साप्ताहिक संवाददाता
कुनै बेलाका एक्सन स्टार विराज भट्टको अभिनय तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरलाई दर्शकले मन पराएका छन् ।
शुक्रबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनकाबीच सार्वजनिक एक्सनप्रधान ट्रेलरमा विराज भट्ट, निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ ।
यो चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रको ट्रेलरमा नायक विराज भट्टको एक्सन अवतार देख्न सकिन्छ । एक्सन निर्देशक श्री श्रेष्ठको एक्सन कोरियोग्राफी उत्कृष्ट छ । यो चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।