मंसिर १५ गते विवाहपञ्चमी, विश्व एड्स दिवस । १६ गते अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । १७ गते विश्व अपाङ्ग दिवस ।
मेष :
प्रतिभा प्रदर्शन गर्दा नयाँ साथी भेटिने सम्भावना छ । आर्थिक पक्ष सबल भई विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । परिस्थितिको हेक्का राखी अवसरलाई चुनौतीका रूपमा शिरोधार्य गरी प्राप्त मौका नगुमाउनुहोला । साताको अन्त्यमा मान–प्रतिष्ठा प्राप्त हुने योग देखिन्छ ।
वृष :
विविध नयाँ कार्य क्षेत्र पहिचान गरी सफलतासमेत हात पार्दा देखासिकी गर्नेहरूको मन लोभिनेछ । कार्यव्यस्तता बढी हँुदा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ । नीलो रंग अवलम्बन गर्न सके थप चुनौती सामना गर्न सहज हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला ।
मिथुन :
पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुन: सुमधुर बनाउन सकिनेछ । अरूको मन जित्नाले सजिलै सहयोग जुट्नेछ । अध्ययन–अध्यापनमा ध्यान केन्द्रित हुनेछ । आध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष कामको जग बसाउन सकिनेछ ।
कर्कट :
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर प्राप्त हुनेछ । सोमबार र मंगलबार मन खिन्न रहे पनि सप्ताहन्तमा पुन: उत्साह जाग्नेछ ।
सिंह :
छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । परिस्थितिले खराब आचरण हुनेहरूको संगतमा पुर्याउन सक्छ । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला । साताको अन्त्यमा टाढाका साथीभाइसँग सम्बन्ध बढ्नेछ ।
कन्या :
कलाकौशल देखाएर प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित हुनुका साथै ठाकठुकसमेत पर्न सक्छ । परोपकारमा सक्रिय हुँदा ठूलो आत्मसन्तुष्टि प्राप्त हुन सक्छ । तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउने योग छ ।
तुला :
मेहनतले कामको अवसर जुटाउन सक्छ । आँटेका काममा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्न सक्छ । दिगो फाइदा हुने काम वा नोकरी भेटिने सम्भावना छ । राम्रै आम्दानी हुनेछ भने भौतिक साधनहरूसमेत जुटाउन सकिनेछ । विद्वान्हरूको संगतमा नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ ।
वृश्चिक :
अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । राम्रै आम्दानी हुने रोजगारी प्राप्त हुनेछ । अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । अभिभावकजनसँग वैचारिक द्वन्द्व हुनेछ भने आफ्ना कमजोरीप्रति गुनासो बढ्न सक्छ ।
धनु :
खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथी भेटिएलान् । प्रेमको बन्धन कसिने सम्भावना छ ।
मकर :
प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन् । तत्काल समस्या देखिए पनि आइतबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । समाजसेवातर्फ आकर्षित भइनेछ ।
कुम्भ :
पारिवारिक सुझावमुताबिक व्यवसाय सञ्चालन गर्दा उचाइ लिन लामो समय कुर्नुपर्ने छैन । साथी–संगीसँग नगदको कारोबार गर्दा विवेक पुर्याएर गर्नुपर्नेछ । भोजभतेरमा संलग्न भई अबेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ । नीलो रंगको अवलम्बनले सहयोगी भूमिका निर्वाह गर्नेछ ।
मीन :
जीवनशैलीमा परिवर्तन ल्याउन दृढ संकल्पको खाँचो पर्नेछ । पहिलेदेखिको योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । सवारी साधन तथा विद्युतीय उपकरण सञ्चालन गर्दा होस पुर्याउनुपर्नेछ ।