• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
प्रचण्डको नातिनी भन्दा गायिका स्मितालाई कस्तो लाग्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

प्रचण्डको नातिनी भन्दा गायिका स्मितालाई कस्तो लाग्छ ?
माघ २२, २०७६
काठमाडौं

त्यतिबेला स्मिता दाहाल ११ वर्षकी बालिका थिइन् । उनी पहिलोपटक एउटा सांगीतिक कार्यक्रमका लागि राष्ट्रियसभा गृहको स्टेजमा उक्लिइन् । खै कसको गीत हो, उनलाई थाहा भएन । तर, राष्ट्रिय गीत गाएर उनी स्टेजबाट झरेको भने याद छ । उपस्थित दर्शकले उनलाई मिठो गीत गाएको भन्दै स्यावास दिए । सायद पहिलो पटक उनले मैले गीत पनि राम्रो गाउन सक्छु भन्ने कुरा त्यही थाहा पाएँ ।

त्यो बेलादेखि सांगीतिक यात्रा थालेकी स्मिताले अहिले यो क्षेत्रमा फड्को मारेकी छिन् । कैलालीस्थित घोडाघोडी महोत्सवबाट उनले व्यावसायिक रूपमा स्टेज कार्यक्रम थालनी गरेकी हुन् । उनी अब भने सांगीतिक कार्यक्रमका लागि मेला महोत्सव जाने योजना खुलाइन् । उनले भनिन्, ‘फ्यानसँग भेट्न पनि पाइने, राम्रै आम्दानी पनि हुने भएपछि किन स्टेज नचढ्नु ?’ उनी छिट्टै नेपाल र नेपाल बाहिरका केही कार्यक्रममा समेत जाने योजनामा रहेको बताउँछिन् । 

बीबीए अध्ययनरत स्मिताको रुचि गाउने र नाच्ने हो । व्यावसायिक चिनारी गायिका हो । स्मिताका तीनवटा एल्बम सार्वजनिक भइसकेका छन् । स्मिता, स्मिता–२ र रागिनी । शास्त्रीय संगीतको समेत प्रशिक्षण गरिरहेकी स्मिताको ‘मायालु तिमी कता छौं’, ‘कल्लाई थाहा छैन’, ‘पानी कुवा’को लगायत धेरै गीत चर्चित छन् । तर, उनको नाम चिनाउँदा एउटा विशेषण झुन्ड्याइन्छ, फलानोको नातिनी भनेर । यसोभन्दा कस्तो लाग्छ उनलाई ? गिलासमा रहेको कफीको चुस्किसँगै उनी गफिइन् । ‘अभियस्ली प्राउड फिल हुन्छ, तर पनि म  संगीत क्षेत्रमा छुट्टै आफ्नो अलग्गै पहिचान बनाउन चाहन्छु ।’

स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालकी छोरी हुन् । उनको पृष्ठभूमि त राजनीति हो, तर उनको राजनीतिप्रति कहिल्यै चासो गएन । सायद हरेक व्यक्तिका आ–आफ्नै किसिमका क्षमता हुन्छन्, आफ्नो क्षमता र इच्छा जहाँ हो त्यसमै भविष्य खोज्ने होइन र ? उनले भनिन्, ‘मलाई राजनीति गर्नु छैन ।’ भविष्यमा राजनीतिमा फर्किने विषयमा भने उनले केही बोलिनन् । तर, उनी थप्छिन्, ‘देशमा के भइरहेको छ, हजुरबुवा कता हुनुहुन्छ, देशको राजनीति कता हिँड्दैछ जस्ता सामान्य कुरामा भने बेला मौकामा चासो दिने गरेकी छु ।’

जतिबेला स्मिता जन्मिइन् त्यतिबेला माओवादी द्वन्द्व निकै उत्कर्षमा थियो । उनी दार्जिलिङमा थिइन् । घरमा आमा–बुवा के गर्नुहुन्छ, कता जानुहुन्छ, बेला मौकामा भेट्न आउने मानिसहरुको हुन् ? किन आइरहन्छन् ? यावत् कुरामा स्मिता अनभिज्ञ थिइन् । किनभने, उनको उमेर त्यति धेरै बुझ्ने भइसकेको थिएन । उनी मम्मीसँग कहिले कहाँ, कहिले हजुरबुबा–आमालाई भेट्न विभिन्न स्थानमा पुगेको याद छ । तर, उनको यादमा दार्जिलिङका धेरै क्षण धमिलो भइसकेको छ ।

स्मिता दार्जिलिङबाट कहिले काठमाडौं आइन् ? उनलाई ठ्याक्कै याद छैन । तर, माओवादी शान्ति प्रक्रियामा आइसकेपछि नेपाल आएको हुन सक्ने उनको अनुमान छ । प्रहरीले दिनरात खोज्थ्यो हजुरबुवाको अनुहार । बुवाका बारेमा नेपालमा ठूलै हलचल हुन्थ्यो । तर, उनलाई केही थाहा थिएन । यी सबै कुरा मैले काठमाडौं आएपछि धेरै समयपछि थाहा पाएकी हुँ, उनले भनिन्, ‘यतिबेलासम्म मैले हजुरबुवा–हजुरआमा, मामु तथा साथीभाइहरुका अघि गीत गुनगुनाउने भइसकेकी थिएँ ।’

उनको सांगीतिक क्षेत्रमा कसरी लगाव बढ्यो ? धेरै कुरा उनलाई थाहा छैन । तर, सानो छँदा हिन्दी तथा नेपाली गीत गुनगुनाइरहन्थिन् । मम्मी गंगा दाहाल उनलाई गुड छोरी, कस्तो मिठो गाएको भन्दै हौसला दिन्थिन् । उनी विगत सम्झिन्छन्, ‘सायद मम्मीको प्रेरणाले गायन क्षेत्रमा लाग्न सहज भएको हो । त्यसपछि हजुरबुवा, हजुरआमाले पनि मलाई गीत गाएर राम्रो गायिका हुनुपर्छ भन्न थालेपछि यसप्रति चासो धेरै बढेको थियो ।’

स्मिताको नजिकका श्रोता मम्मी, हजुरआमा, हजुरबुवा, साथीभाइहरु हुन् । उनीहरुले दिएको प्रतिक्रियापछि उनलाई मैले मिठो गीत गाउन सक्छु भन्ने फिल भएको हो ।

हरेक आमाले जन्म मात्रै दिन्छन् भन्ने कुरा हुँदैन । कतिपय आमाहरु यस्ता पनि हुन्छन्, जसले आफ्ना सन्तानका रहर, इच्छा, आकांक्षा सफल हुँदा आफू सफल भएको मान्छन्, स्मिता थप्छिन्, ‘सायद मैले गायन क्षेत्रबाट जे–जे पाइरहेकी छु, त्यसमा मेरो परिवार निकै खुसी छ ।’ स्मितालाई आफ्नै किसिमले ‘नेम र फेम’ बनाउने चाहना छ । देश तथा विदेशका स्टेज चढेर लाखौं फ्यानलाई नचाउने सपना छ । आफूले गाएका गीतहरु हरेक नेपालीहरुको मुखबाट गुन्जियोस् भन्ने इच्छा छ ।

स्मिताको गायन क्षेत्रबारे उनका हजुरबुवा प्रचण्डले निकै चासो दिन्छन् । के गर्देछौ ? कुन गीत बजारमा आउँदैछ ? संगीत बजारको मार्केट के–कस्तो छ ? युट्युबमा भ्युज कस्तो आइरहेको छ ? लगायतका विषयमा प्रचण्डले निकै चासो दिने गरेका छन् । अन्तिममा उनी थप्छिन्, ‘हजुरबुबाले गायन क्षेत्रमा पुगेर शिखर चुम्नुपर्छ भन्नुहुन्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik