साप्ताहिक संवाददाता
पुस २२, २०७६
नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)–२०२० फागुनमा हुने भएको छ । काठमाडौंमा हुने उक्त महोत्सव फागुन १ गते देखि ५ गतेसम्म चल्ने छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव आयोजना गर्ने छ ।
प्रतिष्ठानले चलचित्र सम्बन्धी छलफल, अन्तरक्रिया, तालिम, गोष्टी, प्रदर्शनी लगायत कार्यक्रम गर्दै आएको छ ।