साप्ताहिक संवाददाता
आश्विन १३, २०७६
काठमाडौं
कात्तिक १५ गते प्रदर्शन हुने चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य भूमिकामा नायकद्धय सुशिल श्रेष्ठ र अमिर गौतम छन् । आफुलाई बादशाह सोच्ने अमिर र सुशिलको कहानी गज्जवको हुन सक्ने टे«लरबाट बुझ्न सकिन्छ ।
चलचित्रमा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ । जोन सिंह रानाको निर्देशनमा तयार चलचित्रमा राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी छ ।