
त्यसो त ब्रह्मचर्य र बहुपति नितान्त फरक विषय हुन् । यिनलार्ई दुई विपरीत ध्रुव भन्दामा फरक पर्दैन, तर नेपालमा यी दुई विषयबीच के समानता छ भने नेपालमा निकै थोरै मानिसले मात्र यी प्रथा वा प्रचलन अँगालेको पाईन्छ ।
ब्रह्मचर्य
संकुचित समाज एवं यौनिक क्रियाकलाप व्यक्त गरी नहाल्ने प्रवृत्तिले पहिले विवाह नगरी यौनसम्पर्क सायदै गरिन्थ्यो वा गरिए पनि प्रकाशमा आउँदैनथे । त्यसो भएर विवाह नगर्नुलार्ई यौन सम्पर्कको अनुभव नहुनु सरह मानिन्थ्यो र उमेर पुगेपछि वा ढल्किएपछि पनि विवाह नगरी बस्ने चलनलार्ईर्र् ब्रह्मचर्यका रूपमा लिइन्थ्यो । व्यक्ति विशेषसँग यौन क्षमता भए पनि यौन प्रतिको भिन्न दृष्टिकोणका कारण ब्रह्मचर्य पालना गरेको हुनुपर्ने मान्यता छ ।
यो केवल यौन सम्पर्क राख्न नचाहनुसँग सम्बन्धित नभई ब्रह्मचर्यलार्ई अध्यात्मसँग पनि जोड्न सकिन्छ । यो आफ्नो शरीर अनि मन माथिको पूर्ण नियन्त्रणको प्रयास पनि हो । आधुनिक चिकित्साले व्याख्या गरे भन्दा पृथक् पहिले–पहिले पुरुषहरू शरीरमा वीर्य उत्पादनका कारण बढी शक्ति क्षय हुने कारणले यौनसम्पर्कका बेला वीर्य स्खलन नहुने भएपछि ब्रह्मचर्य पालनाले शक्ति सञ्चय हुने विश्वास गर्थे, तर त्यो सत्य होइन ।
किशोरावस्थामा पुगेपछि वीर्य उत्पादन, वीर्य निष्कासन (हस्तमैथुन वा स्वप्नदोष वा यौनसम्पर्कका बेला) एवं वीर्य क्षय नियमित शारीरिक प्रक्रिया हुन् । परापूर्वकालमा जे जस्तो नियम वा परहेजलार्ईर्र् धर्म, पापसँग जोडिदिएपछि गम्भीरतापूर्वक पालना गरिने कारणले पनि ब्रह्मचर्यलार्ईर्र् पृथक ढंगले हेरिएको हो । मानिस यौनिक प्राणी हो । यौनकै पछि मात्र लागेको खण्डमा आफ्नो उद्देश्य, लक्ष्य, व्यक्तित्व विकास तथा आर्थिक उन्नति आदिबाट विमुख हुनसक्ने हुनाले पनि ब्रह्मचर्यको सिद्धान्त पालना गरिन्थ्यो ।
पहिलेको समयमा जे–जति कारणले ब्रह्मचर्य पालना गरिएको भए पनि यौन स्वास्थ्यको दृष्टिले साँच्चिकै ब्रह्मचर्यपालन गरेको खण्डमा एचआईभी/एड्स लगायत यौन संक्रमण नसर्ने, यौन दुर्व्यवहार तथा यौन हिंसाका विभिन्न घटना घट्ने विश्वास गर्न सकिन्छ । ब्रह्मचर्य आफ्नो स्वेच्छाले नभई बाध्यताले पालना गरेको भए जबर्जस्ती आफ्नो यौनेच्छा दबाउनुपर्दा यौन मनोरोग निम्तिन सक्ने सम्भावना हुन्छ । सबैले आ–आफ्नै तवरले यौन जीवन जिउने कुरालार्ईर्र् अन्यथा मान्नु हुँदैन । यद्यपि यो कार्यले अन्य व्यक्तिको यौन तथा सामाजिक जीवन अप्ठ्यारोमा पर्नु हुँदैन । ब्रह्मचर्य पालना गर्न चाहने व्यक्तिले वैवाहिक वा प्रेम सम्बन्ध राखेर महिला पार्टनरलार्ईर्र् धोका दिन मिल्दैन । कहिलेकाहीँ कुनै सामान्य भन्दा भिन्न व्यवहार गर्न चाहने व्यक्तिमा कुनै मनोरोग सुषुप्त अवस्थामा रहेको हुनसक्छ । त्यसैले यो पक्षमा ध्यान दिई आवश्यक परेको खण्डमा मनोचिकित्सकको सल्लाह परामर्श लिन आनाकानी गर्नु हुँदैन ।
बहुपति
एक महिलाले दुई वा दुई भन्दा बढी व्यक्तिलार्ई पतिका रूपमा अंगिकार गर्ने परिपाटीलार्ईअंग्रेजी वा मेडिकल भाषामा पोलीएन्ड्री अर्थात् बहुपति प्रथा भनिन्छ । विश्वका कतिपय मुलुकमा जस्तै नेपालका केही क्षेत्रमा पनि बहुपति प्रथाको चलन विद्यमान रहेको मानिन्छ । कुनै समय विषम आर्थिक तथा सामाजिक परिस्थितिका कारण बहुपति प्रथाको सुरुवात भए पनि एचआईभीलगायत यौनजन्य संक्रमणका कारण यो प्रथाको जटिलतामाथि ध्यान पुर्याउन ढिलो भैसकेको छ ।
हिमाली तथा विकट जिल्लामा सामाजिक सुरक्षा तथा आर्थिक दृष्टिले बहुपति प्रथाको चलन राम्रो मानिए पनि गोप्यताको अभाव तथा करकापमा पटक–पटक यौनसम्पर्क राख्नाले पूर्ण यौनसन्तुष्टि प्राप्त नहुने भएकाले कालान्तरमा मानसिक समस्या उत्पन्न हुनसक्छ । बहुपति प्रथामा वैवाहिक बलात्कार एवं अनिच्छित गर्भको समस्या पनि उत्तिकै हुन्छ । पटक–पटकको गर्भ अनि जन्मान्तरको अभावमा महिला एवं नवजात शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ । बहुपति प्रथामा धेरै दाजुभाइ भएको खण्डमा साझा पत्नी तथा कान्छा पतिको उमेरमा धेरै फरक भए यौन मनोविज्ञानमा नकारात्मक असर पुग्न सक्छ । साझा पत्नी माथि कनिष्ठको पहुँच कम हुने हुँदा यौनचाहना दबाउनु पर्ने वा अन्य विकल्प अपनाउनुपर्ने हुनसक्छ ।
बहुपति प्रथाका आ–आफ्नै फाइदा–बेफाइदा भए पनि यौनका दृष्टिले फाइदा भन्दा जटिलता बढी देखिन्छ । त्यसैले यौनलार्ईर्र् केवल बच्चा पाउने माध्यम माक्र नमानी महिलाको यौनस्वास्थ्यका बहु आयाम (यौन सन्तुष्टि, यौन स्वतन्त्रता, यौन अधिकार) लार्ईर्र् विचार गरी समयत्रमसँगै बहुपति प्रथा कायम भएका समाजका पुरुषले छुट्टाछुट्टै पत्नी अंगिकार गर्न चाहे त्यस्तो छुट प्रदान गरिनुपर्छ । सामाजिक संस्कारलार्ईर्र् निरन्तरता दिने क्रममा समय सापेक्षा परिवर्तन तथा सुधार पनि उत्तिकै आवश्यक हुन्छ ।