साप्ताहिक संवाददाता
आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस वर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हात्ती ढुंगामा’ बोलको उक्त गीत मनाङमा खिचिएको हो ।
भिडियोमा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, क्रिजन गौतम लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । सागर आले र मेलिना राईको स्वर रहेको गीत हरिका साउदले लेखेका हुन् । गीत निकै दमदार बनेको छ ।
कल्याण सिंहको म्युजिक, कविराज गहतराजको कोरियोग्राफीमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन । अहिले चलचित्रको डबिङको काम सुरु भएको छ ।
लभ स्टोरी जनरामा निर्माण भएको यो चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुँदैछ । यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माहोत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगीशा खत्री, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, सुजन बस्नेत, राज थापा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।