• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
काठमा कुँदिए बुद्ध
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

स्वस्तिक श्रेष्ठ

काठमा कुँदिए बुद्ध
जेष्ठ २६, २०७६

देवदहको बुद्ध सामुदायिक वनमा कुहिएको धोत्रो काठलाई आकृति दिइरहेका मूर्तिकार राजु पिठाकोटे निकै खुसी थिए । प्रकृतिप्रेमी मूर्तिकार पिठाकोटे आमाको प्रतीक काठमा कुँद्दै थिए । आमा संसारमै सबैभन्दा प्यारो भएको भन्दै काठलाई आमाको आकृति दिन पाउँदा धेरै खुसी लागेको उनको तर्क छ । ‘यहाँ आउने प्रत्येक व्यक्तिले यो मूर्तिमा बस्दा आमाको गर्भमै बसेको आभास गर्नेछन ।’– उनले भने । एउटा सानो बालक आमाको गर्भमा रहँदा निर्मल अनि शान्त हुन्छ त्यसरी नै यहाँ आउने पर्यटकहरूले आमाको यो काखमा बस्दा अनुभूति गर्ने उनले बताए । एकैछिन भए पनि व्यक्तिमा भएका नकारात्मक सोच छोडेर सकारात्मक सोचमा लाग्न उत्प्रेरणा मिलोस् भन्ने सोचका साथ यो मूर्ति बनाएको उनको दाबी छ । ‘एउटा राजा, देवताको मूर्ति कुनै कालमा तोडिन सक्छ ।’– उनले भने तर आमाप्रति सबैको आदरसम्मान हुने भएकाले पनि यो थिममा रहेर चित्र कोरेको उनले बताए । 

कपिलवस्तुबाट माइत आउने क्रममा लुम्बिनी वनमा सिद्धार्थ गौतम बुद्ध जन्मदाको भाव प्रकट हुने मूर्ति बनाउने अर्का मूर्तिकार पनि निकै खुशी भेटिए । करीब साढे ५ फिट अग्लो काठको मुढालाई कलाकार लालकाजी लामाले यन्त्रहरू प्रयोग गरी काट्दै छिल्दै बुद्ध र बुद्धकी आमा मायादेवीको स्वरूप दिएका छन् । काठमा मूर्ति कुँद्नु पुरानो कला–संस्कृति भएको कुरा बताउँदै लामाले यसमा धेरै मेहनत लाग्ने जानकारी दिए । बुद्धको मावली र ससुराली देवदहको विकासमा कला क्षेत्रबाट थोरै भए पनि सहयोग गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । बुद्ध र शान्तिको थिममा रहेर मूर्ति बनाउने काम भएको उनले जानकारी दिए । 

पूर्वपश्चिम राजमार्गको देवदह, खैरेनी चोकबाट करिब ३ किलोमिटर उत्तर शान्त र मनोरम बुद्ध सामुदायिक वन क्षेत्रमा कलाकारहरूले ती सिर्जना गरेका थिए । दैनिक अवलोकनका लागि विद्यार्थी तथा कलाप्रेमीहरूको समेत भीड रहयो । ड्रिम देवदह युनिटी फर चेन्जको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक सहयोगमा रुपन्देहीको देवदहमा प्राचीन देवदह राष्ट्रिय काष्ठकला कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालामा प्रतिष्ठानका मूर्तिकारहरूले बुद्धकालीन १७ वटा फरक–फरक भावका मूर्ति तयार गरेका छन । कार्यशालामा एक जना महिलासहित अन्य पुरुष मूर्तिकारले अधिकांश अर्धमूर्त, केही मूर्त र थोरै अमूर्त मूर्ति निर्माण गरेका छन । 

कार्यशालामा आमा मायादेवीको काखमा बसेका बुद्धको मूर्ति कुँदेका ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ यमबहादुर थापाले आफूहरूले इतिहासलाई फेरि ब्युँझाउने काम गरेको बताए । यो काम देवदह क्षेत्रको पर्यटन विकासमा सहयोगी सिद्ध हुने उनको दाबी छ । दाउराका रूपमा प्रयोग हुने काठबाट आर्कषक शैलीका मूर्ति बनाएर अमुल्य पारिएको उनको दाबी छ । ‘बुद्धकालीन महत्व झल्काउने धेरै महत्वपूर्ण मूर्ति बनेका छन् । अब यसको संरक्षणमा ध्यान दिनुपर्छ ।’– उनले आग्रह गरे ।

कार्यशालामा तयार पारिएका काठका मूर्तिलाई बुद्ध सामुदायिक वन क्षेत्रमै गौतम बुद्ध राष्ट्रिय उद्यान निर्माण गरी पर्यटकिय अध्ययन केन्द्रका रूपमा विकास गर्ने सामुदायिक वनका अध्यक्ष टेक बहादुर थापाले बताए । ड्रिम देवदहका अभियन्ता संयोजक सिद्धिचरण भट्टराईले मानिसहरूको आस्था विश्वास, संस्कृति र प्राचीन सभ्यतालाई जोड्ने गरि भव्य पार्क बनाउने योजना रहेको जानकारी दिए । स्थानीय स्तरबाट कार्यशालाका लागि पर्याप्त सहयोग मिलेको भन्दै उनले बुद्ध र देवदहको इतिहासलाई खोजेर लुम्बिनी आउने पर्यटकलाई देवदहसम्म आउने वातावरण सिर्जना गर्न जरुरी रहेको कुरा पनि बताए ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका तर्फबाट प्राज्ञहरू गोविन्द चौधरी बुद्ध शान्तिको प्रतीक भएको भन्दै कार्यशालामा बनेका अधिकांश मूर्ति शान्ति दर्साउने र सकारात्मक शैलीका भएकोमा खुसी व्यक्त गरे । 

प्रतिष्ठानका प्राज्ञहरूको अगुवाईमा यसअघि हेटौंडाको सहिद पार्कमा सहिद स्मारक, बुटवलको हिलपार्क काठमाडौंमा युद्ध स्मारकलगायत ९ वटा राष्ट्रिय कला कार्यशाला सम्पन्न भैसकेका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik