साप्ताहिक संवाददाता
पुस २४, २०७६
काठमाडौं
‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले दोस्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरेको छ । सार्वजनिक पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले दर्शकमाँझ राम्रो छाप छाडेको छ ।
यो गीतमा प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको भावलाई देखाइएको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् ।
चलचित्रको गीतको भिडियोमा मुख्य कलाकारद्धय नायक पल शाह र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सांगीतिक लभ स्टोरी कथामा बनेको यो चलचित्र आगामी फागुन २३ मा प्रदर्शन हुनेछ ।
गीत र भिडियो कस्तो बनेको छ ? एकपटक दर्शकलाई फेरी एकपटक समिक्षा गर्ने बाटो खुलेको छ ।