• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
बाल आत्महत्याको चिन्ता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सुजाता मुखिया

बाल आत्महत्याको चिन्ता
माघ २७, २०७६

बच्चा हुर्काउने संस्कार नै विभेदपूर्ण छ । छोरालाई हरेक काममा छुट दिन्छौं, छोरीलाई हरेक कुरामा बन्देज लगाउँछौं । उनीहरूको व्यक्तिगत विकास त्यही किसिमले हुन्छ ।

 

गत चार वर्षमा ११ सय बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ ।

    ललितपुरको ११ वर्षीय समीर लुङ्बाले आत्महत्या गरे । उनी विद्यालय र घर–परिवारबाट दु:खी भएको सुसाइड नोटमा उल्लेख थियो ।

    गोरखा, सहिद लखन गाउँपालिकाकी १२ वर्षीय प्रशान्ता श्रेष्ठले आत्महत्या गरिन् । उनी स्थानीय न्यू होराइजन स्कुलमा कक्षा ५ मा पढ्दै थिइन् । 

    दार्चुलाका प्रेमसिंह जागरीका १० वर्षीय छोराले आत्महत्या गरे । उनले शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए । 

यसै वर्ष अर्थात् २०७६ सालमा भएका यी विवरणले बाल–आत्महत्याको कुरूप तस्बिर पेस गर्छ । नेपाल प्रहरीको तथ्यांक अझ अत्याउने खालको छ । तथ्यांकले भन्छ, ‘विगत चार वर्षयता १ हजार १ सय २७ जना बालबच्चाले आत्महत्या गरे ।’

बितेका वर्षहरूको तुलनामा बाल–आत्महत्याको ग्राफ अकासिँदो छ । आर्थिक वर्ष ०७२/७३ मा १८ वर्षमुनिका १ सय १५ जनाले आत्महत्या गरेका थिए भने आव ०७५/७६ मा मात्र ४ सय ५९ जनाले आत्महत्याको बाटो रोजेका छन् । कुल आत्महत्या गर्नेमध्ये ९ प्रतिशत बालबच्चा छन् । नेपाल प्रहरी अपराध महाशाखा टेकुका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार पछिल्लो समय बाल–आत्महत्याको दर बढेको छ ।

यत्तिका बालबच्चाले किन आत्महत्या गरे ? उनीहरूलाई के कुराले आत्महत्याको मोडसम्म पुर्‍यायो ? आत्महत्या नै गर्नुपर्ने अवस्था कसरी आयो ? सामान्यत: व्यावहारिक उल्झनमा फसेका वयस्क एवं प्रौढहरू कतिपय अवस्थामा आत्महत्या गर्न पुग्छन् । हाँस्ने, खाने र खेल्ने उमेरका कलिला बालबच्चालाई के कुराले आत्महत्या गर्न उक्साउँछ ? 

११ वर्षीय समीर लुङ्बाले सुसाइड नोटमा लखेका थिए, ‘मलाई कसैले माया गर्दैन ।’ के माया–ममताको अभावमा पनि बालबच्चाले आत्महत्याको बाटो रोज्छन् ?

द्विविधामा बालबच्चा 

‘अहिलेका बच्चाको अपेक्षा बढेको छ’ मनोविद् बासु आचार्य भन्छन्, ‘उनीहरूले अपेक्षा गरेको सानो कुरा पनि पुरा नहुँदा अत्यन्तै दु:खी हुन्छन् ।’ आमाबुवाले हुर्काउने क्रममा समेत गल्ती गरिरहेको मनोविद् आचार्यले औंल्याएका छन् । 

‘कहिले भगवान्जस्तो पुलपुल्याउने, कहिले बेस्सरी गाली गर्ने, कुट्ने जस्ता अभिभावकको असन्तुलित व्यवहारले बालबच्चाको कलिलो मस्तिष्कलाई द्विविधामा पारिररहेको छ । मनोविद् आचार्य भन्छन्, ‘राम्ररी विकसित नभइसकेको उनीहरूको मस्तिष्कले हरेक परिस्थितिलाई सम्हाल्न सक्दैनन् ।’ चिन्तन गर्ने, विश्लेषण गर्ने क्षमता नहुने भएकाले बालबच्चाहरू गलत बाटो समाउने उनको बुझाइ छ । 

आमाबुवाको अपेक्षा, पढाइको चाप, शिक्षकको दुव्र्यवहार, साथीभाइबाट अपहेलनाजस्ता थुप्रै कारण छन्, जसले बालबच्चामा मानसिक तनाव पैदा गरिरहेका छन् । त्यही तनावको सही व्यवस्थापन हुन नसक्दा नै बालबच्चाले आत्महत्याको बाटो रोज्ने गरेको मनोविद् आचार्यको ठहर छ । उनी के पनि भन्छन् भने अहिले बालबच्चा हुर्काउने क्रममा गरिने गल्ती यसको मूल कारण हो । 

आमाबुवाको अपेक्षासमेत बालबच्चाका निम्ति बोझिलो बन्दै गएको कतिपयको भनाइ छ । नेपाल प्रहरी अपराध महाशाखा, टेकुका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह भन्छन्, ‘११–१२ वर्षका बालबालिकाहरूमा आत्महत्या दर बढ्नुको मुख्य कारण राम्रो बन्नुपर्ने र धेरै पढ्नुपर्ने दबाब नै हो ।’

अहिलेका बालबच्चाको दिनचर्यासमेत यसमा जिम्मेवार रहेको विज्ञहरूको भनाइ छ । बिहान उठ्नासाथ विद्यालय जानुपर्ने, दिनभर विद्यालयमै बस्नुपर्ने, साँझ घर फर्किएपछि होमवर्क गर्नुपर्ने । उनीहरूसँग आफ्नै खेल्ने समय, रमाउने समय खोसिएको छ । आफ्ना लागि भन्दा पनि आमाबुवाको इच्छाका लागि दौडनुपर्ने बाध्यतामा छन् । 

दु:खी र तनावग्रस्त बालबच्चा 

बालबच्चाको हुर्काइ पनि आजभोलि फरक–फरक परिवेशमा हुने गरको छ । भौतिक सुविधा, प्रविधिको सहज पहुँचजस्ता अनेक कारणले बालबच्चाको आकांक्षा बढेको छ । हरेकजसो कुरामा उनीहरू खुसी र सुविधा खोज्न थालेका छन् । आमाबुवाले पनि आफ्ना बालबच्चाका खातिर सकेसम्म सुविधा र सुख दिने यत्न गरेका छन् । दु:ख र अभावबाट टाढा राखेका छन् । यस्तो अवस्थामा बालबच्चाहरू सानोतिनो समस्यामा पनि विचलित हुन्छन् । बुवाआमाले गाली गरेकै भरमा आत्महत्यासम्म पछि पर्दैनन् । 

बुवाआमासँग घुक्र्याउनका लागि उनीहरूले यस्ता घातक जोखिम उठाउने गरेका छन् । मनोविद् आचार्य भन्छन्, ‘अहिलेका बालबच्चा आफूले चाहेको कुुरा सबै हुनुपर्छ भन्ने सोच्छन् । आफूलाई खान मन लागेको कुरा तुरुन्त मिल्नुपर्छ, खेल्न मन लागेको कुरा तुरुन्त उपलब्ध हुनुपर्छ भन्ने ठान्छन् ।’ एकातिर यस किसिमको अपेक्षा बढ्दै जानु र अर्कातिर बुवाआमाले अपेक्षा पूरा गर्न नसक्नु जस्ता असन्तुलनले बालबच्चालाई दु:खी बनाएको छ । 

उनीहरूले चाहेको वा मागेको कुरा पूरा भएन भने त्यसको अन्तिम विकल्प ‘मैले मर्नुपर्छ’ भन्ने बुझेका छन् । मनोविद् आचार्य भन्छन्, ‘म खुसी हुँदा मेरो बुवाआमा खुसी हुन्छन् वा मेरो कारणले परिवारमा खुसी मिलेको छ भन्ने कुरा नै सोच्दैनन् ।’ बालबच्चाहरू आफू केन्द्रित हुँदै गएको र आफू नै सर्वेसर्वा हो भन्ने गलत बुझाइले समस्या निम्त्याएको आचार्य बताउँछन् । 

ललितपुरको मानसिक अस्पतालमा कार्यरत मनोचिकित्सक अनन्तप्रसाद अधिकारीका अनुसार अहिले प्राय: बच्चाहरू डिप्रेसनको चरणबाट गुज्रिरहेका हुन्छन् । उनी भन्छन्, ‘धेरैजसो आत्महत्या गर्ने बच्चाहरू मानसिक रूपमा ग्रसित भएका हुन्छन् । ८५ प्रतिशतभन्दा बढीले मानसिक रोगका कारण आत्महत्या गर्छन् ।’ 

बच्चाहरूले तनावलाई व्यवस्थापन गर्न सक्दैनन् । त्यसैले उनीहरू दु:खी र क्रोधित भएका हुन्छन् । मनोविश्लेषक वासु आचार्यका अनुसार बच्चाहरूले एकैपटकमा आत्महत्या गरिनहाल्ने बताउँछन् । उनी भन्छन्, ‘उनीहरूले लामो समयदेखि योजना बनाएका हुन्छन् ।’ 

धैर्यता गुमाउँदैछन् बालबालिका 

बालबालिका आजभोलि प्राय: डिजिटल डिभाइसमा अभ्यस्त छन् । घण्टौं इन्टरनेटमा बिताउन थालेका छन् । भिडियो गेममा लिप्त हुँदै गएका छन् । यसको साइड इफेक्ट के परिरहेको छ भने उनीहरू हरेक कुराको निर्णय र नतिजा छिटो चाहने । गुगलमा सर्च गर्नसाथ खोजिएका नतिजा प्राप्त भएझंै उनीहरूले व्यावहारिक जीवनमा पनि हरेक कुराको नतिजा क्षणभरमै खोज्ने गरेका छन् । तर, व्यवहारिक रूपमा उनीहरूले भनेजस्तै सबै कुरा छिटो–छरितो ढंगले उपलब्ध हुँदैन । यस्तो अवस्थामा बालबच्चाले परिस्थितिको मूल्यांकन गर्ने भन्दा पनि आफूले खोजेको कुरा नपाएकोमा बढी चिन्तित हुन्छन् । मनोविद् आचार्य भन्छन्, ‘उनीहरू आफूलाई सम्झाउन र सम्हाल्न सक्दैनन् । त्यही कारण गलत निर्णय लिन पुग्छन् ।’

सामाजिक परिस्थितिका कारण बालबच्चाले धैर्यता र संयम गुमाइसकेका छन् । कुनै पनि कुरा प्राप्त गर्नका लागि मेहनत गर्नुपर्छ, श्रम गर्नुपर्छ, समय पर्खनुपर्छ भन्ने कुराको उनीहरूलाई हेक्का छैन । इन्टरनेटमा झैं हरेक कुरा सजिलै र सहजै पाइन्छ भन्ने मात्र ठान्छन् । यही अधैर्यले उनीहरूमा बेचैनी बढाइदिएको छ । बेचैनीले तनाव । तनावले डिप्रेसन । डिप्रेसनले आत्महत्या । 

बालकभन्दा बालिका बढी 

उदेकलाग्दो कुरा, आत्महत्या गर्नेहरूमा बालकभन्दा बालिकाको संख्या बढी छ । यो नतिजाको पछाडि सामाजिक विभेदको मूल कारण रहेको समाजशास्त्री कैलाशनाथ प्याकुरेल बताउँछन् । उनी भन्छन्, ‘बच्चा हुर्काउने संस्कार नै विभेदपूर्ण छ । छोरालाई हरेक काममा छुट दिन्छौं, छोरीलाई हरेक कुरामा बन्देज लगाउँछौं । उनीहरूको व्यक्तिगत विकास त्यही किसिमले हुन्छ ।’

घरमा आमाबुवाले छोराछोरीबीच गर्ने प्रत्यक्ष/परोक्ष विभेदले बालिकामा गहिरो छाप पर्छ । ‘त्यसैले घरमा खाने, लगाउने, पढाउने, काम गराउने जस्ता विषयमा छोरा वा छोरी भनी विभेद गर्नु हुँदैन,’ समाजशास्त्री प्याकुरेल भन्छन्, ‘छोरीहरूको इच्छा, आकांक्षालाई दबाउने प्रयास गर्नु हुँदैन ।’

घर–परिवार तथा समाजले छोरीहरूमाथि अनावश्यक बन्देज लगएको उनको बुझाइ छ । ‘बालिकाहरूलाई लागेको कुरा, इच्छा, आकांक्षा दबाउनुपर्ने बाध्यता छ । उनीहरूले आफ्ना कुरा खुलेर राख्न सक्दैनन् । उनीहरूको कुरा सुन्न पनि केही तयार हुँदैनन् । यसले उनीहरूलाई निराश बनाइदिन्छ ।’ समाजमा व्याप्त लिंग विभेदका कारण छोरीहरूले आत्महत्या गरिरहेका छन् । समान रूपले स्वतन्त्रता उपभोग गर्न नपाउँदा र शिक्षा नपाउँदा उनीहरू दु:खी हुने गरेका छन् । 

आमाबुवाका लागि खतराको घण्टी 

बदलिँदो परिवेश, छोराछोरीको बढ्दो आकांक्षा, प्रविधिको सहज पहुँच, उपलब्ध सेवा–सुविधाजस्ता कुराहरू आमाबुवाका निम्ति खतराको सूचक बनेका छन् । त्यसैगरी छोराछोरी हुर्काउने क्रममा गरिने गल्तीहरूबाट पनि भयावह नतिजा देखा परिरहेका छन् । यस्तो अवस्थामा सन्तुलित र सही ढंगले बालबच्चा हुर्काउनुपर्ने दायित्व अभिभावकमा थपिएको छ । 

आमाबुवाले छोराछोरीलाई धेरै पुलपुल्याउने प्रवृत्ति निकै घातक हुने मनोविद आचार्य बताउँछन् । उनको सुझाव छ, ‘बालबच्चालाई कहिले धेरै पुलपुल्याएर टाउकोमा टेकाउने, कहिले बेस्सरी गाली गर्ने जस्ता असमान व्यवहार नगरौं । अभिभावकले सधैं सन्तुलित व्यवहार गर्नुपर्छ ।’

त्यसैगरी धेरैजसो आमाबुवाले छोराछोरीलाई सुख–सुविधा दिने चक्करमा मागेजति कुरा पूरा गरिदिने गरेका छन् । यो पनि निकै गलत तरिका रहेको विज्ञहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘बच्चाले जे माग्छन्, फटाफट त्यो कुरा पूरा गर्ने होइन । बच्चालाई जे आवश्यक छ, त्यो मात्र पूरा गरिदिनुहोस् ।’

बुवाआमाले उचित समय दिन नसक्दा पनि बालबच्चाहरू एक्लिएका छन् । त्यही एक्लोपनले उनीहरूलाई डिप्रेसनको अवस्थामा पुर्‍याएको छ । त्यसैगरी आमाबुवाको बढ्दो महत्त्वाकांक्षा, पैसा कमाउने चक्करले परिवारको भावनात्मक सम्बन्ध टुट्दैछ । यसको सोझो असर खेपिरहेका छन्, बालबच्चाहरू । 

अर्कातिर उनीहरू आमाबुवाको झगडा, बेमेल, मनमुटावको सिकार बनिरहेका छन् । आमाबुवाको झगडाले गर्दा बालबच्चाको भावनामा निकै नराम्रो ठेस पुगिरहेको छ । उनीहरूले असुरक्षा महसुस गरिरहेका छन् । बालबच्चाको मनोदशा नबुझी एकोहोरो किताब घोकाउने शैक्षिक परिपाटीसमेत यसमा दोषी छन् । मनोविद् आचार्यको सुझाव छ, ‘बालबच्चाको पीडा, तनाव, रिस व्यवस्थापन गर्न परिवार र विद्यालयको महत्त्वपूर्ण भूमिका छ ।’ बालबच्चाहरू दु:खी, रिसाहा, छटपटी, एकोहोरो, नौलो बोल्ने र व्यवहार गर्ने, बोल्न, खुल्न छोड्नेजस्ता व्यवहार देखाएमा परिवार र चिकित्सकको सहयोगमा परामर्श दिनुपर्ने उनले बताए । यसैगरी बच्चाहरूमा पहिलेको तुलनामा चाँडै नै यौन परिपक्वता आउन थालेको छ । यस्तो अवस्थामा उनीहरूलाई यौन तथा प्रजननका विषयमा सानै उमेरदेखि सचेत गराउनुपर्ने बताइन्छ । 

तथ्यांकले के भन्छ ?

विश्व स्वास्थ्य संगठनको तथ्यांकले हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने देखाउँछ । यसको अर्थ विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरिरहेका हुन्छन् । आत्महत्याको कारण एक जनाले ज्यान गुमाउँदा २० जना आत्महत्याको प्रयास गरिरहेका हुन्छन् । यही तथ्यांकलाई आधार मान्ने हो भने आत्महत्याबाट ज्यान गुमाउनेको संख्या प्रतिवर्ष दुई करोडको हाराहारीमा पुग्छ । 

आत्महत्या गर्नेमा कुन उमेर समूहको बढी छन् ? विश्वको तथ्यांक हेर्ने हो भने धेरैजसो ठाउँमा उमेर ढल्केकाले र महिलाभन्दा पुरुषले बढी आत्महत्याको कारण मृत्यु भएको देखाउँछ । आत्महत्याको प्रयास भने पुरुषले भन्दा महिलाले बढी गर्छन् । तर, चीन र भारतमा १८ वर्षभन्दा मुनिकाले बढी आत्महत्या गरेको देखाउँछ । विश्वमा विगत ५० वर्षमा युवामा आत्महत्याको दर तीन गुणाले बढेको छ । किशोरावस्थामा आत्महत्या गर्ने देशमध्येमा नेपाल पनि पर्छ । यहाँ आत्महत्या गर्ने किशोर–किशोरीको संख्या अत्यधिक छ ।

नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष ०७२/७३ मा ४ हजार ७ सय ५ जनाको आत्महत्याका कारण मृत्यु भएको थियो । त्यस्तै ०७३/७४ मा ५ हजार १ सय ३१ जना, ०७४/७५ मा ५ हजार ३ सय ४६ जना, ०७५/७६ मा ५ हजार ७ सय ८५ जनाले आत्महत्या गरेको देखाउँछ । नेपालमा आत्महत्या गर्नेहरूको संख्या बर्सेनि बढ्दै गएको देखाउँछ । अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढेको हो । कुल आपराधिक क्रियाकलापबाट मृत्यु हुनेमध्ये ४५ प्रतिशत आत्महत्याको कारण हुन्छ, अर्थात् नेपालमा दैनिक १५–१६ जनाले आत्महत्याको बाटो रोज्ने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik