• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
चार वर्षपछि अनुसन्धान
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

चार वर्षपछि अनुसन्धान
जेष्ठ २५, २०७६

 

वि.स. २०७१ साल फागुन ७ गते पोखराको तुलसीघाटमा शव भेटिएका सूर्यबहादुर पाण्डेको हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । पुर्पक्षका लागि कारागार पठाइएकाहरूमा रामचन्द्र मानन्धर, माइला भन्ने बुद्ध श्रेष्ठ तथा धुव्र मानन्धर छन् ।

जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीले जनाए । उनीहरूविरुद्ध मृतक सूर्यकी आमा विष्णुकुमारी पाण्डेले किटानी जाहेरी दिएकी थिइन् । उनकै किटानी जाहेरीका आधारमा ओरोपीहरू पक्राउ परेका थिए । आरोपी तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतमा २०७६ 

जेठ ९ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

को हुन् सूर्यबहादुर पाण्डे

सूर्यबहादुर पाण्डे व्यवसायिक रुपमा मोटरसाइकल वर्कसपमा काम गर्थे । स्थायि ठेगाना कास्की जिल्लाको सिन्दुजुरे भएपनि सूर्यको जन्म वि.सं. २०४५ साल फागुन ३ गते पोखरा गण्डकी हस्पिटलमा भएको थियो । नयाँबजार–९ स्थित महेन्द्र माविमा कक्षा ७ सम्म अध्ययन गरेका सूर्यले इच्छाशक्ति अटोमोबाइल (बजाज शो–रुम) नयाँबजार–९ मा हेल्परका रूपमा बाइक बनाउने सिकेका थिए । बाइकको राम्रो सर्भिसिङ गर्ने भएकाले उनी भएको ठाउँमा धेरै सेवाग्राही पुग्थे ।

साथीभाइहरूसँग घुलमिल हुन् र उनीहरूलाई विश्वासमा लिन रुचाउने सूर्य परिआए साथीभाइलाई सहयोग गर्न पनि पछि पर्दैनथे । उनले नयाँबजारस्थित नासा मोटरसाइकल वर्कसपमा बाइक मिस्त्रीका रूपमा १ वर्ष काम गरेका थिए । पछि वर्कसप भएको ठाउँमा घरधनीले घरबनाउने भनेपछि उक्त वर्कसप २०७१ कात्तिक महिनातिर बन्द भयो । त्यसपछि बेरोजगार रहेका पाण्डेलाई विभिन्न ठाउँबाट आकर्षक तलबका साथ कामको अफर गरिए पनि कति अर्काका काम गर्ने भन्दै आफ्नै वर्कसप खोल्ने योजनामा थिए पाण्डे । त्यसका लागि उनी दाजु महेन्द्र पाण्डेसँग सरसल्लाह गरिरहेका थिए । 

त्यतिबेला उनी २५ वर्षका थिए । दाजु महेन्द्र भाइको कुरामा सहमत थिए, तर लोकेसन भने चित्त बुझेको थिएन । सूर्य नयाँबजारमै वर्कसप खोल्न चाहन्थे । दाइ महेन्द्र भने नयाँबजार एरियामा दुर्व्यसनमा फसेका युवाहरू बढी भएका कारण अन्यत्र वर्कसप खोल्न जोड दिन्थे । सूर्य वर्कसपको मिस्त्री भएका कारण लागूऔषधको दुर्व्यसनमा फसेका तथा कारोबार गर्नेहरूसँग भेट भैरहन्थ्यो । प्रहरी पनि सूर्यकै मद्दतमा लागूपदार्थ दुर्व्यसनी तथा कारोबारीहरूलाई पक्राउ गर्न सफल हुँदै आएको थियो । प्रहरीलाई सूचना दिएको कुरा थाहा पाएका लागूपदार्थ दुर्व्यसनी तथा कारोबारीहरू भने सूर्यसँग असन्तुष्ट थिए । बेला–बेलामा उनलाई धम्कीयुक्त फोन आउने गरेको उनका दाई महेन्द्र पाण्डे बताउँछन् । 

कस्तो अवस्थामा भेटियो शव

२५ वर्षीय सूर्यबहादुर पाण्डेको शव विक्रम सम्वत् २०७१ साल फागुन ७ गते विहान ८ः०० बजे राममन्दिरको पारी सेती नदीको खोँचमा सुतेको अवस्थामा फेला परेको थियो । सूर्यको शव विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएको थियो । चोट बढी भए पनि शरीरमा रगत बगेको खासै नदखिएपछि उनको परिवारले उनको भिरबाट लडेर नभई मारेर लगेर राखिदिएको आंशका गरेका थिए । सूर्यले लगाएको टि–सर्ट, जिन्स पाइन्ट तथा जुत्ता कुनै किसिमको घिस्रिएको, च्यातिएको, कोतरिएको, फोहर माटो नलागेको अवस्थामा थिए । सूर्यको चिउँडोमा धारिलो हतियारले रेटेको ओभानो घाउ स्पष्ट देखिन्थ्यो । यद्यपि घाउबाट बगेको रगत घाँटी वरीपरी, टि–सर्टमा लागेको प्रस्ट देखिएको थिएन । पोष्टमार्टम गर्ने बेलामा कपडा खोल्दा करङ र छातीमा लामो–लामो निलडाम देखिन्थ्यो तर टि–सर्टमा बाहिरबाट देखिने गरी कुनै चोट वा डाम थिएन ।

यही शंकाका कारण परिवारले सूर्यको हत्या भएको निष्कर्षका साथ जिल्ला प्रहरी कार्यालय कास्कीमा शव भेटिएको दिननै उनका दाजु महेन्द्र पाण्डेले उजुरी दिए फनि । छानबिनका क्रममा केही व्यत्तिलाई पक्राउ गरियो, तर उनीहरू छुटे । पहुँचका आधारमा उनीहरूलाई प्रहरीले छोडेको भन्दै मृतकको परिवारले आरोप लगाए पनि केस अघि बढेन । मृतक सूर्यबहादुर पाण्डेको शव तुलसीघाट अस्थायी प्रहरी बिटभन्दा १ सय मिटरको दूरीमा फेला परेको थियो । 

छोरालाई न्याय दिलाउन 

आमाको प्रयास

सुरुमा मृतकका दाइले किटानी जाहेरी दिए पनि प्रहरीले अनुसन्धान अघि नबढाएकाले उनीहरू चिन्तित थिए । पद, पावर एवं राजनीतिक संरक्षणका कारण अनुसन्धान अघि नबढेको निर्ष्कषमा उनीहरू पुगे । यसले मृतककी आमा विष्णु कुमारी पाण्डेलाई निकै चोट पुर्‍यायो । उनी छोराका हत्यारालाई कारबाहीको दायरमा ल्याउने दृढ संकल्पका साथ अघि बढिन् । जिल्ला प्रहरी कार्यालय, मानव अधिकार आयोग, इन्सेक तथा पत्रकारहरूसँग पटक–पटक भेट गरी आफ्नो पिडा सुनाइन् । हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गरिन् । हातमा छोराको लासको फोटो देखाउँदै न्यायका लागि भौतारिइन् । उनी रुन्थिन्, कराउँथिन्, बेला–बेलामा अचेत समेत हुन्थिन् । यसबीच कास्कीका प्रहरी प्रमुखहरू परिवर्तन भैरहे । उनी नयाँ प्रहरी प्रमुख आउने वित्तिकै आफ्नो पिडा बताउँथिन् तर विष्णु कुमारीले कहिल्लै हरेस खाइनन् । बल्ल ४ वर्षको अथक प्रयासबाट राष्ट्रिय मानव अधिकार आयोग कास्की तथा एस.आई.टी.को विशेष सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनको जाहेरी बुझ्यो अनि एसपी ओमबहादुर राना लगायतको टिमको सहयोगमा अनुसन्धान अघि बढ्यो । आमा विष्णु कुमारीको जाहेरी २०७६ वैशाख १३ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भयो । 

कसरी भयो घटना

फागुन ६ गते शिवरात्रिको दिन थियो । नयाँबजार–९, तुल्सीघाटमा धुनीलगाएको ठाउँमा माइला भन्ने बुद्ध श्रेष्ठसँग सूर्यको विवाद हुन्छ, केटी जिस्क्याएको विषयमा, तर यो विवाद पुलिसको समेत उपस्थितिमा मिल्छ । साथीहरूले सूर्यलाई खाना खान जाउ भन्छन् तर सूर्य जान मान्दैनन् । मलाई सुड्डीले खानाखान बोलाएकी छ, म आज सुड्डीकहाँ बस्छु– उनी झन्छन् । सूर्य त्यतातिर लाग्छन् । त्यही क्रममा राति साढे १ बजे सूर्यलाई धम्कीयुत्त फोन आउँछ अनि सूर्य त्यहाँबाट निस्कन्छन् । खाना खाने ठाउँमा रामचन्द्र मानन्धर र वर्षा विश्वकर्मा पनि थिए । त्यो समयमा कसले फोन गरेर बोलाए, के विषयमा झगडा भयो भन्ने थाहा नभएको मृतकका दाजु महेन्द्रको भनाइ छ । लागूऔषध दुर्व्यसन तथा कारोबारमा पक्राउ परेकाहरूले तैले गर्दा हामीलाई फसाइयो, हामी तलाई छोड्दैनौं भनेर सूर्यलाई धम्क्याउने गरेको महेन्द्रले बताए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik