साप्ताहिक संवाददाता
यो वर्षको ओस्कार अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । जसमा फिल्म ‘जोकर’ ११ विधामा मनोनित भएको छ । जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेताका साथै अन्य आठ विधामा मनोनित भएको हो ।
पछिल्लो साता सार्वजनिक भएको ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि ‘जोकर’ ११ विधामा नै मनोनयनमा परेको थियो ।
यसैगरी ‘द आइरिसम्यान’, १९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ समान १०–१० विधामा मनोनित भएका छन् । उत्कृष्ट फिल्मको सूचीमा ‘जोकर’सँगै ‘द आइरिसम्यान’, ‘१९१७’, ‘प्यारासाइट’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ प्रतिष्पर्धामा छन्।
उत्कृष्ट अभिनेतातर्फ ‘जोकर’का जोओकिन फिनिक्ससँगै ‘म्यारिज स्टोरी’बाट एडम ड्राइभर, ‘वान्स अपन अ टाइम’बाट लियोनार्दो डि क्याप्रियो’, ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो बेन्डरस र ‘द टुपोप्स’बाट जोनाथन प्राइस नोमिनेसनमा छन् ।
अभिनेत्रीतर्फ भने सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर नोमिनेसनमा परेका छन् ।