• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
हेमलाई मन पर्ने १० गीत
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राधिका अधिकारी

हेमलाई मन पर्ने १० गीत
श्रावण ३०, २०७६

युवा कवि तथा गीतलाई चलदृश्यमा उतार्ने भिडियो निर्देशक हेम प्रभास आफैँमा पनि एक गम्भीर सङ्गीतप्रेमी हुन् । उनलाई सबैभन्दा बढी मन पर्ने १० गीत र मन पर्ने कारण :

 

१. आँखैमा रात गली शीतमा तारा डुबे

रचना : रत्नशमसेर थापा

सङ्गीत : नातिकाजी

स्वर : योगेश वैद्य

यो नेपाली सुगम सङ्गीतलाई युग–युगसम्म बचाइराख्ने सामर्थ्य भएको गीत हो । यो गीतमा प्रकृतिलाई मानवीकरण गरिएको छ । झट्ट सुन्दा कविताजस्तो लाग्ने यो गीत जति सुन्दै गयो उति नयाँ विम्ब निर्माण हुँदै जान्छ । 

२. हजार सपनाहरूको माया लागेर आउँछ

रचना : ईश्वर बल्लभ

सङ्गीत : भक्तराज आचार्य

स्वर : भक्तराज आचार्य

यो सङ्घर्ष र त्यसपछिका अप्राप्तिका क्षणहरूमा पनि मानिसमा ऊर्जा र आशाको सौन्दर्य जगाउने गीत हो । यो गीत पौरख र पसिनामा विश्वास गर्ने हरेक मानिसको सहयात्री बन्न सफल छ । 

३. कुन मन्दिरमा जान्छौं यात्री

रचना : लक्ष्मीप्रसाद देवकोटा

सङ्गीत : रन्जीत गजमेर

स्वर : रविन शर्मा

यो गीत सामाजिक रुपान्तरणका लागि एउटा क्रान्तिकारी गीत हो । यो गीत आपसी साथ, सहयोग र सहकार्यको भावनाबाट मात्र परिवर्तन सम्भव हुने भएकाले वर्गीय रूपमा निम्न मानिने असहायहरूलाई पनि राज्यको मूलधारमा केन्द्रीकृत गर्नुपर्ने भावले ओतप्रोत छ । 

४. अल्झेछ क्यारे पछ्यौरी

रचना : भूपी शेरचन

सङ्गीत : गोपाल योञ्जन

स्वर : नारायण गोपाल

तत्कालीन नेपाली समाजको कथालाई गीतिचेतनाको लेप लगाइएको यो गीतले घर–माइतीबीचको दूरी र त्यसले एउटी नारीको संवेदनामा पार्ने प्रभावलाई जीवन्त बनाएको छ । कथालाई प्रकृति, संस्कृति र समाजसँगको त्रिकोणात्मक मूल्य प्रदान गरिएको यत्तिको गीत सम्भवतः लेखिएको पनि छैन । 

५.  भुल हो तेरो

रचना : गोपाल योञ्जन

सङ्गीत : गोपाल योञ्जन

स्वर : किरण प्रधान

जीवनमा धोका, अपमान र नैराश्यको कालो बादल छाएर मृत्युतर्फ उद्यत हुने जो कोही पनि यो गीत सुनेपछि जीवनको सुदूर क्षितिजबाट फेरि जीवनतर्फ नै फर्कन्छ । यो अत्यन्त आशावादी र जीवनवादी गीत हो । 

६. पर लैजाऊ फूलहरू

रचना : राजेन्द्र थापा

सङ्गीत : नातिकाजी

स्वर : प्रेमध्वज प्रधान

यो गीत प्रेमलाई फरक शिराबाट प्रस्तुत गरिएको सम्भवतः पहिलो गीत हो । प्रेमिल सन्दर्भले आपसमा एकाकार हुन नसक्दा रोनाधोना गर्ने जुन प्रवृत्ति समाजमा हावी भैरहेको थियो र यद्यपि छ, त्यसको विरुद्धमा यो गीत अत्यन्त शक्तिशाली ढङ्गले उभिएको छ । 

७. म सपनाको कुरा गर्छु

रचना : श्रीपुरुष ढकाल

सङ्गीत : आलोकश्री

स्वर : उदीतनारायण झा

यो प्रेममा हदैसम्मको समर्पण भएको नमुना गीत हो । यो स्तरको अन्य प्रेम गीत खासै सुन्न पाइएको छैन । 

८. मेरो पाउमा आज कोही पाउजु बाँध

रचना : गोपाल योञ्जन

सङ्गीत  : गोपाल योञ्जन

स्वर : गोपाल योञ्जन, मीरा राणा

शास्त्रीय धारमा प्रस्तुत भएको यो गीतलाई राम्रोसँग ग्रहण गर्न शब्दको लक्षणा र व्यञ्जना तहसम्म पुग्नुपर्ने हुन्छ । सुन्दरताको वर्णन गर्ने सिलसिलामा यो गीतमा उपमा तथा अलङ्कारहरूलाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ । 

 

९. नमाग मसँग सहारा नमाग

रचना : रमेश क्षितिज

सङ्गीत : भरत लामा

स्वर  : राजेश पायल राई

सामाजिक, आर्थिक, भौगालिक एवं वैचारिक रुपले कसरी वर्ग निर्धारण गर्छ र त्यसको प्रभाव कति असह्य हुन्छ भन्ने सन्दर्भलाई सरल शब्दमा लेखिएको यो गीत पनि एउटा नमुना गीत हो । 

१०. पश्चिम रुन्छ महाकाली पूर्व रुन्छ मेची

रचना : माधव घिमिरे

सङ्गीत : सन्तोष श्रेष्ठ

स्वर : शिव परियार

आजको बदलिँदो परिवेशमा मानवता ह्रास हुँदै गएको र भौतिक प्रवृत्ति हावी भैरहेकाले हाम्रो अस्तित्वमाथि नै प्रश्नचिह्न खडा भएको सन्दर्भ उठान गरिएको यो गीत राष्ट्र र राष्ट्रियतालाई शिरमा सजाउने सबै देशभक्त नागरिकले सुन्नुपर्ने गीत हो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik