• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
चलचित्र विकास वोर्डको अध्यक्षमा अब को ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

चलचित्र विकास वोर्डको अध्यक्षमा अब को ?
माघ १९, २०७६
काठमाडौं

नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास वोर्डको अध्यक्ष पद रिक्त भएको डेढ महिना पुगेको छ । गत मंसिर २९ मा अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि उक्त पद खाली भएको हो । एकाएक वोर्ड अध्यक्षको पद रिक्त भएपछि यतिबेला चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरु उक्त पदमा बहाली हुन बिभिनन शक्ति केन्द्र धाइरहेका छन् ।

वोर्डको अध्यक्ष बनाउन प्रधानमन्त्रीलाई समेत विभिन्न नेताहरु मार्फत् सिफारिस जान थालेको छ । पदका आकांक्षीहरु उच्च नेतृत्व समक्ष आफुलाई जसरी पनि अध्यक्ष बनाउनु पर्ने एजेण्डा लिएर जाने गरेका छन् । यसरी निवेदन दिनेहरुमा लामो समयदेखि नेकपा र माओवादीको राजनीतिमा सक्रिय चलचित्रकर्मीहरु रहेका छन् । ति चलचित्रकर्मीहरुले आफ्नो एजेण्डालाई संचारमाध्यम मार्फत् भने गोप्य नै राख्ने गरेका छन् । 

को होला अध्यक्ष ?

चलचित्र विकास वोर्डको अध्यक्ष बन्न चलचित्र उद्योगका वरिष्ठ कलाकारहरु पनि रहेका छन्, उनीहरुले राजनीतिक शक्तिकेन्द्रसम्म आफ्नो ईच्छा पु¥याउन सकेका छैनन् । तर, चलचित्र उद्योगका जानकारहरु भने यो क्षेत्रमा लामो समयको अनुभव भएका कुनैपनि राजनीति दलसँग नजोडिएकालाई अध्यक्ष बनाउनुपर्ने तर्क राख्ने गर्छन् । हाल रिक्त रहेको अध्यक्ष पदमा लबिङ गर्ने चलचित्रकर्मीहरुको संख्या आधा दर्जनको हाराहारीमा देखिएको छ । अहिले वोर्ड अध्यक्षको दौडमा दयाराम दाहाल, राजेश हमाल, भुवन केसी, आकाश अधिकारी, नवल खड्का, लय संग्रौला, केपी पाठक, शिव श्रेष्ठसम्मले इच्छा देखाएका छन् । यो आकांक्षीमा दिनेश डिसिको नाम पनि रहेको थियो । तर उनी हालै कान्तिपुर टेलिभिजनको स्टेशन मैनेजरमा नियुक्त भएपछि उनको चर्चा सेलाएको छ । यि आकांक्षीहरु भने खुलेरै देखा पर्न सकेका छैनन् । 

वोर्डको अध्यक्षमा राजेश हमाललाई सरकारका उच्च अधिकारीहरु स्वयंले इच्छा देखाएको बुझिएको छ । हालसम्म सरकारले भने बोर्डको नयाँ अध्यक्षका लागी विज्ञापन आव्हान गरेको छैन । सरकारका एक उच्च अधिकारी भन्छन्, विज्ञापन नखुलेपनि रिक्त पद सकेसम्म छिट्टै पुरा गर्ने योजनामा छौं । काम गर्न सक्ने व्यक्ति वोर्डमा आइदिए हुन्थ्यो भन्ने छ ।’

‘हाल अध्यक्ष हुने योजना छैन’– राजेश हमाल

अवसर पाए काम गर्न तयार छु– भुवन केसी

वोर्ड अध्यक्षमा होडबाजी चलिरहेका बेला अभिनेता राजेश हमालले साप्ताहिकलाई प्रतिक्रिया दिदैं भने, ‘काम गर्ने वातावरण नभएसम्म वोर्डमा जाने योजना बनाएको छैन ।’ हमालका अनुसार वोर्डमा निर्धक्क काम गर्ने स्थिती अझैं बनेको छैन । हमाल भन्छन्, ‘माथिल्लो निकायबाट सहयोग हुने तर हरेक कुरामा राजनीति हावी भयो भने त्यस्तो स्थानमा गएर के गर्न सकिएला ?’ यद्यपी आफुले चलचित्र निर्माण र व्यक्तिगत कामका कारणले यस विषयमा कुनै सोच नबनाएको हमालले बताए ।

वोर्ड अध्यक्ष हुन खुलेरै लागेका भुवन केसीले चलचित्रकर्मीको हक हितका लागि आफूले काम गर्न सक्ने बताए । चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, निर्माताको भावनाअनुसार चलचित्र क्षेत्रमा सबैलाई एकजुट बनाएर अगाडी बढाउन आवश्यक छ, उनले भने, ‘सबैको मर्म बुझेको छु, यो उद्योगमा लामो समयको अनुभव भएकाले मलाई अध्यक्ष बनाउँदा खासै फरक पर्दैन ।’ शिव श्रेष्ठ, दयाराम दाहाल, केपी पाठकहरुले भने आधिकारीक रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । हालै वोर्ड अध्यक्षको आकांक्षीको लिस्टमा आफ्नो नाम आएपछि निर्माता तथा निर्देशक आकाश अधिकारीले भने मुख खोलेका छन् । निर्माता संघका अध्यक्ष समेत रहेका अधिकारीले आफूलाई अहिले नै बोर्ड अध्यक्ष बन्ने कुनै चाहना नरहेको स्पष्ट पारेका छन् । सामाजिक संजालबाट स्पष्टिकरण दिदै उनले भनेका छन्, ‘म अबको केही बर्ष चलचित्र निर्माण, निर्देशन र फिल्म सिटी निर्माणमा ब्यस्त रहेको हुँदा, यो पदमा जाने कुनै चाहना छैन ।’

जसले धेरै बुझाए, उसैलाई अध्यक्ष !

निवर्तमान अध्यक्ष निकिता पौडेलले झण्डै १ करोड रुपैयाँ बुझाएर विकास बोर्डको अध्यक्ष पद सम्हालेको खबर संचारमाध्यममा सार्वजनिक भएपछि चलचित्र उद्योगमा एक किसिमको तरंग सिर्जना भएको थियो । गसिपमा टेकेर समाचार सार्वजनिक गरेपछि निकिताले मुख खोल्न बाध्य भएकी थिइन् । तर, उनले ८० लाख रकम ऋण खोजेरै बुझाएको उनी निकट स्रोतले बताउने गरेको थियो । त्यसअघि पनि वोर्ड अध्यक्षका लागी पार्टीलाई मोटो रकम जसले बुझाउँछ उहि अध्यक्ष हुने गरेको बताइन्थ्यो । पुर्व अध्यक्ष राजकुमार राईले पनि लाखौं रकम बुझाएर अध्यक्ष बनेको चर्चा थियो ।

चलचित्र उद्योगका एक चर्चित कलाकार भन्छन्, ‘अनि यो कुरा कुनै नौलो होइन, मैले रकम बुझाउने विषयमा पहिल्यै पत्तो पाएपछि यो कुर्सीमा कहिल्यै लबिङ गरिन ।’ हाल पनि अध्यक्ष पदका लागी जसले धेरै रकम बुझाउँछ, उहि अध्यक्ष बन्ने कुरा चलचित्र उद्योगमा फैलिएको छ । कतिपय चलचित्रकर्मीहरुले पैसा खर्च गर्न नसक्नेले बोर्डको अध्यक्ष हुने विषय सोच्न पनि नसक्ने बताउने गरेका छन् । यद्यपि चर्चा र मिडियामा आएका गसिपलाई पुष्टि गर्ने आधार भने भेटिँदैन ।

पुराना चलचित्रकर्मी के भन्छन् ?

चलचित्र उद्योगका पुराना कलाकारहरु भने सम्वन्धित निकायले यस विषयमा कहिल्यै सर–सल्लाह नगर्ने गरेको गुनासो गर्छन् । चलचित्र क्षेत्रको सर्वोच्च संस्थाको क्याप्टेन छान्ने विषयमा समेत न सरकारी संयन्त्रबाट कुनै जानकारी आउँछ, न चलचित्र क्षेत्रका राजनीतिकर्मीहरुबाटै । समग्र चलचित्रकर्मीहरुका लागी काम गर्ने व्यक्ति अध्यक्ष हुने हो या खुसुक्क अध्यक्ष बनाएर एक व्यक्तिको इच्छा मात्रै पुरा गर्ने हो ? उनीहरुले प्रश्न समेत गरेका छन् ।

नेपालसँगै भारतीय चलचित्रमा समेत राम्रो छाप छोड्न सफल अभिनेता सुनिल थापाले वोर्डको अध्यक्ष बनाउने विषयमा गम्भिर छलफल गरेर मात्रै निर्णय लिन सुझाव दिएका छन् । उनले भने, ‘वोर्ड भनेको हजारौं व्यक्तिको रोजीरोटी हुने उद्योगको ठुलो संस्था हो, यत्तिकै हावातालमा जो पायो त्यसलाई वोर्डको चाबी दिनु गम्भिर भुल हुनेछ ।’ उनले सधै राजनीतिले वोर्ड नचल्ने बताए । सधै अध्यक्ष बन्ने, कार्यकाल सक्ने र घर फर्किनेबाहेक कसले के गर्न सकेको छ ? उनले थपे, ‘चलचित्र क्षेत्रमा काम मात्रै गर्ने तर राजनीति नगर्नेले कहिल्यै वोर्डमा अवसर पाएको देखेको छैन ।’ पुराना अर्का कलाकार टिका पहाडी वोर्डमा हुने राजनीतिले आफुलाई विरक्त लाग्ने गरेको बताए । जहाँ पनि राजनीति गरेर हुन्छ ? उनी भन्छन्, ‘खुरु खुरु काम गर्ने व्यक्तिलाई अध्यक्ष बनाए के हुन्छ ?’ उनले गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला जुन उदेश्यले वोर्ड स्थापना गरिएको थियो, त्यसअनुसार कहिल्यै काम हुन नसकेको समेत गुनासो गरे । सरकारले पनि चलचित्रकर्मीको स्वायक्त संस्था होस् भन्ने विषयमा समेत कहिल्यै चाहना नराखेको उनको भनाई छ । चलचित्र वोर्डमा राजनीतिकर्मी भर्ना हुने कुरा हुँदैन । अहिलेसम्म राजनीति गरेर वोर्डमा पुगेका कसैले काम गर्न नपाएको समेत उनले बताए । जबसम्म चलचित्रकर्मीहरुको स्वायत्त संस्था हुँदैन, तबसम्म मैले उक्त पदमा कहिल्यै लबिङ गरेको छैन र गर्दिनँ, उनले थपे । उनी भन्छन्, ‘चलचित्र विकास वोर्डमा धेरै नजान्ने र थोरै जान्नेको बाहुल्यता छ, सोहि कारण सधै एउटै विषयमा लामो समयदेखि राजनीति गर्ने विषय बनेको छ ।’ 

बर्षौदेखि सक्रिय सबैभन्दा पुराना चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले आफुलाई अध्यक्ष बनाउने विषयमा कहिल्यै कसैले सोधखोज नगरेको बताए । चलचित्र उद्योगमा काम गरेको निकै धेरै बर्ष भयो, समय ढल्कियो, के के परिवर्तन भए, उनले भने, ‘हामी निरन्तर यो उद्योगमा काम गरिरह्यौं । तर, आजका दिनसम्म कसैले अध्यक्ष बन्न सहयोग गरेका छैनन । कतिपयले विगतमा कुरा गरेपनि मैले राजनीति गर्न नमान्ने तर त्यहाँ जानुपर्ने टाइपले कुरा भएपछि म यो पदमा पुग्न सकेको छैन ।’ उनले अध्यक्षलाई पुर्ण रुपमा काम गर्न दिने हो भने अहिलेपनि अध्यक्ष बन्न तयार रहेको बताए । भने, ‘अध्यक्षमा पुग्न राजनीति गर्नुपर्ने, पैसा बुझाउनुपर्ने र वोर्डमा पुगेपछि सरकारले राजनीतिको रंग थोपर्ने काम भयो भने जानुको अर्थ हुँदैन ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik