साप्ताहिक संवाददाता
श्रावण २, २०७६
मोटी सुन्दरीहरूको प्रतियोगिता अहिले अधिकांश देशमा राष्ट्रिय रूपमा मात्र आयोजना हुने गरेको छ । यो प्रतियोगिताको कमै अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ ।
मोटीहरू पनि आकर्षक हुन्छन् भन्ने अवधारणामा मोटी युवतीहरूबीच सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।
युरोपका केही देशले सामूहिक रूपमा मिस प्लस सौन्दर्य प्रतियोगिता आयोजित गर्दै आएका छन् ।