• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अपराध संसारका बादशाह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जनकराज सापकोटा

अपराध संसारका बादशाह
असार ३०, २०७६

माओवादीविरुद्धको प्रतिकार समितिदेखि कम्युनिस्ट राजनीतिसम्मको कनेक्सन

एक दशक लामो सशस्त्र द्वन्द्वको ‘बाइप्रोडक्ट’का रूपमा अपराध संसारमा उदाएका ‘जाबेद’ र ‘बादशाह’ उपनामले चिनिने नसिम खाँ मुसलमान २१ असारमा काठमाडौंबाट पक्राउ परे । व्यक्तिहत्याको श्रृंखला मच्चाएको आरोपमा प्रहरीको सर्वाधिक खोजीमा रहेका नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । २०६३ देखि २०७४ को १२ वर्षको अवधिमा सात जनाको हत्या तथा लुटपाटको एउटा घटनामा उनको मुख्य संग्लनता रहेको प्रहरीको दाबी छ । 

माओवादी शान्ति–फ्रक्रियामा आएलगत्तै २०६४ मा संयुत्त जनतान्क्रिक तराई मुत्ति मोर्चा नामक हिंसात्मक सशस्क्र समूह खोलेर श्रृखलाबृद्ध व्यत्ति हत्या एवं लुटपाटमा संग्लन नसिमको पृष्ठभूमि एक दशक लामो माओवादीको हिंसात्मक राजनीतिसँग जेलिएको छ । कपिलवस्तुको साविक पिपरा गाविस तथा हालको मायादेवी गाउँपालिका—४ घर भएका नसिम सामान्य कृषक पृष्ठभूमिको परिवारका सदस्य हुन् । 

आईएसम्म पढेका खाँ द्वन्द्वकालमा स्थानीय रूपमा गठित माओवादी प्रतिकार समिति सदस्य भएपछि सबैको नजरमा परे । तत्कालीन समयमा दरबारको प्रत्यक्ष चासोमा गठित उक्त प्रतिकार समितिलाई सरकारले नै अनौपचारिक रूपमा हतियार उपलब्ध गराएको थियो । प्रतिकार समितिमा रहेकै बेला उनको माओवादीसँग दुस्मनी सुरु भएको थियो । माओवादी शान्ति वार्तामा आउनुभन्दा केही समयअघि एक रात नसिमको गाउँमा माओवादीले हिंसात्मक हमला गर्‍यो जसमा नसिमको घर तहसनहस भयो । उनको घरमा आगो लगाइयो र घरभित्र रहेका सबै सामान हिनामिना पारियो । प्रहरीका अनुसार त्यतिबेला माओवादी आक्रमणमा परी उनका काकाका छोराले ज्यानसमेत गुमाएका थिए । 

उक्त घटनापछि नसिम कपिलवस्तुमा बस्ने वातावरण भएन । उनी आफ्नो जग्गा र अन्य सम्पत्ति बेचेर सीमावर्ती भारतीय सहर सिद्धार्थनगर, अलिगढवामा गएर बस्न थाले । त्यहाँ बस्दाताका नै उनले भारतीय नागरिकता र आधार कार्ड बनाए अनि घरजग्गा पनि जोडे । माओवादी शान्ति प्रक्रियामा आएपछि तराई मधेसमा सशस्क्र समूहहरू जन्मन थाले । राजनीतिक नारा अघि सार्दै खुलेका अनेकन् नामधारी दर्जनौं सशस्त्र समूहमध्ये केहीले तराईमा व्यत्तिहत्या, अपहरण एवं फिरौतीको धन्दा चलाए । त्यही बेला संजय गुप्ताले जनतान्क्रिक तराई मुत्तिमोर्चा ‘कौटिल्य समूह’ खोलेका थिए । नसिम संजयकै आग्रहमा संगठनको कपिलवस्तु इन्चार्ज भए । त्यसपछि उनले माओवादीका नेता तथा कार्यकर्ताले आफ्नो घर जलाएको र आफूलाई विस्थापित तुल्याएको पुरानो घटनाको बदला लिन थाले । 

बदलाको भावनाबाट प्रेरित खाँ त्यतिमै अडिएनन्, सशस्त्र समूहमा रहेर उनले चन्दा आतंक, फिरौती संकलन र व्यक्तिहत्याको श्रृंखला नै मच्चाए । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनले २०६४ पछि व्यक्ति हत्याको श्रृंखला नै चलाएको पाइन्छ । प्रहरीका अनुसार त्यस क्रममा खाँले माओवादीमा आबद्ध स्थानीयदेखि जिल्लास्तरीय नेता–कार्यकर्तासम्मलाई धम्क्याउने, रकम माग्ने, नदिए हत्या गर्नेसम्म काम गरे । 

प्रहरीका अनुसार भारतमै रहँदा–बस्दा नसिमले भारतीय नागरिक फौजिया नसिमसँग विवाह गरे । त्यसपछि उनले फौजियालाई आफ्नै बलमा राजनीतिमा जबर्जस्ती स्थापित गराए । स्थानीय तहको निर्वाचनमा उनले श्रीमतीलाई गाउँपालिका प्रमुखका रूपमा निर्वाचित गराउने प्रयास गरेका थिए, तर त्यसमा सफल नभएपछि उनले श्रीमतीलाई तत्कालीन नेकपा एमालेका तर्फबाट प्रदेश सांसद बनाए । अहिले कपिलवस्तुको नेकपा जिल्ला कमिटीले नसिमलाई रिहा गर्नुपर्ने माग गर्दै विज्ञप्ति जारी गर्नुको प्रमुख कारण नेकपामा उनकी श्रीमतीको उपस्थितिलाई नै मानिन्छ । 

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नसिम आबद्ध सशस्त्र समूहले गृह मन्त्रालयले गठन गरेको बार्ता कमिटीसँग तीन पटक वार्ता समेत गरेको थियो । त्यही वार्तालाई रणनीतिक रूपमा उपयोग गर्दै नसिम आफ्नो अपराध कर्मको सजायबाट जोगिँदै आएका थिए । पछिल्ला वर्षहरूमा नसिम भारतीय सहरमै लुक्दै आएका थिए । उनी कहिलेकाहीं नेपाल छिर्थे र राजनीतिक तहका उच्च नेताहरूसँग भेट्थे । कहिलेकाहीं त उनी उच्च तहका नेतासँगै सार्वजनिक वृत्तमा कुम जोडिरहेको अवस्थामा समेत देखिन्थे । 

प्रहरीका अनुसार पछिल्ला महिनाहरूमा नसिमले जननिर्वाचित स्थानीय प्रतिनिधिहरूसँग चन्दा उठाउन थालिसकेका थिए । उनले केही वडाध्यक्षलाई आफ्नो भाग छुट्याइदिन धम्की दिइरहेका थिए । ब्युरोका अनुसार केही साता पहिले मात्र कपिलवस्तुको स्थानीय तहका केही जनप्रतिनिधिले सामूहिक रूपमा प्रहरीमा नसिमको चन्दा आतंकका सम्बन्धमा जानकारी गराएका थिए । 

हत्या र लुटको श्रृंखला 

घटना १ ः कपिलवस्तुको फुलिका—३ बस्ने धर्मराज बराईका छोरालाई २०६३ जेठ १९ गते धारिलो हतियार प्रहार गरी हत्या । उक्त मुद्दा हाल पुनरावेदन अदालतमा मुल्तबीमा छ । 

घटना २ ः नसिम कपिलवस्तुका सन्दीपकुमार गुप्ता सवार महेन्द्रा जिप बन्दुक देखाउँदै रोकेर २ लाख रुपैयाँ लुटपाटको घटनामा पनि मुछिएका थिए । यो मुद्दा अहिले सर्वोच्च अदालतमा मुल्तबीमा छ ।

घटना ३ ः नसिममाथि कपिलवस्तुको मोतीपुर–१ का भुव भन्ने प्रेम परियारलाई २०६४ फागुन ६ गते गोली हानी हत्या गरेको आरोप पनि छ । घटनाको १० महिनापछि यो मुद्दा अदालतमा पुगेको थियो । हाल यो मुद्दा पुनरावेदन अदालत बुटवलमा सुनुवाइका क्रममा छ । 

घटना ४ ः कपिलवस्तु नगरपालिका–१० की अकला कोहार साँझको समयमा भान्छाको धन्दामा जुटेकी थिइन् । त्यही बेला उनलाई कसैले गोली प्रहार गर्‍यो । प्रहरीले अनुसन्धानपछि पत्ता लगायो, साँझको समयमा भान्छाको झ्यालबाट अकलामाथि गोली प्रहार गर्ने कोही नभएर अपराध संसारमा उदाइरहेका नसिम नै थिए । माओवादीमा आबद्ध अकलाका श्रीमान पारसनाथ कोहारसँग बदला लिन नसिमले हानेको गोलीले अकलाको ज्यान गएको थियो । २०६५ पुस २५ गते अदालतमा पेस भएको थियो, यो मुद्दा पुनरावेदन अदालत बुटवलमा चलिरहेको छ । 

घटना ५ ः कपिलवस्तु नगरपालिका–७ बस्ने पिपरा गाविसका तत्कालीन सचिव राम मिलन प्रसाद गुप्ताको २०६५ कात्तिक ९ गते गोली हानी हत्या भयो । हत्याको यो घटनामा पनि नसिमकै नाम मुछियो । २०६५ मंसिर ७ गते अदालतमा पेस भएको यो मुद्दा अहिले पुनरावेदन अदालत बुटवलमा छ । 

घटना ६ ः कपिलवस्तुको पकडी–६ बस्ने राजेन्द्रप्रसाद तिवारीको २०६७ वैशाख १३ गते हत्या भयो । यो घटनामा पनि नसिम नै संग्लन भएको प्रहरी अनुसन्धानले देखाएको थियो । यो मुद्दाको मिसिल अहिले कपिलवस्तु जिल्ला अदालतमा छ । राजेन्द्रका दाजु सुरेन्द्र माओवादीमा थिए । नसिमले आफ्नो घरमा भएको आक्रमणमा राजेन्द्रको पनि संग्लनता रहेको कुराको बदला लिन उनको हत्या गरेको आरोप छ । 

घटना ७ ः २०७४ फागुन ३ गतेको कुरा हो । वडाध्यक्ष समेत रहेका फत्तेह मोहम्मद मुसलमानका ४ वर्षीय छोरा मोहम्मद अमेमान घरबाट बेपत्ता भए । घरबाहिर खेलिरहेका उनलाई एक जनाले मोटरसाइकलमा राखेर अज्ञातस्थलतर्फ लगेका थिए । हराएको तीन दिनपछि घर नजिकैको फोहोर पानी बग्ने नालामा मोहम्मदको शव फेला पर्‍यो । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले पत्ता लगायो, उपभोक्ता समितिमा नराखेको रिस फेर्न नसिमले उनको हत्या गरेका रहेछन् । नसिमले समितिमा नराख्ने हो भने पैसा दिनुपर्ने भन्दै फत्तेहलाई धम्क्याउँदै आएका थिए । त्यसो त नसिम खान र वडाध्यक्ष फत्तेहबीच पुरानो दुस्मनी थियो । स्थानीय तहको निर्वाचनमा नसिमले आफ्नी कान्छी श्रीमती फौजियालाई गाउँपालिका प्रमुखका रूपमा उठाएका थिए, तर फौजियाले चुनाव हारिन् । नसिमले आफ्नी श्रीमतीलाई चुनावमा हराउन फत्तेहले भूमिका खेलेको आरोप लगाउँदै आएका थिए । यही पृष्ठभूमिमा उनले गाउँकै एक व्यक्ति प्रयोग गरेर बालकको अपहरण गराए र हत्यापछि नालीमा फालिदिए । 

घटना ८ : २०६४ चैत ९ गतेको कुरा हो । कपिलवस्तु हथिहवा–३ का शिवपुजन कुर्मीको गोली हानी हत्या भयो । यो घटनामा पनि प्रहरीले शंकाको सुई नसिमतिरै सोझ्याएको थियो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik