• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कानुनमा प्रतिबन्ध तर चलिरहेकै छ ट्रान्स पार्टीको मस्ती
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कानुनमा प्रतिबन्ध तर चलिरहेकै छ ट्रान्स पार्टीको मस्ती
जेष्ठ ७, २०७६

 

वैशाखको तेस्रो साता प्रहरी परिसर ललितपुरले च्यासलस्थित एउटा क्याफेमा छापा मार्‍यो । प्रहरी पुग्दा चर्को संगीतमा झुमिरहेका झन्डै २ सयजति ग्राहकबीच भागदौड नै मच्चियो । अनौठो त के थियो भने, रक मेटल संगीतमा झुम्नेहरूमा स्वदेशी जत्तिकै विदेशी पनि थिए । भारत, बेलायत तथा मेक्सिकोबाट आएकाहरूको समूह पनि त्यहीँ झुमिरहेको थियो । थ्रासमाण्डु–२ शीर्षक दिइएको उक्त सांगीतिक वातावरणमा संगीत मात्र थिएन, गाँजाको पनि प्रयोग भैरहेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीको दाबी थियो, त्यहाँ रक मेटलका नाममा ट्रान्स पार्टी चलिरहेको छ ।

लाउड संगीत, लागू औषधको सुर र मदहोस वातावरणमा घन्टौं चल्ने डान्स पार्टी नै ट्रान्स पार्टी हो । कतिपय ट्रान्स पार्टीमा त मदहोसहरूबीच खुला सेक्स पनि चल्छ तर थ्रासमाण्डुमा प्रहरीले छापा मार्दा भने अवस्था फरक थियो । प्रहरीले पार्टी आयोजक एक्सट्रिम अन्डरग्राउन्ड मेटल सोसाइटी अफ नेपालका विशाल राई तथा क्याफे सञ्चालक सन्नी ब्यन्जनकारलाई पक्राउ गरेको थियो । 

प्रहरीले पार्टीमा लागूऔषध प्रयोग भएको बताएपनि आयोजकहरूले सहभागीहरूले बाहिर कतै खाएर आएको हुनसक्ने र पार्टीमा त्यस्तो नभएको दाबी गरिररहेका छन् । आयोजक एक्सट्रिम अन्डरग्राउन्ड मेटल सोसाइटी अफ नेपाल १५ असार २०७५ मा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएर मेटल संगीतको क्षेक्रमा सत्रिय देखिन्छ । प्रहरीले भने आयोजकको दाबी नर्कादै सांगीतिक पार्टीको नाममा ट्रान्स पार्टी भएको बताइरहेको छ । प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाका अनुसार पक्राउ परेका राईलाई वैशाख २३ गते जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ । प्रहरीले उनीमाथि सार्वजनिक स्थानमा अभद्र व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ ।

ललितपुरको घटनापछि नेपालमा लुकिछिपी हुँदै आएको लाउड म्युजिक विथ लागूऔषधसहितको ट्रान्स पार्टीको बहस मात्र सतहमा आएको छैन, यस्ता घटनालाई प्रहरीले कसरी हेर्ने भन्ने बहस पनि सुरु भएको छ । वैशाखको पहिलो साता संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा हुन लागेको म्युजिक फेस्टिबललाई पनि जिल्ला प्रशासनले संगीतको नाममा ट्रान्स पार्टी गर्न लागिएको भन्दै फेस्टिबल अघि नै त्यसमा निषेध लगाएको थियो ।

तेह्रथुमका प्रजिअ गणेशबहादुर अधिकारीले म्युजिकल फेस्टिबलका नाममा गैरकानुनी काम हुन लागेकाले आफूले त्यसमा रोक लगाएको बताएका थिए । काठमाडौंमा रहेको शक्ति पिक नेपाल तथा स्थानीय संस्था तीनजुरे गुराँस क्लबले संयुक्त रूपमा त्यस्तो कार्यक्रम आयोजना गर्न लागेका थिए जसका लागि विश्वका विभिन्न देशका सहभागीहरू धरान तथा तेह्रथुम पुगिसकेका थिए ।

कात्तिकको अन्तिम साता अर्घाखाँचीको शीतगंगा नगरपालिकास्थित बुङची खोलाको बगरमा अनौठो दृश्य देखियो । बगरमा स–साना टेन्ट टाँगिएका थिए । त्यहाँ महिला तथा पुरुष विदेशीहरू अर्धनग्न अवस्थामा यताउति गरिरहेको देखिन्थे । अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, इजरायल, भारत आदि २५ देशका ४० विदेशी पर्यटकीय क्षेत्रका रूपमा ख्याति नकमाइसकेको उक्त गाउँ पुग्नु आफैंमा अनौठो खबर थियो । स्थानीय बासिन्दाले यस विषयमा प्रहरीलाई खबर गरेपछि उनीहरू पक्राउ परे र थाहा भयो, ट्रान्स पार्टी गर्न उनीहरू त्यहाँ पुगेका थिए । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी नवराज मल्लका अनुसार पक्राउ परेकामध्ये पार्टी आयोजनामा सक्रिय एक नेपाली तथा चार विदेशीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो । डिएसपी मल्लले भने, ‘उनीहरू जनही २०/२० हजार धरौटी बुझाएर छुटे ।’ डिएसपी मल्लका अनुसार यदाकदा मात्र पर्यटक आउने यति दुर्गम गाउँसम्म ट्रान्स पार्टी नै गर्न भनेर विदेशी आउनु अनौठो कुरा थियो । उनले उक्त घटनामा नेपाली व्यवस्थापक तथा विदेशीहरूको साठगाँठ रहेको जानकारी दिए । 

त्यसो त २०७५ चैतको पहिलो साता प्रहरीले लेकसाइडको खहरेमा आयोजित ट्रान्स पार्टीमा छापा मारेर ४४ जना विदेशी तथा १४ जना नेपालीलाई पक्राउ गरेको थियो । प्रहरीले रेस्टुराँका दुई सञ्चालकलाई सार्वजनिक अपराधको मुद्दा चलाएर छोड्यो भने अन्यलाई एक रात थुनामा राखेर छोडिदियो । प्रहरी आएको थाहा पाउने बित्तिकै पार्टीमा सहभागी धेरैले आफूसँग भएको लागूऔषध मिल्काएका थिए । पर्यटकीय नगरी पोखरामा ट्रान्स पार्टी भएको खबर बारम्बार आइरहन्छ । 

पोखराको सुरक्षा नेतृत्व सम्हालेर केही समयअघि मात्र काठमाडौं आएका एसपी अशोक सिंह पोखरामा कडा सुरक्षा र प्रहरी–होटल व्यवसायीबीचको सहकार्यले यस्ता पार्टीहरू निषेध नै भएको अनुभव सुनाउँछन् तर पोखरा ट्रान्स पार्टी गर्नेहरूको पहिलो रोजाइमा बारम्बार परेको विगत छ । 

पछिल्ला केही प्रतिनिधि घटनाले नेपालमा लुकिछिपी रुपमा विदेशीहरूले ट्रान्स पार्टी आयोजित गरिरहेको देखाउँछन् । प्रहरीका अनुसार नेपालमा लुकिछिपी रूपमा ट्रान्स पार्टी हुन थालेको वर्षौं भैसकको छ । २०५० पछि यस्ता घटनाहरू बेला बखत सार्वजनिक भए पनि ट्रान्स पार्टीकै निम्ति नेपाल गन्तव्य हुन बन्द भैसकेको देखिँदैन । युरोप आदि पश्चिमा देशमा प्रतिबन्ध लगाइएपछिका वर्षहरूमा भारतको गोवामा यस्ता पार्टी सञ्चालन गरिन्थ्यो । सन् १९९० को दशकमै गोवामा ट्रान्स पार्टीहरू हुने गरेको पाइन्छ । सार्वजनिक ठाउँ वा जंगलमा यस्ता पार्टी हुने र सेक्स तथा लागूऔषधको विकृति बढने जोखिमसँगै गोवामा यस्ता पार्टीको आयोजनामा कडाइ गरिँदै गएको पाइन्छ । भारतमा पनि कडाइ हुन थालेपछि ट्रान्स पार्टी नेपालतिर सर्न थालेको देखिन्छ ।

लागूऔषध नियन्त्रण ब्युरोका डिआईजी दिनेश अमात्यका अनुसार पछिल्ला महिनाहरूमा संगीत, सेक्स र लागूऔषधको त्रिवेणी भनिने ट्रान्स पार्टी गर्ने प्रयास भैरहेका खबरहरू आइरहन्छन् । उनले स्वदेशी तथा विदेशी समूहले यस्तो पार्टी गर्न पूर्वी पहाडी जिल्लाहरूमा प्रयास जारी राखेको सूचना आफूले पाएको बताए । ‘हामीले यस विषयमा प्रशासन तथा स्थानीय निकायहरूलाई पनि चनाखो रहन भनेका छौं’, उनले भने, ‘चर्को संगीत, खुलमखुल्ला सेक्स, लागू औषधको प्रयोग तथा ओसारपसार तीनै कुरा बर्जित छन् । त्यसैले हामीले चुप लागेर हेरिरहन मिल्दैन ।’

ट्रान्स पार्टीको इतिहास

दोस्रो विश्वयुद्धपछि युरोप तथा अमेरिकाका युवाहरूमा बढेको निराशा एवं भौतिकवादप्रतिको वितृष्णपछि चर्को संगित, उन्मुक्त कला र ट्याटु अनि बेपरवाह फेसनसँग जोडिएको हिप्पीकालको सुरुवात भएको इतिहास छ । समयको यही फेरोमा मेटल, अन्डरग्राउण्ड मेटल संगीतसँग लागूऔषध जोडियो र समयक्रममा त्यसमा थपियो सेक्स अनि जन्म भयो, ट्रान्स पार्टीको ।

लागूऔषधको प्रयोग र निर्वाध सेक्सकै कारण कैयन् देशमा ट्रान्स पार्टीमाथि प्रतिबन्ध लगाइएको पाइन्छ । सन् १९९० पछि भारतको गोवामा ट्रान्स पार्टीले व्यापकता पाएको थियो । ट्रान्स पार्टी कल्चर त्यहीँबाट नेपालसम्म आइपुगेको कुरा बुझ्न गाह्रो छैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik