• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फेवातालमा निर्वस्त्र फोटोसुट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

फेवातालमा निर्वस्त्र फोटोसुट
मंसिर ९, २०७६

सबै पर्यटकको सोचाइ घुम्ने मात्र हुँदैन । कतिपय पर्यटक घुम्ने बहानामा स्थानीय संस्कृतिविपरितका गतिविधि पनि गर्छन् । यस्तै किसिमको एउटा नौलो हर्कत पोखराको फेवातालमा हालै भएको छ । पोखरा घुम्न आएकी एक महिला पर्यटकले फेवातालमा डुङ्गामा सयर गर्ने क्रममा निर्वस्त्र भएर खिचेको तस्बिर सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छिन् । पिठ्युँ फर्काएर डुंगामा निर्वस्त्र बसेकी ती महिला पर्यटकले फेवातालमा जलकुम्भी झारले ढाकेको एकान्त स्थानमा दिउँसोको समयमा खिचेको देखिन्छ । तस्बिरको पृष्ठभूमिमा फेवाताल वरिपरिका घरहरूसमेत देख्न सकिन्छ ।

ती महिला पर्यटकले इन्स्टाग्राममा कोमसिकोम्सस नामबाट उक्त तस्बिरहरू सार्वजनिक गरेपछि स्थानीय प्रशासनको ध्यान आकृष्ट भएको थियो । स्थानीय तहबाट उनको क्रियाकलापको विरोध भएपछि ती महिला पर्यटकको खोजीसमेत भएको थियो । तर ती महिलाको इन्स्टाग्राम एकाउन्ट हेर्दा उनी स्वदेश फर्किसकेको देखिएको छ, जसका कारण उनी पक्राउ पर्ने सम्भावना धेरै कम भएको छ । 

ती महिला पर्यटकले नेपाल भ्रमण गर्ने क्रममा काठमाडौं, पोखरा, पोखराआसपासको क्षेत्र, अन्नपूर्ण ट्रेक, थोरङ्ला पास गर्दाका तस्बिरहरू पनि छन् । उनले अपलोड गरेका अधिकांश तस्बिर ग्ल्यामरस छन् । उनले अन्नपूर्ण हिमश्रृंखलालाई पृष्ठभूमि बनाएर धेरै तस्बिर खिचेकी छन्, जसमा उनले विकिनी लगाएकी छिन् । 

नेपालको भ्रमणपश्चात् ती महिला पर्यटक भारतका विभिन्न स्थानको भ्रमण गरेको अपलोड गरेको तस्बिरबाट प्रस्ट हुन्छ । उनले इन्स्टाग्राममा आफूलाई योग, घुमघाम, प्रकृति र दार्शनिक विषयमा रुचि भएको उल्लेख गरेकी छन् । १६ अक्टुबरमा पोस्ट गरिएको उक्त तस्बिरभन्दा अगाडि उनले फेवाताल किनारामा हातमा मेहन्दी लगाउँदै गरेको फोटो पनि पोस्ट गरेकी छन् ।

पोखरास्थित पर्यटक प्रहरी कार्यालयका अनुसार अश्लील हर्कत हुन नदिन आफूहरूले निगरानी बढाए पनि कोमसिकोम्ससले तालको एकान्त कुनामा गएर तस्बिर खिचाएको हुनाले पक्राउ पर्न नसकेको जनायो । मुलुकी अपराध संहिताले सार्वजनिक स्थलमा यौनाङ्ग देखाउनेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरे पनि कोमसिकोम्सस विरुद्ध उजुरी परेको छैन । उनले नेपालबाट फर्किएपछि तस्बिर पोस्ट गरेका कारण पनि पक्राउ गर्न नसकिएको पर्यटक प्रहरीको भनाइ छ । पोखरामा ३८ जना पर्यटक प्रहरीको दरबन्दी भए पनि २२ जना कार्यरत छन् । कास्कीको पर्यटकीय रुट वीरेठाँटी, धम्पुस र घान्द्रुकमा समेत २–२ जना पर्यटक प्रहरी कार्यरत छन् । उनीहरूले कानुनविपरित हुने पर्यटकका गतिविधिलाई निगरानीमा राख्छन् । 

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकका यस्ता गतिविधिले हाम्रो स्थानीय संस्कृतिलाई असर पुर्‍याउने भएकाले यस्ता गतिविधि हुन नदिन सर्तक बन्नुपर्ने बताउँछन् । पछिल्लो क्रममा आएको प्रविधि र सोसल मिडियाका कारण यस्ता गतिविधि सार्वजनिक हुने गरेको उनले बताए । पर्यटन बोर्डले सामान्य प्रशासनिक कार्य गर्ने भएकाले यस्ता उजुरी आफूकहाँ आइनपुग्ने थपलियाले बताए । 

                                                  - तस्बिर : कोमसिकोम्ससको इन्स्टाग्रामबाट

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik