• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
बढ्दो यौन वितृष्णा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

बढ्दो यौन वितृष्णा
कार्तिक १६, २०७६

बढ्दो उमेरसँगै यौनप्रति रुचि कम हुँदै जानु स्वभाविक हो, तर जब कम उमेरमै यौन प्रति रुचि घट्छ भने त्यो सेक्स रिसेसनको संकेत हुन सक्छ । विश्वका अनेकन् देशमा गरिएका सर्वेक्षणअनुसार विगतका दशकको तुलनामा अहिलेको परिस्थितिमा युवाहरूको यौन सक्रियता कम हुँदै गएको छ, जसलाई विज्ञहरूले व्यक्तिगत तथा सामाजिक परिवेश दुवै दृष्टिले सुखद मानेका छैनन् । विज्ञहरूका अनुसार यसो हुनुको प्रमुख कारण हो— प्रविधिको बढ्दो प्रयोग, अनलाइन पोर्नोग्राफी, इन्टरनेट तथा सोसल मिडिया । 

पोर्नोग्राफी

अनलाइन पोर्नोग्राफीको बढ्दो चलनका कारण मानिसहरूमा इन्टरनेट सेक्स एडिक्सन बढेको छ भने धेरैमा रियल लाइफ सेक्सप्रतिको झुकाव घट्दै गएको पाइन्छ । विज्ञहरूका अनुसार जो पोर्न फिल्मको लतमा हुन्छन् उनीहरूलाई रियल लाइफ सेक्सभन्दा पोर्न नै बढी आनन्ददायक लाग्छ । कारण उनीहरू काल्पनिक दुनियाँबाट बाहिर आउन चाहँदैनन् र त्यस्तै प्रकारको यौन क्रियाकलापको अपेक्षा राख्न थाल्छन् । यदि पार्टनरले उनीहरूको यो अपेक्षा पूरा गर्न सकेनन् भने उनीहरू त्यो पार्टनरसित यौन क्रियाकलापमा संलग्न हुने रुचि देखाउँदैनन् । अर्कातर्फ केही जोडीमा भने पोर्न फिल्ममा देखिएजस्तो स्टामिना आफ्नो पार्टनरमा नभएको वा त्यस्तो शारीरिक आकर्षण नपाएका कारणले एक किसिमको हिनता बोध गर्छन् र उनीहरू यौन प्रक्रियाबाटै टाढिन थाल्छन् । 

इन्टरनेट

इन्टरनेटले हामी सबैको जीवनलाई सहज बनाएको छ तर यसका कैयन् साइड इफेक्ट पनि छन्, जसमध्ये सेक्स रिसेसन पनि एउटा हो । विशेषज्ञहरूका अनुसार आजभोलि अधिकांश जोडी आफ्नो स्मार्ट फोनमा यति व्यस्त रहन्छन् कि उनीहरू साथमा रहेर पनि सँगै नभएजस्तो हुन्छ । फुर्सदमा एकअर्काको सामीप्यताभन्दा पनि मोबाइल स्क्रीनमा उनीहरूको बढी ध्यान केन्द्रित भएको पाइन्छ । अर्कातिर युवा पुस्तामा अनलाइन डेटिङ, च्याटिङ र डिजिटल सोसलाइजिङको क्रम बढ्दो छ, जसका कारण उनीहरूमा भावनात्मक लगाव एवं शारीरिक आकर्षण तथा निकटतामा ह्रास देखिंदै गएको छ । यसले व्यक्तिको यौन जीवनलाई क्रमिक रुपमा नकारात्मक प्रभाव पार्दै लगेको पाइन्छ ।

कामको बढ्दो बोझ र तनाव

सामाजिक प्रतिष्ठा र वर्क प्रेसर पनि यौनप्रति नीरसताको प्रमुख कारणमध्ये एक हो । दम्पती दुवै कामकाजी हुनुपर्ने बाध्यता तथा आवश्यकताले दाम्पत्य जीवनमा कामको दबाब वृद्धि भएसँगै उनीहरूबीचको शारीरिक सामीप्यता एवं त्यसका लागि समय अभाव समस्याका रूपमा अगाडि आएको छ । बिस्तारै यौन उनीहरूको प्राथमिकताको सूचीबाट हराउँदै गएको पाइन्छ । कामको तनाव र दबाबले दम्पतीहरूलाई शारीरिक, मानसिक एवं भावनात्मक रूपमा यति शिथिल बनाउँछ कि उनीहरू कामोत्तेजना लगभग समाप्त भएजस्तो अनुभव गर्न पुग्छन् । तनावका कारण हार्मोन्सको स्तर गडबड हुन पुग्छ र त्यसको असर यौन जीवनमा समेत पर्छ । 

बडी बिल्डिङको क्रेज

आजभोलि फिटनेस र बडी बिल्डिङको क्रेज बढ्दो छ । चाँडै आफ्नो बडी बनाउने चक्करमा कतिपय युवा डायट सप्लिमेन्ट्स तथा स्टेरोयड्सको सहारा लिन्छन् जसले छोटो समयमै शरीर गठिलो बनाउँछ, तर त्यसले दीर्घकालीन रूपमा स्वास्थ्यमा असर देखाउँछ । स्टेरोयडयुक्त डाइट सप्लिमेन्टले नपुंसकता र यौन प्रति अरुचि जस्ता समस्या सृजना गर्ने विज्ञहरूको दाबी छ ।

 

गलत खानपान

विज्ञहरूका अनुसार युवा दम्पतीहरूमा यौनप्रतिको रुचि घट्नुका अनेकन् कारणमध्ये अस्वस्थकर खानपान पनि एउटा हो । जंक फुड, फ्राइड फुड आदि अत्यधिक मात्रामा सेवन गर्नाले हाइड्रोजेनटेड फ्याट्सको मात्रा वृद्धि हुन्छ र त्यसले सेक्स हार्मोन टेस्टोस्टेरनको स्तरमा कमी ल्याउँछ, जसका कारण मानिसको सेक्स ड्राइभमा असर पर्छ । 

डिप्रेसन

केही वर्ष यता युवाहरूमा डिप्रेशन र एन्जायटीको मात्रा बढ्दो छ । रोजगारीमा असुरक्षा, घर–सम्पत्ति जोड्ने चाहना र दबाब, प्रतिस्पर्धाको प्रभाव आदिका कारण युवा पुस्ताको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको पाइन्छ र यस्तो स्थितिमा एन्टी डिप्रेसनको औषधीको प्रयोग पनि बढेको छ । यी सबैको दुष्प्रभाव यौन जीवनमा समेत परेको छ । 

केही उपाय सेक्स रिसेसन हटाउने

    सबैभन्दा पहिले इन्टरनेट तथा सोसल मिडियाको लतबाट टाढा रहनु आवश्यक छ । पोर्नप्रतिको चाहनालाई घटाउँदै लगेर यसबाट मुक्त हुनुपर्छ । 

    खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । बडी बनाउने र चाँडो फिट हुने चाहनामा अनावश्यक सप्लिमेन्टको प्रयोगबाट जोगिनुपर्छ । यौन जीवनलाई स्वस्थकर र सुखदायी बनाउन सेक्स बुस्ट खाद्य पदार्थ जस्तै अण्डा, माछा, ओलिभ आयल, एबोकार्डो, डार्क चकलेट आदि सेवन गर्नु उपयुक्त मानिन्छ । 

    कामको बोझ र तनावलाई घर तथा सयन कक्षसम्म ल्याउने गल्ती गर्नु हुँदैन । कामसँगै आराम पनि जरुरी छ भन्ने कुरा बुझ्नुपर्छ । व्यक्ति र मेसिनमा फरक हुन्छ । शारीरिक एवं मानसिक रुपमा रिल्याक्स भएसँगै यौनप्रतिको रुचि बढ्न थाल्छ । यौनलाई फुर्सदको समयका लागि नभै जीवनको महत्वपूर्ण पक्षका रुपमा लिएर त्यसलाई स्वभाविक रुपमा स्वीकार गर्नु जरुरी छ । सन्तान उत्पादनका लागि यौन एउटा प्रक्रिया हो तर यो सन्तान उत्पादनका लागि मात्र हो भन्ने कुरामा बुझ्नु गलत हो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik