• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
घरको  साजसज्जामा नयाँपन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

सिर्जना दुवाल श्रेष्ठ

घरको  साजसज्जामा नयाँपन
आश्विन ११, २०७६

अहिले कोठामा पोर्टेबल तथा फोल्ड फर्निचर बढी प्रयोग हुन थालेका छन् । पहिलेजस्तो ठूलो स्पेस नहुने कारणले यस्ता फर्निचर प्रयोग गरी घरलाई सफा, चिटिक्क र स्मार्ट बनाउन सकिन्छ । त्यस्तै बालबालिकाहरूको कोठामा विभिन्न किसिमको बेडकम स्टडी टेबल राख्न सकिन्छ । अहिले बालबालिकाहरूलाई नै लक्षित गरी किड्स सफ्ट फ्लोरिङ पनि उपलब्ध छ । 

 

आजभोलि मानिसहरू आफ्नो घरलाई नयाँ सोच र प्रविधिअनुरूप सजाउने कुरामा विश्वास गर्छन् । जोसुकैले घरको बाह्य तथा आन्तरिक सज्जामा नयाँपन दिइरहेको देख्न सकिन्छ । फ्लोरिङ, फर्निचर, पर्दा तथा कुसन कभरमा  देखिने सज्जाशिल्पले घरलाई सुन्दरता प्रदान गर्छ । घरमा फल सिलिङ छैन भने फल सिलिङ राखेर वा पुरानो घरमा काठको डिजाइन थपेर आफ्नो बासस्थानलाई नयाँ लुक्सदिन सकिन्छ । अहिले सफा, आधुनिक, स्लिम अनि खुल्ला घर बढी रुचाइन्छ । अचेल मानिसहरू दसैं–तिहार तथा छठजस्ता चाडपर्वको मौका छोपेर घरको साजसज्जामा विशेष ध्यान दिन थालेका छन् ।

 

वाल र फ्लोरिङ

कुनै पर्व वा अवसरमा किचेन, डाइनिङ, बेडरुम तथा लिभिङ रुमहरूमा नयाँ रङ पोत्ने चलन पुरानै हो । अहिले घरका भित्ता सजाउन युबी मार्वल सिट, थ्रीडी प्यानल, डेको प्यानल, इम्बोस प्यानल, टेक्सर पेन्टमा सिल्क प्लास्टर तथा थ्रीडी स्टिकर प्यानलहरू उपलब्ध छन्, जुन नयाँ तथा पुराना घर सजाउन निकै उपयुक्त र आधुनिक मानिन्छन् । भित्तामा फेमिली ट्री पेन्ट गराई पारिवारिक तस्बिरहरू ह्याङ गर्ने नयाँ शैली लोकप्रिय हुन थालेको छ । त्यस्तै कार्टुन, बार्बी तथा फ्लावर प्रिन्टले बालबालिकाहरूको कोठालाई त्यत्तिकै आकर्षक बनाउँछ । फ्लोरिङमा इपिक्सी फ्लोरिङ प्रयोग गरेर घरलाई आकर्षक बनाउन सकिन्छ, जहाँ थ्रीडी बुट्टा, टेक्सर वा कलर प्रयोग गर्न सकिन्छ । यसले कलात्मक लुक प्रदान गर्छ भने भीनाएल फ्लोरिङ पनि उत्तिकै रुचाइएको छ । 

खुल्ला र उज्यालो

अहिले सिएसी जालीको ट्रेन्ड छ । फिक्स पार्टिसेसन छ भने त्यसलाई हटाएर सिएमसी पार्टिसेसन गर्न सकिन्छ । यसले गर्दा पार्टिसेसन पनि हुन्छ भने उज्यालो छेकिँदैन । यसले कोठाको सुन्दरतामा थप निखार ल्याउँछ । कोठामा एक–दुईवटा इन्डोर प्लान्ट राख्दा घरको स्वरूपमा बिल्कुलै नयाँपना आउँछ । स्लिम टिभीले गर्दा अहिले कोठा नै ढाक्ने ठूल्ठूला र्‍याक हराउँदै गएका छन् । त्यसको ठाउँमा स्लिम टिभी तथा स्लिम र्‍याक बजारमा उपलब्ध छन् । स्लिम सामग्रीले कोठालाई ठूलो र खुल्ला देखाउँछन् । 

फर्निचरको प्रयोग

अहिले कोठामा पोर्टेबल तथा फोल्ड फर्निचर बढी प्रयोग हुन थालेका छन् । पहिलेजस्तो ठूलो स्पेस नहुने 

कारणले यस्ता फर्निचर प्रयोग गरी घरलाई सफा, चिटिक्क र स्मार्ट बनाउन सकिन्छ । त्यस्तै बालबालिकाहरूको कोठामा विभिन्न किसिमको बेडकम स्टडी टेबल राख्न सकिन्छ । अहिले बालबालिकाहरूलाई नै लक्षित गरी किड्स सफ्ट फ्लोरिङ पनि उपलब्ध छ । नयाँ भित्रिएका कुनै पनि इन्टेरियरमा प्रयोग हुने सामग्री प्रयोग गरेर पनि चाडपर्वमा घरलाई नयाँ स्वरूप प्रदान गर्न सकिन्छ । यस पटक नेपाली बजारमा सफा गर्न सजिलो, कम मेन्टेनेन्स लाग्ने तथा एन्टी ब्याक्टेरियल इपक्सी फ्लोरिङ पनि भित्रिएको छ । 

फर्निचरमा पनि ग्लास प्रयोग गरेर नयाँपन दिन सकिन्छ । लिविङ रुममा राखिने टेबल तथा डाइनिङ टेबलमा अहिले ग्लासको प्रयोग बढेको छ । लिविङ रुममा ग्लास सेल्फ बनाएर त्यसमा कलाकृतिहरू सजाउन सकिन्छ । ग्लासको बुक सेल्फ पनि सुन्दर हुन्छ र त्यसबाट डेकोर पनि राम्रो देखिन्छ । स्टोनका पिलर्स वा टेबलमुनि लगाइएको स्टोनका साथमा ग्लास डेकोरेसन सुन्दर देखिन्छ । ग्लासका फर्निचर प्रयोग गरि घरको इन्टेरियरलाई भिन्न र सुन्दर बनाइ अतिथिको ध्यानाकर्षण गर्न सकिन्छ । लबी तथा बैठकका टेबुलहरूमा डिजाइनर फूलदानीमा ताजा तथा डेकोरेटिभ फूलहरू राखेर घरलाई नयाँ लुक्स दिन सकिन्छ । अतिथिको ध्यानाकर्षण गर्न ढाकाका कपडा, हस्तकला, माटाका मूर्ति तथा फ्लोरिङ क्यान्डललाई तामाको आरीमा पानी एवं फूलका साथ सजाउँदा घर निकै सुन्दर देखिन्छ ।

फेब्रिक 

आजभोलि पर्दामा लेमिनेटेड (ब्ल्याक आउट कपडा, जुनजस्तो घाम भए पनि फेड नहुने)ट्रिपल लेयर फेब्रिक फेसनमा छ भने कटनको पर्दा पनि निकै रुचाइएको छ । घरलाई क्लासी वा रोयल लुक दिन गोल्ड तथा सिल्भर सेड्सको पर्दा प्रयोग गर्न सकिन्छ । यसमा हल्का वर्क गराउनु उपयुक्त हुन्छ । सिल्क, साटन, भेल्भेट जस्तै साइनी फेब्रिका पर्दाले पनि कोठालाई ट्रेडिसनल लुक दिन्छन् । भित्ता जस्तै पर्दाका लागि पनि कन्ट्रास्ट कलर छनौट गर्न सकिन्छ । पर्दाका लागि सिल्क, साटन वा कटन उपयुक्त हुन्छ । पर्दाजस्तै बढी खर्च नगरे पनि घरलाई नयाँ लुक दिन कुसन कभर परिवर्तन गरिरहनुपर्छ । दसैं–तिहारजस्ता स्पेसल अवसरका लागि सिल्क, भेल्भेट, टिस्यु, ओर्गेन्जा आदि फेब्रिक छनौट गर्न सकिन्छ । लिभिङ रुममा मिरर वर्क, ब्रोकेड वा सिक्वेन्ड कुसन कभर प्रयोग गर्नुपर्छ । अहिले मरुन, गोल्डेन तथा कोला ब्राउन कलरका कुसन कभर फेसनमा छन् । 

थ्रीडी वाल प्यानल

अचेलबजारमा धेरै किसिमका वाल डिजाइन भित्रिएका छन् । आफ्नो कोठाको स्पेस हेरेर वाल डिजाइन गराउन सकिन्छ । आजभोलि थ्रीडी वाल प्यानल धेरैले रुचाएको पाइन्छ । यो विभिन्न किसिमका बुट्टामा उपलब्ध हुन्छ । वालमा राखे पछि आफैं डिजाइन हुने यो वाल प्यानलले घरको लुक्सलाई फरक देखाउँछ ।

वाल प्लाङ्स

घरको बाहिरी भागलाई पनि सजिलैसँग सजाउन सकिन्छ । अहिले घरको बाहिरी भागमा रंग लगाउनुभन्दा वाल प्लाङ्स धेरैको रोजाइमा परेको छ । यसको प्रयोग गर्दा समय–समयमा रंग लगाउनुपर्ने र मेन्टिनेन्स गरिरहनुपर्ने झन्झट हुँदैन । वाला प्लाङ्सको प्रयोगले घरको बाहिरी लुक्सलाई अलग तथा सुन्दर देखाउँछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik