साप्ताहिक संवाददाता
वैशाख २४, २०७६
केहि दिन अघि गायिका मेलिना राई र संगीतकार हरि लम्सालको स्वरमा एक गीत सार्वजनिक भयो । संगीतमा अब्बल हरि लम्साल र मेलिना राईको आवाजमा सार्वजनिक भएको ‘परानै दिन्छु’ बोलको उक्त गीत अहिले लोकप्रिय बन्दै गएको छ ।
प्रल्हाद शाहले लेखेको उक्त गीतमा हरि लम्साल स्वयमः ले संगीत भरेका छन् । गीतमा संगीत संयोजन भने रिकेश गुरुले गरेका हुन् । फिल्मी शैलीमा निर्माण गरिएको गीतको म्यूजिक भिडियोले पनि दर्शकको मन जितिरहेको छ ।
गीतको म्यूजिक भिडियोमा अभिनेता दयाहाङ राई र लक्ष्मी वर्देवाले जीवन्त अभिनय गरेका छन् । विकाश धमलाले सम्पादन गरेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् ।
परानै दिन्छुको म्यूजिक भिडियो :