साप्ताहिक संवाददाता
श्रावण ३१, २०७६
काठमाडौं
हिमालय टीभी एचडीमा प्रशारण हुन लागेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ आजबाट सुरु हुँदैछ । यो कार्यक्रम अब हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।
यसअघि हिजो बिहिबार यो कार्यक्रमको विशेष प्रिमियर गरिएको छ । द भ्वाइसको फ्रेन्चाइज द भ्वाइस अफ नेपाल गत बर्ष नेपाल भित्रिएको हो ।
यसपटक ‘दि भ्वाइस अफ नेपाल’ मा निर्णायकको भुमिकामा आस्था राउत र राजु लामा भित्रिएका छन् । यसपटक पहिलो सिजनका कोच गायकद्धय दीप श्रेष्ठ र प्रमोद खरेललाई भने निरन्तरता दिइएको छ । आजबाट प्रशारण हुन लागेको शोजको सम्पुर्ण तयारी सकिएको निर्देशक लक्ष्मण पौडेलले बताए ।