• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सोमेश्वरमा कलात्मक शिला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशकुमार पौडेल

सोमेश्वरमा कलात्मक शिला
पुस २०, २०७६

सोमेश्वर पर्वत चितवनको दक्षिणी सिमाना हो । यहाँ नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा रेखासमेत छ ।  विदेशी आक्रमणकारीलाई रोक्न पुर्खाहरूले यहाँ किल्ला बनाएका थिए । सोमेश्वरगढीका नामले परिचित किल्लाको भग्नावशेष त्यहाँ भेटिन्छ । धर्ममा विश्वास राख्नेहरूले कालिका मन्दिर बनाए । सोमेश्वर कालिका मन्दिरमा चैते दसैं अर्थात् रामनवमीमा नेपाल र भारत दुवैतर्फका हिन्दूहरू पूजा गर्न पुग्छन् ।

चितवनका आदिवासी थारु समुदायको कथागाथा पनि सोमेश्वरसँग जोडिएको छ । सोमेश्वरगढी क्षेत्रमा एउटा डुंगा आकारको ठूलो ढुंगा भेटिन्छ । थारु समुदायमा पूजालगायतका संस्कार विधिहरू सम्पन्न गर्ने अगुवालाई गुरौं भनिन्छ । सोमेश्वरको त्यो विशाल ढुंगाको डुंगा गुरौंहरूले चलाएर घुम्न जान्थे भन्ने कथन सुन्न पाइन्छ । त्यस्तो ऐतिहासिक र धार्मिक क्षेत्र सोमेश्वर पहाडमा अरू पनि विशाल शिलाहरू छन् । 

अनेक आकार प्रकारका ती शिलाहरूमाथि यो पटक कलात्मक स्वरुपहरू कुँदिएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभाग र माडी नगरपालिकाले संयुक्त रूपमा सोमेश्वर पहाडमा प्रस्तर मूर्तिकला कार्यशाला आयोजना गर्‍यो । देशका विभिन्न ठाउँबाट सोमेश्वर पुगेका २९ जना कलाकारले त्यहाँका शिलाहरूमा आफ्ना शिल्प पस्किए । 

माडी हुँदै सोमेश्वर पहाड उक्लनुपर्छ । माडी क्षेत्रका आफ्नै कथा–व्यथाहरू छन् । मूर्तिकारहरूले माडी र सोमेश्वर पहाडको विशेषतालाई मूर्तिमा ढालेका छन् । चितवन मूल घर भएकी मूर्तिकार इन्दिरा श्रेष्ठको कार्यक्षेत्र काठमाडौं हो । उनी पनि सोमेश्वर क्षेत्रमा पुगिन् । माडी चितवनका आदिवासी थारु समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । घोँगी थारु समुदायको भान्सामा पाक्ने सानो आकारको जीवन हो ।

इन्दिराले एउटा ढुंगामा त्यही घोँगीको आकार तयार पारिन् । माडीमा खोलाहरूले निकै दु:ख दिन्छन् । खोला र निकुञ्जको जंगलबाट आउने जनावरबाट माडीवासीले भोगेको पीडा बयान गरी साध्य छैन, तर दक्षिण भएर उत्तरतर्फ बगेका माडीका खोलाहरूमा शालिग्रामहरू पनि भेटिन्छन् । पार्वतीपुर, चितवनका भीम श्रेष्ठले सोमेश्वरको एउटा ठूलो ढुंगामा शालिग्रामको आकार निकालेका छन् ।

रञ्जित थापामगरले कडा ढुंगालाई छिनोले खारेर मुटुको स्वरूपमा ढाले । दुई टुक्रा भएको मुटुमाथि चढेर हेर्दा अर्को सिंगो मुटु देखिने सिर्जनशील मूर्तिकला उनले सोमेश्वरका लागि उपहार दिए । माडीका दिनेश्वर चौधरीले वर्ष दिनअघि सोमेश्वर क्षेत्रमा कालीको एउटा भव्य मूर्ति बनाएका थिए । अहिले उनले ठूलो ढुंगामा देब्रेतर्फ मुट्ठी उठाएको हात र दाहिनेतर्फ चन्द्र सूर्य अंकित नेपाली झन्डाको भव्य आकृति कुँदेका छन् ।

‘यहाँबाट नेपाल–भारत सिमाना डेढ सय मिटरजति पर छ । यो मूर्तिले यस्तो निर्जन जंगलमा पनि नेपालको झलक दिनेछ,’ दिनेश्वरले भने । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभागमा प्रमुख लालकाजी लामा कलाकारलाई स्थानीयसँग र स्थानीयलाई कलाकारसँग जोड्न प्रतिष्ठानले केही वर्षयता देशका ठाउँ–ठाउँमा मूर्तिकला कार्यशाला आयोजना गरेको बताए । 

‘देशका विभिन्न ठाउँका कलाकारहरू यहाँ आए । उनीहरूले माडी र सोमेश्वरको विशेषता बुझेर मूर्ति बनाए । आफ्नो ठाउँमा आएर कलाकारहरूले यहींकै स्वरूपहरूलाई ख्याल राखेर बनाएको मूर्तिले स्थानीयलाई पनि खुसी नै बनाएको छ,’ लालकाजीले भने । माडी सदरमुकाम भरतपुरबाट दक्षिणमा पर्छ । त्यहाँ पुग्न चितवन निकुञ्जको १० किलोमिटर जंगल छिचोल्नुपर्छ ।

‘कार्यशालामा तयार भएका ४० भन्दा बढी मूर्तिले यहाँ आउने पर्यटकहरूलाई पक्कै पनि आकर्षित गर्नेछ,’ लालकाजी लामाले भने । सदरमुकाम भरतपुरबाट माडीको वसन्तपुर बजार ४० किलोमिटर पर छ । वसन्तपुरबाट १२ किलोमिटर दक्षिण लागेपछि सोमेश्वर पुगिन्छ । जसमध्ये चार किलोमिटर दूरी पहाडी क्षेत्रमा पर्छ । त्यहाँसम्म पुग्ने बाटो बनेको छ । बाटोलाई थप सुधार गर्ने काम पनि धमाधम भएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik