मिस्टर दार्ही– २०१९ का लागि साउन १८ गते पूर्वको विराटनगरबाट अडिसन सुरु गरिएको थियो । विराटनगरपछि इटहरी, बिर्तामोड, चितवन, बुटवल, बाँकेको कोहलपुर तथा पोखरा हुँदै साउन ३२ गते काठमाडौंमा अन्तिम अडिसन लिइएको यो प्रतिस्पर्धाका सद्भावना दूत अभिषेकराज सिंह थापाले बताए । ती अडिसनमध्ये पोखराबाट ८ जना, काठमाडौंबाट १० जना, चितवनबाट २ जना, इटहरीबाट ४ जना र बिर्तामोड तथा विराटनगरबाट ३–३ जना गरी ३० जना अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।
प्रतियोगिताको फाइनलका लागि एक महिना प्रशिक्षण सञ्चालन गरिने आयोजक थन्डर प्रोडक्सनका प्रवन्ध निर्देशक विजय कार्कीले बताएका छन् । यो प्रतियोगितामा सहभागिता जनाउनेहरूले क्लिन सेभ गर्न पाउने छैनन्, यद्यपि दार्ही लामो हुनुपर्ने बाध्यता भने नरहेको कार्कीले जानकारी दिए । प्रतियोगिताको फाइनल असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुने बताइएको छ ।