• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
देशभित्रै चेली बेचबिखन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

स्वस्तिक श्रेष्ठ

देशभित्रै चेली बेचबिखन
जेष्ठ २७, २०७६

 

पर्यटनलाई आर्थिक विकासको आधार मानिन्छ । ५ नम्बर प्रदेश पर्यटनबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित अघि बढेको छ । पर्यटनको आधार सेवा व्यवसायलाई लिइन्छ । होटल तथा रेस्टुराँहरूबाट प्राप्त हुने सेवाको गुणस्तरले पर्यटकहरूलाई लोभ्याउँछ । पर्यटकहरूलाई आवश्यक सेवा उपलब्ध गराउने लक्ष्यसहित खोलिएका रुपन्देहीका कतिपय होटलमा भने देह व्यवसायसमेत भएको पाइन्छ । 

कुनै बेला मुम्बईमा नेपाली चेलीले नारकीय जीवन बिताएका समाचार बग्रेल्ती आउँथे । अहिले भने नेपालमै चेलीहरूलाई बन्धक बनाई यौनशोषण गरिने आरोप लाग्ने गरेको छ । यहाँका होटलमा यौनधन्दा मात्र होइन, युवतीको ‘किनबेच’ समेत हुने गरेको खुलासा भएको छ । रुपन्देहीका कतिपय सानाठूला होटलमा युवती सप्लाई हुने गरेको प्रहरीको दाबी छ । यसक्रममा इलाका प्रहरी कार्यालय बुटवलले एक हप्ताको अवधिमा बुटवलका दुईवटा होटल सञ्चालकलाई मानव तस्करीको आरोपमा पक्राउ गरेको छ ।

बुटवल कालिकानगरस्थित एक होटलमा बन्धकका रूपमा राखेर यौन व्यवसायमा लगाइएको आरोपका साथ एक १५ वर्षीया किशोरी प्रहरीको शरणमा पुगेपछि यो तथ्य सार्वजनिक भएको हो । बुटवल–११ कालिकानगरस्थित राप्ती मेनु होटलमा ६ महिनाअघि ती किशोरीलाई झाडु पोछाको काममा राखिएको थियो । गरिब परिवारकी ती १५ वर्षीया किशोरीलाई होटल सञ्चालकले ग्राहकसँग यौनसम्पर्कका लागि पठाउन थालेका थिए । आफूमाथि के भैरहेको छ भन्ने समेत हेक्का नपाउने ती किशोरी त्यहाँबाट भागेर घर आइन् । 

‘नयाँ–नयाँ मानिससँग ठूला–ठूला होटलमा पठाउँथे,’– उनले भनिन् । ‘कति दिनसम्म ज्वरो आएर बिरामी पर्दासमेत मलाई जबरजस्ती पठाइन्थ्यो,’– उनले रुँदै भनिन् । होटलको सबैभन्दा माथिल्लो तलामा बन्धक बनाएर राखिएका केही युवती एक पटक भागेका समेत थिए । उनीहरूलाई होटल सञ्चालकले बाटोबाटै फर्काएर धेरै यातना दिएको उनले बताइन् । 

होटलमा काम गरेको पैसा पनि होटल सञ्चालकले दिएका थिएनन् । उनले यौन कर्ममा लगाएबापतको पैसा आफैले बुझ्ने गरेका थिए । एकपटक साहूले ३ हजार ५ सय रुपैयाँ दिएको ती किशोरीले बताइन् । यसपटक भने धेरै बिरामी भएपछि होटल सञ्चालकले १ हजार ५ सय रुपैयाँ दिएर घर पठाएका थिए । उनी बिरामी परेपछि उपचारका क्रममा यौन शोषणमा परेको पाइएको थियो । त्यसपछि परिवारले आफन्त नेपालमा सम्पर्क गरेर कानुनी उपचार अघि बढाएका हुन् । आफन्त नेपालकी उषा गुरुङले सुनौली नाका हुँदै धेरै नेपाली चेली बेचिएको सुनिए पनि आफ्नै देशमा बेचिएको घटना भने नौलो भएको बताइन् । घरायसी एवं सामाजिक डर–त्रास देखाएर लगातार उनीहरूमाथि यौन शोषण गरिने गुरुङले दाबी गरिन् । 

प्रहरीले होटल सञ्चालक बाग्लुङ निसिखोला–७ घर भै हाल बुटवल–११ मा होटल सञ्चालन गर्दै आएका सञ्चालक दम्पती २९ वर्षीय अनिल भनिने टेकबहादुर तथा वर्ष ३३ की मीनाकुमारीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए । उनीहरूले होटलमा युवतीहरू जम्मा गर्ने र बुटवलमा विभिन्न होटलमा पठाउने काम गर्दै आएको पाइएको मल्लको दाबी छ । प्रहरीका अनुसार ती किशोरीले आफ्नो बयानमा गाडीमा राखेर एसी चल्ने अग्ला होटलहरूमा पठाउने गरेको बताएकी छिन् । कुँवर दम्पतीले युवतीहरूलाई एकपटक ग्राहक कहाँ पठाएबापत उनीहरूसँग १ हजार ५ सय तथा रातभरि बसेको भने ६ हजारसम्म लिने गरेको कुरा प्रहरी समक्ष स्वीकार गरेको बताइन्छ । 

यसैगरी बुटवल उपमहानगरपालिका वडा नम्बर– ५, नयाँ बसपार्कस्थित गुल्मेली होटलमा समेत २० देखि २२ वर्ष उमेरका ५ जना युवती राखेर व्यवसायिक रूपमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा सञ्चालक सोमबहादुर बस्नेत पक्राउ परेका छन् । होटलमा यौनधन्दा नै चलेको अवस्थामा सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डीबी मल्लले बताए ।

रुपन्देही जिल्ला प्रहरी उपरीक्षक हृदय थापाले यो जटिल केस भएकाले सूक्ष्म अध्ययन–अनुसन्धान गरिरहेको जानकारी दिँदै यसमा जोडिएका सबै होटल व्यवसायीलाई कारबाही गरिने जानकारी दिए । पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार अपराधअन्तर्गत कानुनी कारबाही गरिने प्रहरीले बताएको छ । आरोपी दम्पतीलाई १५ वर्षसम्मको कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik