करनले यो गीतले पनि आफूलाई चिनाउन साथ दिने विश्वास लिएका छन् ।
गीतको म्यूजिक भिडियोमा मोडल मार्टिना चौधरीका साथमा गायक करणले अभिनय गरेका छन् । प्रेमलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको उक्त गीतको म्यूजिक भिडियोलाई रत्न जोशीले निर्देशन गरेका हुन् ।
म्यूजिक भिडियो मकवानपुर जिल्लाको रमणिय स्थल कुलेखानी ड्याम साइटमा छायांकन गरिएको छ । उत्सव दाहालले छायांकन गरेको म्यूजिक भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।
कहे हम नहीको म्यूजिक भिडियो :