साप्ताहिक संवाददाता
कार्तिक ३, २०७६
राम अविरल नेपाली सञ्चार क्षेत्रमा लोकप्रिय नाम हो । उनी लामो समयदेखि रेडियो नेपालमा आवद्ध छन् । थुप्रै सांगीतिक कार्यक्रम मार्फत थुप्रैको परिचय दिएका अविरल राम्रा गीतका सर्जक पनि हुन् ।
उनै सञ्चारकर्मी तथा गीतकार राम अविरलको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सपनीमै आउँनु’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गायक सुरेन गौतमले गाएका हुन् । गीतमा विक्रम थापाको संगीत गरेका छन् ।
गीतको म्यूजिक भिडियो भने प्रहिल कार्कीले निर्देशन गरेका हुन् । अखिल बास्तोलाको छायांकन रहेको गीतको भिडियोलाई फुर्वा लामाले सम्पादन गरेका छन् । भिडियोमा प्रहिल कार्की र पूजा भट्टले अभिनय गरेका छन् । भिडियोमा अन्जिता कंडेलको स्टोरी र कन्सेप्ट रहेको छ ।
गीतको भिडियो :