साप्ताहिक संवाददाता
आश्विन ४, २०७६
गायक सिमान्त सन्तोष नयाँ गीतका साथमा बजारमा आएका छन् । उनले ‘मलाई पनि रहर छ ठूलो मान्छे हुने’ बोलको गीत हालसालै सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा गायक सन्तोषलाई गायनमा श्रृजन त्रिपाठीले साथ दिएका छन् ।
मिरा देवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ ।
गीतको लिरिकल भिडियो :