
साप्ताहिक संवाददाता

अभिनेता आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ ।
यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् ।
भिडियोमा आकाश श्रेष्ठ र एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।
राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
गीतको म्यूजिक भिडियो :