साप्ताहिक संवाददाता
सामान्य व्यक्तिलाई कुनै पनि सामाजिक संजालको प्लेटफर्ममा एकाउन्ट खोलेपछि कति आफ्नो मात्र फोटो हाल्ने भन्ने लाग्छ । आफ्नै फोटोमात्र अपलोड गरेर अपेक्षाअनुरूप फलोअर्स, लाइक, सेयर तथा कमेन्ट बढ्नेवाला पनि छैन ।
यसका लागि केही नयाँ उपाय त अपनाउनैपर्यो, जसले गर्दा आफ्नो एकाउन्टको फलोअर्स र लाइक बढ्नुका साथै अपलोड गरेको फोटोले चर्चा समेत पाओस् । यस्तै सोच बनाएर कोसोभोकी क्रिष्टिना कुक्वीले नयाँ जुक्ति अपनाइन् । ट्विटर चलाउने कुक्वीले विश्वका लोकप्रिय स्थानका प्रतीकहरूका अगाडि नचिनेका पुरुषहरूसँग चुम्बन गरेर फोटो खिच्ने र उक्त फोटोलाई आफ्नो ट्विटर ह्यान्डलबाट अपलोड गर्ने कामलाई निरन्तरता दिन थालिन् ।
हाल भर्जिनियाको एक विश्वविद्यालयबाट ग्य्राजुएट गरिरहेकी कुक्वीको यो काम धेरैले अनौठो पनि माने । उनको मान्यता के थियो भने विश्वले चिन्ने स्थानमा आफ्नो प्रेम दर्साउने । यसका लागि उनले थुप्रै देशको भ्रमण समेत गरिन् । ट्विटरमा उनको यो कार्यले प्रशंसा पाएपछि अहिले उनले इन्स्टाग्राममार्फत ती तस्बिरलाई पून: अपलोड गर्न थालेकी छिन् ।