साप्ताहिक संवाददाता
माघ २९, २०७६
गायक गणेश न्यौपानेको नयाँ गीत ‘आज भोलि’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेशकुमार क्षेत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोमा साहुको ऋण तिर्न सहर गएको एक युवाको वेदना प्रस्तुत गरिएको छ ।
समन अधिकारी निर्देशित भिडियोमा नीर शाह, शोभित बस्नेत, सपना श्रेष्ठ, निराजन प्रधान, सुप्रिया कटवाल, नग्मा श्रेष्ठ, काव्या कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।
रेस्क्यू क्रिएसनको व्यानरमा निर्माण भएको म्यूजिक भिडियोमा अमृता समाल न्यौपानेले लगानी गरेका हुन् । गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको गीतमा मिन विष्टले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
भिडियोमा दिया रिजालको मेकअप, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, फराज अर्पणको क्यामरा तथा सम्पादन छ ।
गीतको म्यूजिक भिडियो :