• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
हङकङको आईडीमा अल्झिएको प्रेम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

हङकङको आईडीमा अल्झिएको प्रेम
फाल्गुन २, २०७६
हङकङ

हङकङ पुगि चाँडै नै बोलाउँछु भन्थ्यौ, 

तर तिमीले अर्कैलाई उडाई लगेछौ 

तिमीलाई बेग्लै बनायो, आईडी काडैले 

मलाई दुःखी बनायो, आईडी काडैले...

बुद्धवीर लामाको रचना, शान्तिराम राईको संगीत र सत्यकला राईको स्वरमा रहेको यो गीतको सान्र्दभिकता अहिले पनि उस्तै लाग्छ । आईडी 'स्थायी'रुपमा विदेश बस्ने परिचयपत्र अर्थात् अनुमतिपत्र र प्रेमबीचको तारतम्य मिल्न नसक्दा धेरैले आफ्नो जीवन, परिवार र समाज त्यागेका छन् । कसैको प्रेम अजर र अमर होला । तर, आईडीकै कारण विश्वास र मन तोडिनेको संख्या पनि धेरै छ ।

‘हाम्रो प्रेम प्रगाढ थियो, तर हङकङ आएपछि उसको मन परिवर्तन भयो’, हालै एक भेटमा आफ्नो नाम नखुलाउने सर्तमा (सम्झना) भन्छिन्, ‘त्यसपछि उ फिलिपिनी केटीसँग हिँड्न थाल्यो, मैले कति पटक सम्झाएँ तर मानेन । अहिले हाम्रो बोलचाल छैन, उ कहाँ छ थाहा छैन । म आफ्नै तरिकाले जीन्दगी चलाइरहेको छु ।’ 

‘दुःख–सुख जीवन चलेकै थियो, धेरै पैसा कमाउने, परिवारको भविष्य सुरक्षित गर्ने भनेर हङकङ गएको श्रीमान् उतै घरजम गरेर बस्यो’ नेपालमा रहेकी त्रिसला आफ्नो पीडा पोख्छिन्, ‘यहाँ दुई छोरी र छोरालाई दुःख–सुख गरेर पढाइरहेकी छु ।’

यस्तै अर्को कथा छ कविताको । धेरै वर्षअघि उनी श्रीमान्सँग हङकङ आएकी हुन् । लामोसमय साथै रहे, सम्बन्ध राम्रै थियो । तर, पछि सोचेजस्तो भएन । कविता भन्छिन्, ‘मान्छे पाको उमेरको भएपनि आईडी थियो । भविष्य सुरक्षित होला भनेर विवाह गरेको तर उसको त त्यसअघि ३ जनासँग विवाह भइसकेको रहेछ । म बस्नै सकिनँ । अब सधैंका लागि नेपाल फर्किने तयारी गर्दैछु ।’

हङकङको नेपाली समाजमा यस्ता किसिमका घटनाले पारिवारिक सम्बन्ध बिग्रिएको उदाहरण धेरै छ । हङकङमा रहेका नेपालीको दाम्पत्य जीवन निकै साना कुराले छुट्टिने र जोडिने गरेको छ । यसले परिवारमा संकट मात्र होइन, सन्तानलाई समेत निराश बनाएको छ । 

विश्वमै व्यापार र आधुनिकतामा अब्बल बन्दै गएको हङकङ बाहिरबाट जति सुन्दर र चमकदार देखिन्छ, यहाँको नेपाली समाजको कथा त्यो भन्दा बढी पीडादायी छ । पारिवारिक र आत्मिक सुखको कमिमा धेरैले डिप्रेशनमा जीवन बिताइरहेका छन् ।

हङकङ आईडी कार्ड 

हङकङ आईडी कार्ड र प्रेमबीच कुनै सम्बन्ध छैन । तर, सम्बन्ध जोड्ने र तोड्ने कडी नै आईडी कार्ड बनिरहेको छ । हङकङमा कानुनीरुपमा ७ बर्ष बसेपछि स्थायी बसोवास अनुमतिपत्रको रुपमा आईडी कार्ड प्राप्त हुन्छ । आईडी कार्ड बनेपछि धेरैको सम्बन्ध जोडिएको छ । र, तोडिएको पनि छ । जसले प्रेमलाई भन्दा विदेशको मोहलाई आफ्नो मनमा राखेको हुन्छ, त्यो सम्वन्ध टिक्दैन । हङकङ आईडीकै लागि गरिएको अस्थायी सम्बन्धले जोडीलाई मात्र होइन, सिङ्गो पारिवारमा विखण्डन ल्याइरहेको छ । 

के छ, हङकङमा प्रेमको बाधक ? 

हङकङमा विभिन्न देशका मानिस बसोबास गर्छन् । सबैको आ–आफ्नै साँस्कृतिक परम्परा छ । विकसित देशमा आएर काम गर्न थालेपछि मान्छे क्रमशः आधुनिक बन्छ । 

१२ घण्टा काम गर्छ । परिवारलाई समय दिँदैन । काम गर्ने थलोमा विपरीत लिङ्गीप्रतिको आकर्षण र खुला समाजका कारण पनि सम्बन्ध जोडिने र टुट्ने भइरहेको छ ।

प्रेम र यौनका मामलामा उदार हङकङमा न कसैको प्रेम मजबुत हुन समय लाग्छ, न टुट्न नै । आर्थिकरुपमा श्रीमान्–श्रीमती, प्रेमी–प्रेमीका मजबुत हुन्छन् । आफ्नै श्रममा बाँचेका हुन्छन् । सानो असमझदारीले पनि सम्बन्ध टाढा बन्दै जान्छ । आफ्नो संस्कृतिसँग अर्को देशको संस्कृति स्वीकार्दा, पाश्चात्य संस्कृतिमा आफूलाई अभ्यस्त बनाउँदा पनि प्रेम टुटेका थुप्रै उदाहरण छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik