• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कर्पोरेट तनाव व्यवस्थापन गर्न सकिन्छ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कर्पोरेट तनाव व्यवस्थापन गर्न सकिन्छ 
श्रावण २९, २०७६

कर्पोरेट जगत्मा काम गर्ने धेरैजसो कर्मचारी तनावग्रस्त हुन्छन् जसले गर्दा उनीहरूको शारिरीक, मानसिक तथा कार्यकुशलतामा प्रतिकूल असर पारिरहेको हुन्छ । दिनभरि अफिसको अनि घर पुगेपछि घरपरिवारको तनाव समयमै व्यवस्थापन गर्न नसके त्यसले नकारात्मक परिणाम सृजना गर्न सक्छ । त्यसैले तनाव व्यवस्थापनमा जुनसुकै तहका कर्मचारीले समयमै ध्यान पुर्‍याउनुपर्छ । एक अन्तर्राष्ट्रिय अनुसन्धानले धेरैजसो कर्मचारीले योजनाबद्ध ढंगले काम नगर्दा उनीहरूमाथि तनावको बोझ थपिने कुरा देखाएको छ । त्यसैले आफ्नो घरायसी र कार्यालयको कामलाई योजनाबद्ध ढंगले गर्न सक्ने हो भने उनीहरू तनावको सिकार हुनबाट जोगिन्छन् । 

पहिलो कुरा त तनाव व्यवस्थापन गर्न आफ्नो दैनिकीलाई योजनाबद्ध ढंगले अघि बढाउनुपर्छ । अर्को कुरा कतिपय कर्मचारी अफिस भनेपछि मरिहत्ते गर्छन् । त्यस्ता कर्मचारीले आफ्नो व्यक्तिगत जीवनलाई नै धरासायी बनाइरहेका हुन्छन् । कालान्तरमा यस्ता कर्मचारीमा तनाव सुरु हुन्छ र उनीहरूको दिनचर्या नै बिथोलिन सक्छ । 

कुनै पनि कर्मचारीले अफिसको तनाव र कामलाई अफिसमै छाडेर बाहिरी दुनियाँमा ध्यान दिनु उपयुक्त हुन्छ । जस्तै, साथीभाइहरूसँग भेटघाट गर्ने, परिवारलाई समय दिने वा आफ्नो सोखका कुराहरूमा ध्यान दिने हो भने तनाव वृद्धि हुन पाउँदैन । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले ्शारीरिक तथा मानसिक रूपमा फिट रहन योग, ध्यान, व्यायाम आदि गर्नेहरूको तनाव बिस्तारै घट्दै गएको बताएका छन् । 

योग गुरु डा. चिन्तामणि गौतम दैनिक योग अथवा व्यायाम गर्ने व्यक्तिलाई थकाइ कम लाग्ने र बिहान योग गर्दा दिनभर तनावमुक्त हुने कुरा बताउँछन् । डा. गौतम भन्छन्, ‘नियमित योग, ध्यान तथा शारीरिक व्यायाम गर्दा नयाँ उर्जासमेत प्राप्त हुन्छ ।’ यस्तै दिनभरि अफिसमा काम गरेर बेलुका घर पुगेपछि सही तरिकाले योग गर्ने हो भने छालामा मृत कोषहरूको ठाउँमा नयाँ कोषको स्थापना हुन्छ । गौतमका अनुसार बेलुका सही तरिकाले गरिने योगले मीठो निन्द्रा दिन्छ र शरिरमा ताजकी पैदा गर्छ जसले सकारात्मक सोचको विकास गर्नुका साथै सन्तुलित व्यवहारमा मद्दत पुर्‍याउँछ ।’ 

जुनसुकै काम गर्दा रुचीका साथ गर्नुपर्छ, साथै अरुले गरेको कामलाई पनि इज्जत गर्न सकियो भने प्रतिस्पर्धारहित भावनाले काम सम्पन्न हुनसक्छ । यसरी काम गर्दा पनि तनाव कम हुन्छ । 

कर्पोरेट तनावलाई व्यवस्थापन गर्ने थुप्रै उपाय छन्, तर त्यसलाई हामीले पछ्याउन सक्नुपर्छ । अफिस होस् वा घरको तनाव नहुने व्यक्ति को पो होला र ? यद्यपि त्यसलाई व्यवस्थापन गर्न जान्नुपर्छ । तनाव उत्पन्न हुन नदिन घर होस् वा कार्यालय सकारात्मक वातावरण निर्माण गर्नुपर्छ । कार्यालयमा आफ्ना जुनियर, सिनियर कर्मचारीहरूबीच सौहार्दपूर्ण वातावरण बनाउन सक्नुपर्छ । तनावग्रस्त अवस्थामा आफ्नो प्रगति, उन्नति एवं उपलब्धिहरूको विश्लेषण गर्ने बानीले पनि तनावमुक्त गराउँछ । साथै सुख, दुःख जीवनका दुई पाटा हुन् भन्ने बोध गर्ने र दुःख नभएको भए कसरी सुखको अनुभूति गर्न सकिन्थ्यो भन्ने कुरा मनन गनुपर्छ, जसले अफिसियल तनावबाट मुक्त हुन सघाउ पुर्‍याउँछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik