साप्ताहिक संवाददाता
पुस १५, २०७६
अल्मोडा राना उप्रेती नयाँ गीते ‘कहिले भेट्ने खै–२’ रिलिज भएको एक दिनमै ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । उक्त गीतले यो समाचार तयार पार्दासम्म १५ लाख ६१ हजार माथि भ्यूज पाएको छ ।
न्यास्रो एल्बममा समावेश उक्त गीतको म्युजिक भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकास लामिछानेले अभिनय गरेका छन् । गीतमा शब्द, संगीत पनि अल्मोडाकै सुन्न सकिन्छ । गीतको म्यूजिक भिडियो निर्देशन मनोज बस्नेतले गरेका हुन् ।
२०७४ सालमा अल्मोडा राना उप्रेतीकै ‘कहिले भेट्ने खै’ ले पनि राम्रो चर्चा पाएको थियो । सो गीतको भिडियो भने कार्टुन क्रुले बनाएको थियो ।
गीतको भिडियो :