• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
रौनक साउनको
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

सिर्जना दुवाल श्रेष्ठ

रौनक साउनको
श्रावण ७, २०७६

हामी जति आधुनिक हुँदै गए पनि हामीले आफ्नो संस्कृति एवं सामाजिक परम्परालाई त्यति नै गहनताका साथ आत्मसात गरिरहेका छौं । यसको उदाहरणका रूपमा हिन्दू महिलाहरूमाझ लोकप्रिय साउने सोमबार तथा तीजको व्रतलाई लिन सकिन्छ । साउने सोमबारका दिन विवाहित महिलाहरू भगवान शिवको आराधना गर्दै व्रत बस्छन् । सकेसम्म केही नखाई वा एक छाक शुद्ध भोजन मात्र गरेर विधिपूर्वक बसेको व्रतले पुत्र, धन, विद्या एवं धर्म प्राप्त हुन्छ भन्ने धारणा छ । कामको व्यस्तताका कारण व्रत नै नबसे पनि कतिपयले माछा, मासु, अण्डा जस्ता निरामिष भोजन गर्दैनन् । यो समयमा पानीजन्य रोग लाग्ने सम्भावना बढी हुने भएकाले मांसाहार तथा लसुन जस्ता शरीरमा उत्तेजना जगाउने खाना नखानु भनिएको हो । यो समयमा शरीरलाई हल्का राख्ने खाना मात्र खानुपर्ने ज्योतिषी अमिरमंगल जोशी बताउँछन् । त्यसै कारण पनि अधिकांश नेपाली महिला तथा पुरुषहरू साउन महिनामा माछा, मासु, लसुन–प्याज जस्ता गरिष्ठ भोजन गर्दैनन् । साउन महिनामा जताततै देखिने हरियालीले मनमा बेग्लै किसिमको आशा एवं उमंग सञ्चार गर्छ । यस्तो उमंगले अधिकांश महिलामा मौसम सुहाउँदो पहिरन लगाउने र सोही अनुसार श्रृंगार गर्ने उत्साह पनि देखिन्छ । 

साउन र वर्षाका लागि मेकअप

साउन महिनामा मठ मन्दिर जाँदा गरिने मेकअपमा कन्सिलर प्रयोग गर्नुहुँदैन । यो समयमा शरीरमा धेरै पसिना आउने भएकाले मेकअप टिकाउन वाटर प्रुफ मेकअप गर्नु राम्रो मानिन्छ । दिउँसोका लागि मेकअप गर्दा लाइट ओयल फ्री फाउन्डेसन प्रयोग गर्नुपर्छ । वर्षायाममा लुज पाउडर वा ट्रान्सलुसन पाउडर प्रयोग गर्न सकिन्छ । यस्तो पाउडरले शरीरबाट निस्किएको पसिनालाई सोस्ने काम गर्छ अर्थात बग्न दिँदैन । यदि चिकबोन ठूलो छ भने डार्क सेट र लाइट सेट मिलाएर कटिङ गर्नुपर्छ । अनुहारको शेप लामो छ भने चिकबोनबाट हल्का राउन्ड सेपमा लगेर मेकअप गर्नुपर्छ । अनुहार गोलो छ भने चिकबोनबाट ज लाइनमा लगेर मेकअप गर्नुपर्छ । वर्षायाममा छाला बढी मात्रामा तैलिय हुने भएकाले राति सुत्नुअघि ओयल फ्री क्लिन्जिङ वा मेकअप रिमुभरले मेकअपलाई राम्रोसँग हटाएर मात्र सुत्नुपर्छ ।  

मेहन्दीको समय

मेहन्दीलाई सगुन तथा साइतका रूपमा समेत लिइन्छ । त्यसैले हरेक शुभ कार्य विवाह, तीज तथा पवित्र महिना साउनभर नै मेहन्दी लगाउने चलन छ । मेहन्दी डिजाइन अनुसार विभिन्न नामले चिनिन्छ । विशेषगरी मेहन्दीलाई १० प्रकारमा वर्गीकरण गरिएको छ । उक्त वर्गीकरणअनुसार मेहेन्दीलाई भारतीय, अरेबिक, पाकिस्तानी, इन्डो–अरेविक, मोरोक्कन, ग्लिटर, मुगाली, बहुरंगी, बंगाली आदिमा छुट्याइएको छ । नेपालमा मेहन्दीको प्रचलनको प्रारम्भदेखि नै भारतीय मेहन्दी बढी चल्दै आएको पाइन्छ । साउन महिनामा गाढा भारतीयको तुलनामा हल्का भारतीय तथा अरेविक डिजाइनको मेहन्दी नेपालमा बढी लोकप्रिय मानिन्छ । यसका साथै रंगीचंगी मेहन्दी तथा फ्लोरल मेहन्दीको क्रेज पनि उस्तै छ ।

लक्ष्मी ठाकुर, लक्ष्मी अर्गानिक मेहन्दी

ओठको मेकअप 

ओठमा लिपिस्टिक लगाउनु अघि हल्का फाउन्डेसन लगाउनुपर्छ । यसरी लिपिस्टिक लगाउँदा म्याटयुक्त लामो समयसम्म टिक्ने लिपिस्टिक प्रयोग गर्नुपर्छ । ओठको सेपअनुसार लिपलाइनरले कटिङ गरेर सेप मिलाउनुपर्छ, जसले गर्दा ओठमा कृतिमता देखिँदैन । यो समयमा ओठमा ब्ल्याक लाइनर प्रयोग गर्नुहुँदैन । सकेसम्म हल्का रंगको लिपिस्टिक प्रयोग गर्नु उपयुक्त मानिन्छ । ओठमा लिपिस्टिक लगाइसकेपछि लाइनरले मिलाएर ग्लस लगाउनु राम्रो हुन्छ । बाक्लो तथा ठूलो ओठ भए ओठको दुवै किनारामा कटिङ गर्नुपर्छ, जसले ओठलाई सानो देखाउँछ । वर्षा तथा साउनको अवसरमा ओठमा गुलाफी तथा हल्का रातो रंगको लिपिस्टिक प्रयोग गर्नुपर्छ, जुन अनुहारमा बढी खुल्छ ।

आँखाको मेकअप

आँखामा वाटर प्रुफ मस्कारा तथा वाटर प्रुफ लाइनर प्रयोग गर्नुपर्छ । आँखाको आकार अनुसार लाइनर लगाउनुपर्छ । साँझ वा राति पहिरनको रंग तथा आफ्नै छनौटअनुसार आँखाको मेकअप गर्न सकिन्छ । आँखाको मेकअप गर्दा आफूलाई सुहाउने रंग तथा सामग्री छनौट गर्नु उपयुक्त हुन्छ । 

पूनम श्रेष्ठ, पूनम ब्युटी क्लब, सानेपा

साउने पहिरन

साउनको पहिरनमा यस पटक पनि गत वर्षहरू जस्तै हरियो रंगमा अन्य रंगहरूको  संयोजन गरेर नयाँपन ल्याउने प्रयास गरिएको छ । आजभोलि साडी लगाउने महिला कम भएकाले महिलाहरूको रुचि साडी बाहेकका अन्य डिजाइनर पहिरनमा देखिन्छ । विवाहित तथा कामकाजी महिलाहरू साउनमा हरियो रंगका साथ सुन्तला, सुगा, हरियो, समुद्री हरियो, पहेंलो तथा आरु रंगका पहिरनप्रति आकर्षित देखिएका छन् । मोडर्न टच भएका सरारा, प्लाजो, सिधा पाइन्टमा लामो सिधा कुर्ता अहिले फेसनमा छ । यो साउनका लागि हल्का हरियो, गाढा हरियो, हल्का रातो तथा  कागती रंगका पहिरन बढी प्रचलनमा रहने देखिन्छ । यसबाहेक हरियो तथा रातो रंगको  संयोजनसँगै पहेलो रंग पनि महिलाहरूको रुचिमा छ । अरुभन्दा फरक देखियोस् भन्ने चाहनाले साउनमा पुरै हरियो पहिरन भने त्यति फेसनमा हुनेछैन । पूजाआजा गर्ने, मन्दिर जाने बेला सिफन वा नेटको किनारामा सुनौलो, गुलाफी वा पहेंलो बोर्डर भएका साडी लगाउनु उपयुक्त हुन्छ । साडीको रंगको ठीकविपरीत रंगका  सेल्फ वर्क गरिएका नेटका ब्लाउज यो अवसरमा बढी लोकप्रिय हुँदैछन् । 

उमा नेमकुल, फेसन डिजाइनर

सुहागको प्रतीक पोते

तीज तथा साउने सोमबारका लागि पोते अनिवार्य एसेसरिज नै भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र उन्ने चलन थियो भने अहिले नौगेडी तथा डिजाइन–डिजाइनका पोतेको माला लगाउने चलन चलेको छ । कतिपयले रातो, हरियो तथा पहेंलो रंगको 

संयोजन गरेर उनिएको पोतेको माला पनि लगाउँछन् ।

 

राता, हरिया तथा पहेंला चुरा

साउने सोमबारको व्रत बस्ने महिलाहरू हुन वा व्रत नबस्ने महिलाहरू, उनीहरू हातभरि हरिया चुरा तथा बालामा सजिएका हुन्छन् । साउन आउनु एकसाता अधि नै साउनका लागि हरिया चुराको बिक्री उत्कर्षमा पुग्छ । हरिया चुराका साथमा पहेंलो तथा रातो चुराहरू पनि उतिकै रुचाइन्छ । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोनअनुसार चुरा लगाउने चलन पनि छ ।

के भन्छन् सेलिब्रेटी ?

साउनमा  हरियो, पहेंलो, रातो रंगका पहिरन मोडिफाइ गरी लगाउन मन लाग्छ । साउनको सोमबार म सकेसम्म हरियो रंगको संयोजन भएको पहिरन लगाउँछु । साउनको सोमवार सोह्र श्रृंगारले सजिएर हिँड्न रुचाउँछु । हरेक साउनमा हरियो रंग प्रयोग भएका कम्तीमा ४ वटा पहिरन डिजाइन गराउँछु । साउने सोमबारका दिन मन्दिर जान सरारासँग लंग कुर्ती लगाउन रुचाउँछु ।

उषा खड्गी,मीस नेपाल–२००० तथा फेसन डिजाइनर

वर्षायाम एकदमै मन पर्ने र भगवान शिवप्रति उत्तिकै आस्था समेत भएकाले पनि होला म साउनको नामैले पनि फ्रेस हुन्छु । साउने सोमबारका दिन पहिरन चुरा, पोते, टिका सबै हरियो नै लगाउँछु । मलाई तीजमा रातै र साउनमा हरियै लगाउन मन लाग्छ । 

देविका केसी, गायिका

साउने सोमबारमा हरियै लुगामा हिँड्न त्यति रुचाउँदिन । खोइ यो चलन त पहिले आमाहरूको पालामा त्यति थाहा थिएन । अहिले आएर आफैंले बनाएको हो कि जस्तो लाग्छ । म चोखो लगाएर हिँड्छु तर हरियै भएर हिँड्दिन ।

स्वस्तिमा खड्का, अभिनेत्री

साउन भन्ना साथ हरियो पहिरन भन्ने सोच आइहाल्छ । त्यसमा पनि यसपटक विवाहको पहिलो वर्ष भएर होला, म एकदमै एक्साइटेड छु । हरियो, रातो, पहेंलो तथा सुनौलो रंगका पहिरनमा साउने सोमबारको ब्रत बस्ने योजना छ ।

दिपीका प्रसाईं, अभिनेत्री

हरियो मौसम तथा हरियो पहिरनले सकारात्मक ऊर्जा समेत प्रदान गर्छ । हातमा मेहन्दी लगाइ गरिएको सोर्‍ह श्रृंगारको रमाइलो अर्कै हुन्छ । म सकभर साउने सोमबारका दिन आफूसँग भएका हरिया पहिरन तथा एसेसरीजहरू मिलाएर प्रयोग गर्छु । 

सरिता ज्ञवाली, सञ्चारकर्मी

सतीलाई प्रकृतिका रूपमा लिइने भएकाले पनि साउनमा हरियो रंगले बढी महत्व पाएको हो । साउने सोमबारका दिन म चोखो खान्छु भने हरिया तथा पहेंला पहिरन लगाउन रुचाउँछु  । साउनको सोमबारको व्रतलाई फेसनभन्दा पनि संस्कारका रूपमा लिनुपर्छ ।

रीता कट्टेल, समाचारवाचिका

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik