साप्ताहिक संवाददाता
अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुनले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भएको छ । गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको चलचित्रको टिजरमा हिमाली भेगको प्रेम कथा देखाउन खोजिएको छ ।
यो चलचित्र हिमाली भेगको प्रेममा आउँने उतार चढावलाई सौगात र दीयाले प्रस्तुत गर्ने छन् । खिलबहादुर गुरुङले निर्देशन गरेको यो चलचित्रमा बुद्धि तमाङ, निमता घिसिङ, वीरबहादुर लामाले पनि शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।
मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर हुन् । चलचित्रमा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् ।
साम्तेन भुटियाको पटकथा रहेको चलचित्रमा शम्भुजित बाँस्कोटा र सन्तोष सुनारको संगीत सुन्न सकिन्छ । संजय लामाले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।
चलचित्रको टिजर :