• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
उठेन रहस्यको पर्दा रीनाको हत्या कि आत्महत्या
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरोज बस्नेत

उठेन रहस्यको पर्दा रीनाको हत्या कि आत्महत्या
वैशाख २३, २०७६

निर्वस्त्र अवस्थामा भेटिएको रीनाको शब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा टाउको र छातीमा गम्भीर चोटका कारण मृत्यु भएको देखिएको छ । रिपोर्टमा हत्या भएको ठोस प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । 

 

मोरङको पथरी, शनिश्चरे–१ बजार क्षेत्रमा निर्वस्त्र अवस्थामा मृत अवस्थामा फेला परेकी रीना खड्का बस्नेतको हत्या हो कि आत्महत्या भन्ने विषयको अन्यौल कायमै छ । गत वैशाख ७ गते तेह्रथुम स्थायी घर भै हाल पथरी, शनिश्चरे–१ मा वीरबहादुर बस्नेतको घरमा डेरामा बस्दै आएकी 

२९ वर्षीया रीनाको शव उनकै डेराअघि फेला परेको थियो । वैशाख ६ गते राति पथरीमै भएको सांगीतिक कार्यक्रम हेर्न रीना छोरा साइमनसहित पुगेकी थिइन् ।

छोरासँगै घर फर्किएकी रीना बिहान निर्वस्त्र अवस्थामा मृत भेटिएकी थिइन् । रीनाको नियोजित रूपमा हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै स्थानीय व्यवसायी कविता पराजुलीको नेतृत्वमा संघर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलनमा उत्रियो । सोमबार चार घण्टा सडक अवरुद्ध गर्दै घटनाको दोषी सार्वजनिक गर्न माग गरियो ।

स्थानीयवासीको दबाबसँगै सोही दिन रीनाका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लियो । मंगलबार पनि हत्यारा सार्वजनिक नगरेको भन्दै संघर्ष समितिको नेतृत्वमा भएको आन्दोलन केही अराजक भयो । पथरी, शनिश्चरे नगरपालिकामा तोडफोड तथा वडा नम्बर १ को कार्यालय र पथरी उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरियो भने त्यसपछि सडक अवरुद्ध र पथरी बजार बन्द गरियो ।

ठूलो संख्यामा उपस्थित स्थानीय बासिन्दाको आक्रोशित भीडले इलाका प्रहरी कार्यालय, पथरीमा ढुंगामुढा गरेपछि प्रहरीले दुई राउन्ड हवाई फायर तथा २९ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । सोही क्रममा आधा दर्जनभन्दा बढी स्थानीय बासिन्दा तथा प्रहरी घाइते भए । रीना मृत्यु प्रकरणले उग्र रूप लिएपछि मंगलबार बेलुका प्रशासन र संघर्ष समितिबीच भएको छलफलमा तीन दिनभित्र घटनाको सत्यतथ्य सार्वजनिक गर्ने सहमति बन्यो । बुधबार पुनः बसेको अर्को बैठकले ७ दिनभित्र मात्र रिपोर्ट आउने भन्दै प्रहरी प्रशासनले थप समयको माग गर्‍यो ।

त्यसपछि फेरि अर्को समिति सहमति कायम भै संघर्ष समितिले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लियो । बुधबारदेखिनै पथरी फेरि शान्त भयो । केही दिन अशान्त रहेको पथरी अहिले शान्त भैसकेको छ । रीनाका आफन्त तथा परिवारका सदस्यहरूले भने घटनाको अनुसन्धान नै प्रभावित तुल्याउने गरी आन्दोलन गरिएको भन्दै संघर्ष समितिप्रति असन्तुष्टि जनाएका छन् । परिवारले आइतबार रीनाको शव चतरामा अन्त्येष्टि गरिसकेको छ । रीनाको मृत्युपश्चात् वैदेशिक रोजगारमा रहेका उनका पति सन्तोष बस्नेतसमेत दुबईबाट फर्किसकेका छन् । 

यसबीच संघर्ष समितिकी संयोजक कविता पराजुलीले पीडित परिवारकै कारण रीनालाई न्याय दिन नसकेको भन्दै आइतबार साँझ पत्रकार सम्मेलन नै गरेर समिति विघटन गरिन् । ‘आफूहरूले रीनाको न्यायका लागि आन्दोलन गरे पनि परिवारकै साथ नभएका कारण समिति विघटन गरेका हौं,’ पराजुलीले भनिन् । स्थानीयवासीहरूले भने अहिले पनि रीनाको आत्महत्या नभई हत्या नै भएको दाबी गरिरहेका छन् । 

सत्यतथ्य बाहिर ल्याऊ

रीनाका लागि न्यायको माग गर्दै पथरी बहुमुखी क्याम्पसका महिला विद्यार्थी तथा महिला फेडरेसनको संयुक्त आयोजनामा शनिबार इलाका प्रहरी कार्यालय, पथरीमा धर्ना कार्यक्रम सम्पन्न गरे । उनीहरूले र्‍यालीसहित करिब १ घन्टा धर्ना दिएका थिए । उनीहरूले प्रहरीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । कार्यक्रममा प्रदेशसभा सांसद कृष्णकुमारी राई, पथरी बहुमुखी क्याम्पसकी स्ववियु उफाध्यक्ष नीता कुलुङ राई आदिले मन्तव्य व्यक्त गरे । यसबीच रीनाकी आमा विष्णुमाया खड्काले सरकारले रीनालाई न्याय दिने आशा व्यत्त गरिन् । साप्ताहिकसँगको कुराकानीमा उनले भनिन्–सरकार नै लागेको छ, न्याय त पाइन्छ होला नि ? पारिवारिक सल्लाहबमोजिम नै रीनाको अन्त्येष्टि गरिएको उनले जानकारी दिइन् । 

रिपोर्टले के भन्छ

निर्वस्त्र अवस्थामा भेटिएको रीनाको शब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा टाउको र छातीमा गम्भीर चोटका कारण मृत्यु भएको देखिएको छ । रिपोर्टमा हत्या भएको ठोस प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ । कुनै हतियार प्रहार नगरिएको र बलात्कारपछि हत्या गरिएको कुरा पोस्टमार्टम रिपोर्टले नदेखाएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार, ‘माथिबाट झरेका कारण मृत्यु भएको कुरा पोस्टमार्टम रिपोर्टले पनि बोल्छ ।’ 

अनुसन्धान जारी 

प्रहरीले रीना मृत्यु प्रकरणको छानविन गरिरहेको छ । डीएसपी नवराज ढुंगानाको नेतृत्वमा प्रहरी निरीक्षक सुवास भट्टराईसहितको विशेष टोली अनुसन्धानमा खटिएको छ । प्रहरीले करिब ५० जनासँग सोधपुछ गरेको छ । उनीहरूमध्ये ३० जनाको लिखित बयान लिइएको प्रहरीले जनाएको छ जसमा आफन्त, रीनाका साथी, पथरी–उर्लाबारी क्षेत्रका व्यवसायी आदि छन् । प्रहरीले पक्राउ गरेका कमल नेपालविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ । प्रहरीले उनको पोलिग्राफ जाँच पनि गरेको छ । उर्लाबारीका व्यवसायी नेत्र घिमिरेलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । यद्यपि रीनाको हत्या भएको कुनै प्रमाण फेला परेको छैन । 

मिडियाका कारण तनावमा 

रीनाको मृत्यु प्रकरणमा स्थानीय बासिन्दा तथा आफन्तहरू मिडियालाई अन्तर्वार्ता दिँदा–दिँदा हैरान भएका छन् । पटक–पटक विभिन्न मिडिया (युट्युब)मा घटनासँग जोडेर अन्तर्वार्ता लिनेको होड नै चलेपछि घटनाको बिषयमा भ्रम सिर्जना भएको धेरैको बुझाइ छ ।

पत्रकार तथा युट्युबरबीच सोही विषयमा विवादसमेत सिर्जना भएको थियो । त्यस क्रममा ठेलावाला, साथीभाइ, आफन्त आदिको अन्तर्वार्ता लिन लहरनै चलेको थियो । पत्रकारहरूले स्थानीय पसलको सिसीटिभी फुटेज सार्वजनिक गरेसँगै एक ठेलावाला समस्यामै परे । ठेलावाला कान्छा शेर्पालाई सोही फुटेजका कारण प्रहरी कार्यालय बोलाइयो तर, उनले रीनाको शव बोकेको नभै आलु बोकेको रहस्य खुल्यो । उक्त ठेला रीनाको हत्यापछि शव फाल्न प्रयोग भएको अनुमान गरिएको थियो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik