साप्ताहिक संवाददाता
‘सकेपनि चल्लाले माउ भूल्न
सकिएन कोखीका घाउँ भुल्न
जापान तिर छ, छोरो अमेरिका छ छोरी जापान तिर छ, तिनले त बिर्से बाउआमा, हाम्लाई तिनकै पिर छ ।’
यो गीतले पछिल्लो नेपाली समाजको यथार्थलाई चित्रण गरेको छ । लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘छोरो अमेरिका छ’ शीर्षकमा सार्वजनिक गरेको यो गीतले विदेश पलायन भएको युवा वर्ग र स्वदेशमै सन्तानको बाटो हेरि बस्ने अभिभावकको कथालाई समेटेको छ ।
विदेशको सपना देख्दै हुर्कने पछिल्लो पुस्ता र अभिभावकबीचको दुरीलाई प्रस्तुत गरेर निर्माण गरिएको यो गीतले अहिले सुन्ने स्रोताको मन जितिरहेको छ । गीतमा रोईला गायकका रुपमा चर्चित देवकोटा, र गायीका सम्झना भण्डारील् गायनका साझेदारी गरेका छन् ।
गीतकार रमेश विजीको शब्द रहेको गीतमा लय गायक देवकोटाकै रहेको छ । अभिनेता निर शाह, हिउवाला गौतम, श्रीप्रसाद थापा र सोनी गुरुङले सार्वजनिक गीतको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
मालश्री रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजक विनोद बाजुरालीको रहेको छ । गीतलाई पृथ्वी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।
गायक देवकोटाले ‘छोरो अमेरिका छ’ गीतले विदेशमा रहेका युवाहरुको व्यस्त जीवनशैलीले विर्साउँदै गएको संस्कार, संस्कृति र अपनत्व, भौतिक सुखको दलदलमा भासिंदै गर्दा जीवनको अन्तिम क्षणमा पनि आफ्नै सन्तानलाई आँखै अगाडी हेरेर मर्ने अतृप्त धोको बोकेर बसेका आमा बाबुको कारुणिक रोदनलाई समावेश गरेको बताए ।
गीतको म्यूजिक भिडियो :