• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
लय मिलेको जोडी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

लय मिलेको जोडी
पुस २१, २०७६

 

सामान्य जीवनशैलीमा सधैं हँसिलो चेहरा । न कहिल्यै झगडा, न कहिल्यै मनमुटाव, न त कुनै ठूलो महत्त्वाकांक्षा । यस्तै, आनीबानीले गायिका कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानको दाम्पत्य जीवनमा मधुरता छाइरहेको छ । 

कुन्ती–शिलाको जोडीले गत मंसिरमा वैवाहिक जीवनको ३६ औं वर्ष पूरा गर्‍यो । करिअर निर्माणदेखि जीवन निर्वाहसम्म दुवैजना एउटै रथका दुईपाङ्ग्रा बनेर क्रियाशील रहे । चारवर्ष लामो प्रेमसम्बन्धपछि २०४० सालमा वैवाहिक जीवन थालेको यो जोडीको विवाह सम्बन्धमा अहिलेसम्म नमीठो खटपट भएको छैन । यसका पछाडि धेरै कारण छन् । त्यसमध्ये सबैभन्दा प्रमुख कारण हो—ठूला–ठूला महत्त्वाकांक्षा कहिल्यै नराख्नु, सधैं सामान्य जीवनशैलीमा रमाउनु । ‘हामीले कहिल्यै एक–अर्काप्रति धेरै आशा र महत्त्वाकांक्षा राखेनौं,’ ५७ वर्षीया कुन्ती आफ्नो मधुर दाम्पत्यको रहस्य खोल्छिन्, ‘मैले उहाँसँग विवाह गरेपछि कुनै पनि महत्त्वाकांक्षी अपेक्षा राखिनँ । बस्,उहाँलाई माया गरें ।’ 

कुन्तीसँगको पहिलो भेट अझै पनि शिलाबहादुरको दिमागमा फनफनी घुम्छ । शिलाबहादुर भन्छन्, ‘दार्जीलिङमा कुन्ती र मेरा संगीत सिकाउने गुरु एउटै थिए, २०३६ सालमा संगीत सिक्ने क्रममै हाम्रो भेट भएको थियो ।’ सामान्य चिनजानपछि बिस्तारै कुन्तीको सरल जीवनशैली र मधुर स्वरमा शिलाबहादुर मन गड्यो । कुन्तीको मनमीठो संगीत बनाउने सरल स्वभावका शिलाबहादुरले जिते । 

बिस्तारै चिनजानमै प्रेम अंकुराउन थाल्यो । त्यही प्रेम चार वर्षपछि वैवाहिक सम्बन्धमा परिणत भयो । कुन्तीलाई लाग्छ, श्रीमान् शिलाबहादुुर उनका लागि भगवान् सरह नै हुन् । श्रीमान् दु:खी भएको उनका आँखाले देख्न सक्दैनन् । ‘मैले त मेरो श्रीमान्लाई भगवान् जस्तो ठानेकी छु । कहीँकतै जानुपर्‍यो भने उहाँको अनुहार खुसी भएको हेरेर निस्कन्छु,’ कुन्ती भन्छिन्, ‘उहाँ दु:खी हुनुभयो भने म निराश हुन्छु । उहाँ मेरो हरेक दु:खसुख पोख्ने मन्दिर हो ।’ 

श्रीमान्–श्रीमतीमा सामान्य झगडा, मनमुटाव हुनु स्वाभाविक हो । तर, ३६ वर्षे दाम्पत्य जीवनमा कुनै पल त्यति ठूलो झगडा नगरेको उनीहरू बताउँछन् । ‘हाम्रो अहिलेसम्म झगडा भएको छैन,’ ६३ वर्षीय शिलाबहादुर भन्छन्, ‘कहिलेकाहीँ उनी रिसाउँदा म नसुने/नदेखेझैं गरिदिन्छु, उनको रिस शान्त भएपछि वास्तविक कुरा के हो सम्झाउँछु ।’ कतिसम्म भने यो दम्पतीको दाम्पत्य जीवनमा अहिलेसम्म ठूलो स्वरमा झगडै परेको छैन । अझ कुन्तीको स्वभाव नै अरूले झगडा गरेको समेत हेर्न नसक्नेछ । श्रीमान् रिसाएको थाहा हुने बित्तिकै उनी चुपचाप बसिदिन्छिन् । ‘उहाँ रिसाउनुभएको पहिला नै थाहा पाउँछु, त्यो बुझेर धेरै बोल्दिनँ्,’ उनी भन्छिन् । झगडा नगर्नु छ भने स–साना कुरालाई ठूलो कहिल्यै बनाउन नहुने अनुभव दुवै जनाले गरेका छन् । 

श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो बनाउने मुख्य सेतु विश्वास र माया नै हो भन्ने सत्य यो जोडीले राम्रोसँग बुझेको छ । नयाँ पुस्ताका कति प्रेमी–प्रेमिकाहरू क्षणिक राम–रमाइलो र आकर्षक अनुहारमा लोभिएका छन् । कुन्ती र शिलाबहादुर भने अनुहारभन्दा पनि विश्वास र मायालाई सदैव बढी जोड दिन्छन् । ‘हामीले अनुहार हेरेर प्रेम गरेका होइनौं,’ ठट्यौली पारामा मुस्कुराउँदै कुन्ती भन्छिन्,‘म पहिला राम्री मान्छे होइन, अहिले पो मेकअप गरेर राम्री देखिएको हुँ,’ आत्मविश्वासी भावमा उनले थपिन्, ‘जब कि उहाँले मलाई मेकअप नगर्दा पनि माया गर्नुहुन्थ्यो र अहिले पनि त्यस्तै ।’ शिलाबहादुर पनि ठट्यौली शैलीमा प्रस्तुत भए, ‘म पनि ‘वाउ’ भन्ने ह्यान्डसम भन्ने त छैन । माया नै सबै कुरा रहेछ, मायाले नै सम्बन्धमा मधुरता ल्याउँदो रहेछ ।’ 

आधुनिक जमानाका वैवाहिक सम्बन्धलाई सम्पत्ति, सफलता र शक्ति आर्जनका अंगका रूपमा पनि अथ्र्याउने गरिन्छ । यसरी क्याल्कुलेटरले जोडिएको सम्बन्ध दिगो नहुने कुन्ती बताउँछिन् । उनी भन्छिन्, ‘जिन्दगी एउटा सम्झौता हो, सम्झौताले मान्छेलाई अघि बढ्न मद्दत गर्छ, तर घरी–घरी एउटै कुरा दोहोरियो भने अन्तत: सम्बन्धमा फाटो आउँछ ।’ श्रीमान्–श्रीमतीको सम्बन्ध सुमधुर बनाउन एकले अर्कोप्रति समर्पण भाव राख्न सक्नुपर्छ र आफूले आफैंलाई ‘जज्’गर्न सक्नुपर्ने कुन्ती–शिलाको बुझाइ छ ।

धन–सम्पत्ति र महत्त्वाकांक्षी आशाले जोडिएको सम्बन्ध दीर्घकालीन हुँदैन । यी दुवै कुरालाई उनीहरूले कहिल्यै आफ्नो विवाह सम्बन्धमा स्थान दिएनन् । काठमाडौं आउँदै गर्दा गाडीमै झोला हराएका उनीहरूसँग आङको एकसरो कपडाबाहेक अरू केही थिएन । काठमाडौं आएर सुरुमा उनीहरू क्षेत्रपाटीको एउटा घरमा बस्न थाले । जेनतेनले बन्दोबस्तीका सबै सामान जुटाए । आर्थिक अभाव भए पनि उनीहरूमा काम गर्ने जोसजाँगर थियो । काठमाडौं आउनुभन्दा पहिले नै कुन्ती र शिलाबहादुरका गीत रेडियो नेपालमा बज्न थालिसकेका थिए, जसले गर्दा उनीहरूलाई रेडियोमा छिर्न खासै गाह्रो भएन । ‘सबै कलाकार रेडियो नेपालमै भेटिन्थे । रेडियोमा गीत रेकर्ड गर्ने मौका पाइयो,’ शिलाबहादुर सम्झछन्, ‘एउटा गीत गाएबापत २० रुपैयाँ पारिश्रमिक पाइन्थ्यो ।’ 

रेडियो नेपालमै उनीहरूको कृष्णमान डंगोलसँग चिनजान भयो । कृष्णमानले शिलाबहादुरलाई बानेश्वरस्थित अमर आदर्श विद्यालयमा संगीत शिक्षकका रूपमा जागिर मिलाइदिए । त्यहाँ संगीत सिकाएबापत उनले ५ सय २५ रुपैयाँ मासिक पारिश्रमिक पाउन थाले । कुन्ती भने काठमाडौं आउने बित्तिकै गोर्खा कल्चरमा काम गर्न थालिन् । शंकर होटलमा टिपिकल नेपाली कल्चरको नृत्य हुन्थ्यो, त्यहाँ उनी गीत गाउँथिन् । त्यहाँ एक घण्टा गाएबापत उनले मासिक २ सय ५० रुपैयाँ पारिश्रमिक पाउँथिन् । यसले उनीहरूको जीवन काठमाडौंमा सहज रूपमा चल्न थाल्यो । बिस्तारै स्टेज कार्यक्रमहरूमा पनि कुन्ती व्यस्त हुन थालिन् । 

२०४३ सालमा उनीहरूकी जेठी छोरी शीतल जन्मिइन् । त्यसको दुई वर्षपछि कान्छी छोरी शुवानी जन्मेकी हुन् । दुवै छोरीको शिक्षादीक्षाको पनि उनीहरूले खुबै ख्याल गरे । कुन्ती बाहिर निस्कँदा शिलाबहादुर घरव्यवहार र छोरीहरू सम्हाल्थे । शिलाबहादुर घर बाहिर हुँदा कुन्ती एक्लैले छोरी र घरबार सम्हाल्ने चाँजोपाँजो मिलाउँथिन् । 

संगीत विधामै केही गर्नुपर्छ भन्ने उद्देश्य राखेर काठमाडौं आएको यो जोडी नेपाली संगीतमै स्थापित छ । कुन्तीले ६ सयभन्दा बढी गीतमा स्वर भरिसकेकी छन् भने शिलाबहादुरले करिब १ हजार गीतलाई संगीतबद्ध गरिसकेका छन् । ‘हामीले गरेको काम कतिपय सफल भए भने केही असफल पनि भए, तैपनि हामीले कहिल्यै हार खाएनौं, निरन्तर लागिरह्यौं,’ शिलाबहादुर भन्छन्, ‘संगीतमै केही गर्नुपर्छ भनेर यहाँ आइपुगेका हौं ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik